• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नवजीवन हस्पिटलमा घुडाको अप्रेसनमा चरम लापरबाही, भित्रै कपडा छाडेर लगाइदियो टाँका


नवजीवन हस्पिटलमा घुडाको अप्रेसनमा चरम लापरबाही, भित्रै कपडा छाडेर लगाइदियो टाँका

जनकपुरधामको नवजीवन हस्पिटलमा बिरामीको घुँडामै शल्यक्रियामा चरम लापरबाही भएको घटना बाहिरिएको छ । महोत्तरीको भंगहा नगरपालिका ९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुडाको घाउको शल्यक्रियाको क्रममा हस्पिटलले गज (कपडा) छाडेको हो ।

गज भित्रै छाडेर टाँका लगाएपछि घाउ झन् बल्झिदा पुनः शल्यक्रिया गरेपछि गज फेला परेको छ । जनकपुरधामको बाह्रविघाको उत्तरी पूर्वकुना नजिक रहेको नवजिवन हस्पिटलमा भदौ ५ गते हस्पिटलमा मन्दीपको घाउको शल्यक्रिया गरेको थियो । साउन ४ गते आफैले चलाएको मोटरसाइकल दुर्घटना भएपछि चोट लागेर घुडामा घाउ भएको थियो ।

मन्दीपका अनुसार हाड जोर्नी तथा नशा विषेशज्ञले हाडटुटफुट नभएको भन्दै सर्जनसंग चेकजाँच गराउन सल्लाह दिएका थिए । साउन ३२ गते बाह्रविघा मैदानको पश्चिम दक्षिण हस्पिटल रोडमै रहेको नारायण इ.एन.टी. एण्ड प्लास्टिक सर्जरी सेन्टरमा बस्ने एमबीबीएस पढेका कन्सलटेन्टक प्लास्टिक, रिकन्सट्रक्टीभ एवं ह्याण्ड सर्जन डा. मुकुन्द झा समक्ष चेक गराउन पुगे । चिकित्सकले शल्यक्रिया गरे घाउ निको हुने आश्वासन दिए । सोही दिन डा. झाले नवजीवन हस्पिटलमा भर्न हुन भने । साँझ ४ बजे शल्यक्रिया गरे । तीनदिन ड्रेसिंग पश्चात घाउमा आठ वटा टाका लगाए ।

एकसातापछि डिस्चार्ज गरे । जसको शल्यक्रिया शुल्क ४५ हजार र अस्पतालको छुट्टै ३५ हजारमध्येबाट २० हजार लिएको मन्दीपका दाई सन्तोष यादवले बताए ।
घर पुगेर ड्रेसिंग गर्न चिकित्कले सल्लाह दिएको थियो । दुईतीनदिन घरमा ड्रेसिंग गर्दा घाउबाट पीप आउन थाल्यो । शंका लागेपछि चिकित्सकलाई फोन गर्दा उठाउन छाडे ।
अर्का चिकित्सकसंग देखाएपछि भित्र केही त्रुटि भएको हुन सक्ने आशंका गरे । गत भदौ १२ गते मन्दीप प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भए । पुनः शल्यक्रिया गर्नुपर्ने चिकित्सके सुझाव दियो । अर्थोपेडिक सर्जन डाक्टर सन्दीप शर्माले शल्यक्रिया गरे । शल्यक्रियको क्रममा घाउमा भित्रै छाडिएको गज फेला परेको डा. शर्माले बताए ।

‘अन्यत्र कतै अप्रेसन गराउनु भएको थियो । तर निरन्तर घाउबाट पिप आउने गरेको भन्नु भयो । मैले चेक गरे । शंका लागेर टाकाँ खोले । अलि भित्र मात्रै केही वस्तु जस्तो लाग्यो । निकालेपछि गज थियो’ डा. शर्माले भने ‘निकालेर फेरि सरसफाई गरी टाँका लगाइदिएको छु । हाडमा केही समस्या छैन । अहिले आराम छ ।’ यस्तोमा समयमै भित्र छाडिएको वस्तु निकाल्न नसके इन्फेक्सन भएर जे पनि हुन सक्ने डा. शर्माको भनाइ छ ।

समयमै चेकजाँच नगराएको भए घुँडा नै काटेर हटाउन सक्ने अवस्था हुन्थ्यो भनेर चिकित्सकले भनेको पीडित मन्दीप बताउँछन् । ‘बल्ल समयमै चेकजाँच गराएर मेरो खुट्टा बाँच्यो । केहीदिन अझै चेक नगराउँदा मेरो खुट्टा गुम्थ्यो’ मन्दीपले भने ‘उपचारमा चरम लापरबाही गर्ने डा. झा र नवजीवन हस्पिटललाई कारबाही हुनुपर्छ ।’

घाउ भित्रै गज छाडेको घटना सुनेपछि शल्यक्रिया गरेका चिकित्सक डा. मुकुन्द झा क्लिनिक बन्दै राखेका छन् । उनको छेउका व्यवसायीहरुले केहदिनदेखि सटर बन्द नै रहेको बताए । उनको बोर्डमा लेखिएको मोबाइल नम्बर समेत डा. झा अफ गरेका छन् ।

बिरामी मन्दिपका दाई सन्तोष यादवले उपचारका नाममा ठगी तथा बिरामीको जीवनसंग खेलबाड गर्ने जस्ता अपराध गरेको भन्दै क्षतिपुर्ति तथा कारबाहीको माग गर्दै चिकित्क र हस्पिटलमाथि कारबाहीको लागि नेपाल मेडिकल एशोसिएशन (एनएमसी) समक्ष उजुरी गरेका छन् ।

‘डा. मुकुन्द झाले मानिसको जीवनसँग खेलबाड गरेको, गम्भिर लापरबाही गरेको र ठगी गरेकोले कानुन बमोजिम क्षतिपुर्ती भराइदिन र हदैसम्मको कारबाही गर्न उजुरी गरेको छु’ सन्तोषले भने ।
यता नवजीवन हस्पिटलका म्यानेजर संजिव साहले आफ्नो हस्पिटलमा बिरामीको दुईपटक शल्यक्रिया भएको बताए । तर बिरामी डिस्चार्ज भएर गएपछि पुनः समस्या हुँदा सम्पर्कमा नआएको तर्क गरे ।
’डिस्चार्ज भएर गएपछि बिरामी हाम्रो सम्पर्कमा आएको छैन । त्यसपछि के भयो हामीलाई थाहै भएन’ उनले भने ’ केही समस्या भएपछि हाम्रो सम्पर्कमा आउनु पर्थ्यो नि । अप्रेसनको डाक्टरले आफ्नो शुल्क लियो । हस्पिटलको ३२ हजार थियो । त्यसमा २० हजार मात्रै हामीले लिएका हौं ।’ उनले डाक्टर झा आफूहरुको सम्पर्कमै रहेको दावी गरे ।

जनकपुरधामको निजी हस्पिटलमा पछिल्लो समय बिरामीको उपचारमा चरम लापरबाहीको घटना सृङखलावद्ध रुपमा भइरहेको छ । जसले बिरामीको मृत्यु हुने र अन्तमा मिलापत्र गरेर ढाकछोप गर्ने प्रवृति छ । तर तीनै तहको सरकार र प्रहरी प्रशासन मुकदर्शक बसेका छन् । यसले निजि हस्पिटलमा बिरामीको असुरक्षा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नवजीवन अस्पताल भन्छ : डा. मुकुन्द आफै पीडित हुन्, निराधार आरोप लगाइयो
  • २०८० भाद्र १७, आईतवार २२:१३
  • In "BannerNews"
  • सुरक्षा अस्पतालमा महिलाको मृत्यु प्रकरण : लासमाथि पैसा बार्गेनिङ् गरेर मिलापत्र
  • २०८० भाद्र १७, आईतवार २२:१३
  • In "BannerNews"
  • प्रादेशिक अस्पताल सिरहाका पूर्वमेसु र चिकित्सकविरुद्ध जाहेरी
  • २०८० भाद्र १७, आईतवार २२:१३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

प्रधानन्यायाधीश चयनले बालेन सरकारको परीक्षा लिने

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

Next Post

सिरहाकी मिटरव्याजी सुजाता जेलचलान

जनकपुरमा प्रशासनविरुद्ध मिटरव्याज पीडितहरुले गरे प्रदर्शन, जिल्ला प्रशासन घेराउ

उपेन्द्र यादवलाई राजनीतिक रूपमा सिद्ध्याउन गौर घटना उचालियो’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version