• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपेन्द्र यादवलाई राजनीतिक रूपमा सिद्ध्याउन गौर घटना उचालियो’


उपेन्द्र यादवलाई राजनीतिक रूपमा सिद्ध्याउन गौर घटना उचालियो’

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले पार्टीका अध्यक्ष उपेन्द्र यादवको राजनीति समाप्त गर्ने उद्देश्यले गौर घटनाको फाइल खोलिएको दाबी गरेका छन् ।

जसपा नेपाल निकट बौद्धिक पेसाकर्मी महासंघ नेपालले शनिबार आयोजना गरेको ‘गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका’ विषयक विचार गोष्ठीमा प्रवक्ता सुमनले संघीयता र गणतन्त्रका लागि लडेका जसपाका अध्यक्ष यादवलाई विवादमा तान्न, राजनीतिक रूपमा समाप्त गर्न र विवादमा ल्याउन षड्यन्त्रपूर्वक गौर घटनालाई बाहिर ल्याइएको दाबी गरे ।

जो व्यक्ति घटनास्थलमा उपस्थित नै थिएन, ती व्यक्तिलाई पनि घटनामा मुछिएको बताउँदै उनले केही व्यक्तिलाई फँसाउन खोजेको कुरा प्रष्ट भएको बताए ।

तत्कालीन मधेशी जनअधिकार फोरमले गौर राइस मिलमा कार्यक्रम गर्ने भनेर स्थानीय प्रशासनबाट अनुमति लिएको तर माओवादीले दुई दिन अगाडि कार्यक्रमको घोषणा गरेर प्रचार प्रसारमा लागेको र स्थानीय प्रशासनसँग अनुमति पनि नलिएको उनको भनाइ थियो । स्थानीय प्रशासनले पटक–पटक कार्यक्रम स्थगित गर्न आग्रह गर्दा, सामूहिक छलफलका लागि बोलाउँदा पनि तत्कालीन माओवादी नेता प्रभु साह बैठकमा नआएको र जानी जानी गौर घटना गराएको उनले दाबी गरे ।

‘गौर घटनाको कोही दोषी छन् भने त्यो प्रभु साह हुन्, उनलाई कारबाही हुनुपर्छ,’ उनले माग गरे । गौर घटनाको बारेमा त्यतिबेला भएका विभिन्न अध्ययन प्रतिवेदनलाई सरकारले सार्वजनिक गरे सबै कुरा स्पष्ट हुने उनले बताए । जसपाका केन्द्रीय सदस्य जयराम यादवले पनि यदि कुनै राजनीतिक दलको इसारामा गौर घटनालाई उठाउने काम गरिएको हो भने त्यसले माओवादी अध्यक्ष प्रचण्डलाई नै घाटा हुने चेतावनी दिए ।

जसपाका अध्यक्ष यादवलाई पूर्वाग्रही ढंगबाट फँसाउने काम भयो भने प्रचण्डलाई नै असर पर्ने बताउँदै उनले यादवको सहयोगमा पटक–पटक प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नै कारणले समाप्त हुने जिकिर गरे । उनले भने, ‘उपेन्द्र यादवमाथि कुनै पनि किसिमको षड्यन्त्र भयो भने त्यो राज्यका लागि पनि हानिकारक छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार जोगाउनका लागि यो षड्यन्त्र गरिरहेको दाबी गर्दै उनले जसपासँग भिड्ने दुस्साहस नगर्न चेतावनी दिए । उनले भने, ‘फेरि त्यस्तै आन्दोलन नहुने भन्न सकिँदैन । बेलैमा प्रधानमन्त्री प्रचण्डलाई सचेत रहन आग्रह छ ।’ डा।विजय मिश्रले उपेन्द्र यादवलाई फँसाउने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘उपेन्द्र यादवले राजनीतिमा जुन हाइट लिनुभएका छ, त्यसलाई समाप्त गर्नका लागि षड्यन्त्रपूर्वक यो गौर घटनालाई उचालिएको छ ।’ यादव घटनास्थलमै नभए पनि जानीजानी उनलाई फँसाउने काम भइरहेको उनले दाबी गरे ।जनकपुरटुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उपेन्द्र यादव जेल जाने सरकारको निर्णय विरुद्ध आन्दोलनको तयारीमा जसपा
  • २०८० भाद्र १७, आईतवार २२:३०
  • In "BannerNews"
  • सरकार र माओवादीप्रति जसपा आक्रोशित
  • २०८० भाद्र १७, आईतवार २२:३०
  • In "BannerNews"
  • जसपा अध्यक्ष उपेन्द्र आत्तिनुको कारण ?
  • २०८० भाद्र १७, आईतवार २२:३०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post

भारतले कच्चा पेट्रोलियम पदार्थमा घटायो कर, नेपाल लाभान्वित बन्ला ?

अमेरिकी पत्‍नीलाई हत्या गरेर गाड्ने पाकिस्तानी पुरुष पक्राउ लाहोर

यी मुसहर कहिले बन्छन् नागरिक ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version