No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पहिलो वर्षमै मधेश विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

पहिलो वर्षमै मधेश विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

रासस–
वीरगञ्ज ।
मधेश विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि आवेदन दिन विश्वविद्यालयले सूचना जारी गरेको छ ।

पहिलो वर्षमै पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयमा कानुन सङ्कायतर्फ वीए एलएलबी र जनप्रशासन सङ्कायमा यही भदौ १ देखि १५ गतेसम्मका लागि भर्ना आवेदन खुला गरेको हो । आवेदन खुला भएको तीन दिनमै तीन सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका छन् । खासगरी वीए एलएलबी तर्फ विद्यार्थीको आकर्षण बढी छ ।

“दैनिक आवेदनका लागि आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ”, विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले भने, “हामीले भर्ना आवेदन खुला गरेको तीन दिनकै अवधिमा कानुन सङ्कायतर्फ तीन सय र जनप्रशासन सङ्कायतर्फ २७ विद्यार्थीले आवेदन दिइसकेका छन् ।” अझै दैनिक विद्यार्थीको चाप बढ्दै गएको उनको भनाइ छ ।

विश्वविद्यालयले कानुन सङ्कायतर्फ एक सय १० र जनप्रशासनतर्फ ५५ विद्यार्थीका लागि कोटा निर्धारण गरेको छ । यसरी हेर्दा निर्धारित कोटाभन्दा बढी आवेदन हुने भएकाले भदौ २३ गते प्रवेश परीक्षा सञ्चालन गरी विद्यार्थी छनोट गरिने रजिष्ट्रार यादवले बताए ।

विद्यार्थी छनोटका लागि ८० पूर्णाङ्कको मौखिक र २० पूर्णाङ्कको अन्तरवार्ता परीक्षा लिइने विश्वविद्यालयले जनाएको छ । उनका अनुसार विश्वविद्यालयमा अध्ययनका लागि कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा न्यूनतम ५० प्रतिशत वा ‘सी प्लस’ अङ्क ल्याएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

विद्यार्थी छनोटसँगै असोजको पहिलो साताबाट दुबै सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ । पठनपाठनका लागि विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको छ ।

विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौंँ विश्वविद्यालयको समन्वयमा यी दुवै सङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरिएको छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाई समेत अघि बढाएको छ । विसं २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले एक वर्षकै अवधिमा दुई सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ ।

विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ । पोलिटेक्निक, आईटि, व्यवस्थापन, पारामेडिकल, कृषि इञ्जीनीयरिङ लगायतका प्राविधिक शिक्षाका माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हवका रुपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको उक्त विश्वविद्यालय जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपीआर तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए ।

विश्वविद्यालयले पर्साको बहुदरमाई नगरपालिका–२ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त गरेको छ । यस्तै विश्वविद्यालयले पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठा ९राधाकृष्ण मन्दिर० को २७ बिघा जग्गा पाएको छ । बहुदरमाईमा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी खम्बा जडान गरिएको छ भने पोखरीयाको १६ बिघा जग्गाको स्वामित्व विश्वविद्यालयमा हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ ।

मधेस विश्वविद्यालयले आफूलाई चाहिने विश्वविद्यालय संगठन, शैक्षिक र प्रशासन नियमावली २०७९, शिक्ष, कर्मचारी सेवा नियमावली २०७९, आर्थिक प्रशासन नियमावली २०७९ बनाइ पारित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफरमा एकै नम्बर, पर्दैन छुट्टाछुट्टै सम्झिन

टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफरमा एकै नम्बर, पर्दैन छुट्टाछुट्टै सम्झिन

लम्पी स्किन रोगको संक्रमण नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लम्पी स्किन रोगको संक्रमण नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .