No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जी २० राष्ट्रहरूको शिखर सम्मेलनको घोषणापत्रमा सबै देशको सहमति

जी २० राष्ट्रहरूको शिखर सम्मेलनको घोषणापत्रमा सबै देशको सहमति

काठमाडौँ । भारतको नयाँ दिल्लीमा भएको जी २० राष्ट्रहरूको शिखर सम्मेलनको घोषणापत्रमा सबै देशको सहमति बनेको छ । आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीले आफूहरूको कठिन मेहनत र सबैको सहयोगमा घोषणापत्र तयार पारिएको भन्दै सहमतिका लागि सबैलाई धन्यवाद दिएका छन् । ‘हाम्रो टिमको कडा मेहनत र तपाइँ सबैको सहयोगबाट नयाँ दिल्ली जी २० नेताहरूको घोषणापत्रमा आम सहमति बनेको छ,’ प्रधानमन्त्री मोदीले भनेका छन् ।

साथै मोदीले घोषणापत्र अवलम्वन गर्दै सबैलाई यो घोषणापत्र अवलम्वन गर्न पनि प्रस्ताव गरेका छन् ।

यद्यपि दिल्ली घोषणापत्रमा प्रयोग भएको शब्द र आशयलाई लिएर टिप्पणी पनि सुरु भएको छ । विशेषगरी रुस-युक्रेन युद्धबारे घोषणापत्रमा प्रयोग गरिएको शब्दलाई लिएर युक्रेनले असन्तुष्टि जनाएको छ ।

दिल्ली घोषणापत्रमा युक्रेन युद्धबारे दु:ख व्यक्त गरिए पनि रुसको कदमलाई लिएर कुनै आपत्ति जनाइएको छैन । जसलाई लिएर कतिपय देशका नेताहरूले टिप्पणी गरकेा छन् । जवकि रुसको कदमलाई लिएर विभिन्न अन्तर्राष्ट्रिय फोरममा किटान गर्दै युद्धको प्रमुख दोषी ठहर गरिँदा दिल्लीमा भने युद्धको मात्रै विरोध गरियो । तर त्यसमा रुसको भूमिकाबारे किटान नगरिएकोमा आलोचना पनि भएको छ ।

त्यसो त, गत महिना दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पक्राउ पर्ने भएपछि उपस्थित नै भएका थिएनन् ।

दिल्ली घोषणापत्रमा भनिएको छ, ‘यूक्रेनमा भएको युद्धको सम्बन्धमा बालीमा भएको चर्चा दोहोर्‍याउँदै हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद र संयुक्त राष्ट्र महासभा प्रस्तावहरूमा आफ्नो राष्ट्रिय अडान दोहोर्‍याएको छ । साथै यस विषयमा सबै देशले संयुक्त राष्ट्र चार्टरको उद्देश्य र सिद्धान्त अनुरूप काम गर्नु पर्ने कुरामा जोड दिइयो ।’

साथै परमाणु हतियारको उपयोग वा उपयोगको धम्की अस्वीकार्य रहेको पनि घोषणापत्रमा उल्लेख गरिएको छ । तर युद्धबारे घोषणापत्रमा उल्लेख गरिएको विषयलाई लिएर युक्रेनले असन्तुष्टि जनाएको हो ।

युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेंकोले जी २० ले गर्व गर्नलायक केही नगरेको प्रतिक्रिया दिएका छन् । जवकि घोषणापत्रमा ‘कडा शब्द’हरू प्रयोग गर्न प्रयास गर्नेहरूलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जालमा यसबारे असन्तुष्टि व्यक्त गरेका छन् । ‘युक्रेनमा युद्ध’ को सट्टामा ‘युक्रेनविरुद्धको युद्ध’ उल्लेख गर्नुपर्ने भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
फोन पे र एनआईपीएलले सुरू गर्‍यो नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा

फोन पे र एनआईपीएलले सुरू गर्‍यो नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा

भारतको चामल निर्यात प्रतिबन्धले चीनमा खाद्य संकटको त्रास

भारतको चामल निर्यात प्रतिबन्धले चीनमा खाद्य संकटको त्रास

बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने हिन्दु हुनुमा गर्व छ

बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने हिन्दु हुनुमा गर्व छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .