No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

क्याम्पस पढाउन अब लाइसेन्स

कम्तीमा ५५ प्रतिशत अंक वा ३.० जीपीए ल्याई स्नातकोत्तर उपाधि प्राप्त व्यक्तिले मात्र लाइसेन्सका लागि आवेदन दिन पाउने


क्याम्पस पढाउन अब लाइसेन्स

काठमाडौँ — उच्च शैक्षिक संस्थाअन्तर्गतका विश्वविद्यालय, प्रतिष्ठान र क्याम्पसमा पठनपाठन गराउन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय योग्यता परीक्षण सञ्चालन निर्देशिका जारी गर्दै विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा शिक्षण गर्नुपूर्व परीक्षा उत्तीर्ण गरी अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको हो । विज्ञहरूको सुझावका आधारमा निर्देशिका जारी गरेर अनुमतिपत्र लिने व्यवस्था गर्न लागिएको आयोगका अध्यक्ष देवराज अधिकारीले बताए ।

उच्च शिक्षामा राष्ट्रिय योग्यता परीक्षण (निट) लागू गर्न आयोगले अर्थ मन्त्रालयसँग सहमति मागेको छ । मन्त्रालयबाट सहमति पाएलगत्तै परीक्षा सञ्चालन गरिने अधिकारीले बताए । विद्यालय तहमा शिक्षक बन्न हाल स्थायी अनुमतिपत्र लिनुपर्ने प्रावधान छ । शिक्षक सेवा आयोगले परीक्षा सञ्चालन र लाइसेन्स वितरणको काम गर्दै आएको छ । उच्च शिक्षाको हकमा आयोगले यस्तै व्यवस्था लागू गर्न लागेको हो ।

निर्धारित अनुमतिपत्र प्राप्त नगरी शिक्षण प्रशिक्षणमा संलग्न हुने व्यक्ति, विश्वविद्यालय र उच्च शैक्षिक संस्था (क्याम्पस/कलेज) लाई आयोगले मान्यता नदिने निर्देशिकामा उल्लेख छ । हाल देशभरका विश्वविद्यालयमा करिब २० हजार अध्यापक छन् । आंगिक, सामुदायिक र निजी क्याम्पसका अध्यापकले पनि आयोगबाट मान्यता पाउन अनिवार्य लाइसेन्स लिएको हुनुपर्छ । लाइसेन्सका लागि आयोगले प्रत्येक वर्ष परीक्षा सञ्चालन गर्ने अध्यक्ष अधिकारीले बताए । निर्देशिकामा कम्तीमा ५५ प्रतिशत अंक वा ३.० जीपीए प्राप्त गरी स्नातकोत्तर उपाधि प्राप्त व्यक्तिले मात्र लाइसेन्सका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । विद्यावारिधि गरेकाको हकमा भने स्नातकोत्तरमा कम्तीमा ५० प्रतिशत अंक वा ३.० जीपीए ल्याएको हुनुपर्नेछ । लाइसेन्सका लागि एक सय पूर्णाङ्कको परीक्षा सञ्चालन गर्ने र ५० प्रतिशत अंक प्राप्त गरे मात्र उच्च शिक्षामा अध्यापन गराउन योग्य मानिने निर्देशिकामा उल्लेख छ । एक सय पूर्णाङ्कमा विषयगत ज्ञानसम्बन्धी ५०, शिक्षण कौशलमा ३० र अनुसन्धान योजनामा २० पूर्णाङ्कको परीक्षा सञ्चालन गरिनेछ ।

हाल स्थायी नियुक्ति लिई अध्यापन गराइराखेका अध्यापकलाई भने सम्बन्धित विश्वविद्यालयले उपलब्ध गराएको सूचीका आधारमा निश्चित प्रक्रिया पूरा गराएर मात्र अनुमतिपत्र दिइने आयोगले जनाएको छ । अस्थायी वा करार सेवामा कार्यरत शिक्षकलाई पनि निश्चित प्रक्रियाबाट अस्थायी अनुमतिपत्र उपलब्ध गराइनेछ । उक्त अस्थायी अनुमतिपत्र बढीमा ३ वर्षका लागि मात्रै कायम रहनेछ । तीन वर्षभित्र अस्थायी र करारमा कार्यरत अध्यापकले परीक्षा दिएर स्थायी अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । ‘अनुमतिपत्र प्राप्त गर्न नसक्ने शिक्षकलाई कुनै पनि विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा शिक्षण, प्रशिक्षण र अनुसन्धान कार्यमा सहभागी गराउन पाइने छैन,’ निर्देशिकामा भनिएको छ । अनुपतिपत्र प्राप्त नगर्ने अध्यापकलाई काममा लगाए आयोगबाट उपलब्ध हुने सुविधा रोक्का राख्न सक्ने व्यवस्था गरिएको छ ।

