राजविराज । मधेशी पत्रकार समाज सप्तरीको नयाँ कार्यसमिति चयन गरिएको छ ।विभिन्न जिल्लाका सभापतिहरुको उपस्थिति रहेको बाकेका बिनय त्रिपाठिले जानकारी दिनु भयो ।
शनिबार राजविराजमा सम्पन्न बैठकले नयाँ नेतृत्व बनाउने निर्णय गरेको हो । शैलेश कर्णको नेतृत्वमा गठन भएको समितिमा उपाध्यक्षमा कमल मण्डल, सचिवमा अरुण कुमार यादव, सह सचिवमा जीवछ दास र कोषाध्यक्षमा अनवर अलीलाई चयन गरिएको छ ।
सदस्यहरुमा रामशंकर भण्डारी, पंकज कुमार साह, सीमा झा र अञ्जली साहलाई चयन गरिएको छ ।
समाजका केन्द्रीय अध्यक्ष मोहन संहिको प्रमुख आतथ्यि तथा सप्तरीका संस्थापक अध्यक्ष विनय कुमार लाल कर्णको विशेष उपस्थतिमा बैठक बसेको थियो ।
