• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जी २० राष्ट्रहरूको शिखर सम्मेलनको घोषणापत्रमा सबै देशको सहमति


जी २० राष्ट्रहरूको शिखर सम्मेलनको घोषणापत्रमा सबै देशको सहमति

काठमाडौँ । भारतको नयाँ दिल्लीमा भएको जी २० राष्ट्रहरूको शिखर सम्मेलनको घोषणापत्रमा सबै देशको सहमति बनेको छ । आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीले आफूहरूको कठिन मेहनत र सबैको सहयोगमा घोषणापत्र तयार पारिएको भन्दै सहमतिका लागि सबैलाई धन्यवाद दिएका छन् । ‘हाम्रो टिमको कडा मेहनत र तपाइँ सबैको सहयोगबाट नयाँ दिल्ली जी २० नेताहरूको घोषणापत्रमा आम सहमति बनेको छ,’ प्रधानमन्त्री मोदीले भनेका छन् ।

साथै मोदीले घोषणापत्र अवलम्वन गर्दै सबैलाई यो घोषणापत्र अवलम्वन गर्न पनि प्रस्ताव गरेका छन् ।

यद्यपि दिल्ली घोषणापत्रमा प्रयोग भएको शब्द र आशयलाई लिएर टिप्पणी पनि सुरु भएको छ । विशेषगरी रुस-युक्रेन युद्धबारे घोषणापत्रमा प्रयोग गरिएको शब्दलाई लिएर युक्रेनले असन्तुष्टि जनाएको छ ।

दिल्ली घोषणापत्रमा युक्रेन युद्धबारे दु:ख व्यक्त गरिए पनि रुसको कदमलाई लिएर कुनै आपत्ति जनाइएको छैन । जसलाई लिएर कतिपय देशका नेताहरूले टिप्पणी गरकेा छन् । जवकि रुसको कदमलाई लिएर विभिन्न अन्तर्राष्ट्रिय फोरममा किटान गर्दै युद्धको प्रमुख दोषी ठहर गरिँदा दिल्लीमा भने युद्धको मात्रै विरोध गरियो । तर त्यसमा रुसको भूमिकाबारे किटान नगरिएकोमा आलोचना पनि भएको छ ।

त्यसो त, गत महिना दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पक्राउ पर्ने भएपछि उपस्थित नै भएका थिएनन् ।

दिल्ली घोषणापत्रमा भनिएको छ, ‘यूक्रेनमा भएको युद्धको सम्बन्धमा बालीमा भएको चर्चा दोहोर्‍याउँदै हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद र संयुक्त राष्ट्र महासभा प्रस्तावहरूमा आफ्नो राष्ट्रिय अडान दोहोर्‍याएको छ । साथै यस विषयमा सबै देशले संयुक्त राष्ट्र चार्टरको उद्देश्य र सिद्धान्त अनुरूप काम गर्नु पर्ने कुरामा जोड दिइयो ।’

साथै परमाणु हतियारको उपयोग वा उपयोगको धम्की अस्वीकार्य रहेको पनि घोषणापत्रमा उल्लेख गरिएको छ । तर युद्धबारे घोषणापत्रमा उल्लेख गरिएको विषयलाई लिएर युक्रेनले असन्तुष्टि जनाएको हो ।

युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेंकोले जी २० ले गर्व गर्नलायक केही नगरेको प्रतिक्रिया दिएका छन् । जवकि घोषणापत्रमा ‘कडा शब्द’हरू प्रयोग गर्न प्रयास गर्नेहरूलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जालमा यसबारे असन्तुष्टि व्यक्त गरेका छन् । ‘युक्रेनमा युद्ध’ को सट्टामा ‘युक्रेनविरुद्धको युद्ध’ उल्लेख गर्नुपर्ने भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

फोन पे र एनआईपीएलले सुरू गर्‍यो नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा

भारतको चामल निर्यात प्रतिबन्धले चीनमा खाद्य संकटको त्रास

बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने हिन्दु हुनुमा गर्व छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version