छिमेकी मुलुक भारतमा समेत त्यहाँको विश्वविद्यालय अनुदान आयोगले सन् १९९० देखि सरकारी र निजी विश्वविद्यालयमा प्राध्यापन पेसामा संलग्नहरूलाई राष्ट्रिय योग्यता परीक्षण परीक्षामार्फत अनुमतिपत्र वितरण गर्दै आएको छ । नेपालमा पनि उच्च शिक्षाको अध्यापनमा लाइसेन्स लागू गर्नेबारे अध्ययन गर्न काठमाडौं विश्वविद्यालय शिक्षा संकायका डिन बालचन्द्र लुइँटेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उच्च शिक्षाको प्राध्यापन पेसामा प्रवेश चाहने जनशक्तिको राष्ट्रिय योग्यता परीक्षण सञ्चालनका लागि सुझाव कार्यदल २०७९ को सिफारिसका आधारमा अनिवार्य अनुमतिपत्रको व्यवस्था लागू गर्न लागिएको अध्यक्ष अधिकारीले बताए ।

अनुमति प्राप्त गर्ने व्यवस्थाले उच्च शिक्षाको शिक्षण पेसामा संलग्न जनशक्तिलाई उत्कृष्ट नतिजा प्रदर्शन गर्न, गुणस्तरीय शिक्षामार्फत सिर्जनशील दक्ष, प्रतिस्पर्धी, उत्पादनशील र नवप्रवर्तनशील मानवस्रोतको विकास गर्न टेवा पुग्ने आयोगको जनाएको छ । हाल विश्वविद्यालय, प्रतिष्ठानमा सेवा आयोग र पदपूर्ति समितिबाट स्थायी अध्यापक चयन र नियुक्ति हुँदै आएको छ । आंशिक, करार र ज्यालादारीमा अध्यापक नियुक्ति गर्दा सिधै क्याम्पस, विभागले सेवा आयोग र पदपूर्ति समितिको विधि प्रक्रियाबिनै गर्दै आएका छन् । लुइँटेल कार्यदलले यस्तो अवस्थामा उच्च शिक्षामा राष्ट्रिय योग्यता परीक्षण गरी लाइसेन्स दिन उपयुक्त हुने सिफारिस आयोगलाई गरेको थियो ।

शिक्षा नीति २०७६ मा समेत उच्च शिक्षामा अध्यापन, प्राध्यापन र अनुसन्धान गर्न चाहने व्यक्तिको विज्ञताको लेखाजोखा गर्न राष्ट्रिय योग्यता परीक्षण प्रणाली लागू गर्ने उल्लेख छ । २०६७ सालमै प्रा.डा. सुन्दर श्यामभक्त माथेमा संयोजकको कार्यदलले उच्च शिक्षामा उक्त प्रणाली लागू गर्न आयोगलाई सिफारिस गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । २०७४ मा प्रा.डा. त्रिरत्न बज्राचार्य संयोजकत्वको उच्च शिक्षा अध्ययन समितिले उक्त प्रणाली लागू नहुँदा विश्वविद्यालय र अन्तर्गतका निकायमा राजनीतिक दबाबका आधारमा शैक्षिक जनशक्ति आपूर्ति हुँदै आएको औंल्याएको थियो । न्यूनतम योग्यता परीक्षण नगरी उच्च शिक्षाको शिक्षकमा प्रवेश दिन नहुने उक्त समितिको निष्कर्ष छ ।

त्रिभुवनलगायत अधिकांश विश्वविद्यालयमा सेवा आयोग र पदपूर्ति समितिले नियमित अध्यापक चयन नगर्दा जनशक्ति अभाव हुने गरेको छ । जनशक्ति अभाव पूर्ति गर्न आंशिक र करारमा अध्यापक नियुक्ति गर्ने र तिनैलाई समयक्रममा आन्तरिक प्रतिस्पर्धाबाट स्थायीको प्रक्रियामा लैजाने परम्परा चल्दै आएको प्राध्यापकहरूको भनाइ छ । ekantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
म कृषकको छोरी, त्यही भएर कृषि समितिमा उठें : आरजू राणा

म कृषकको छोरी, त्यही भएर कृषि समितिमा उठें : आरजू राणा

गौर हत्याकाण्डको छानबिन रोकिंदैन : गृहमन्त्री श्रेष्ठ

गौर हत्याकाण्डको छानबिन रोकिंदैन : गृहमन्त्री श्रेष्ठ

पाकिस्तानको सिन्धमा अपहरणमा परेका हिन्दू व्यवसायीलाई रिहा गर्न ५ करोड फिरौती माग

पाकिस्तानको सिन्धमा अपहरणमा परेका हिन्दू व्यवसायीलाई रिहा गर्न ५ करोड फिरौती माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .