• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारमा जनमतको इन्ट्री हुँदा माओवादीका दुई मन्त्रीको जागिर खुस्किदै


सरकारमा जनमतको इन्ट्री हुँदा माओवादीका दुई मन्त्रीको जागिर खुस्किदै

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद पुनर्गठन गर्दा माओवादीका दुई जना मन्त्री रेड जोनमा परेका छन्।

दाहालले जनमत पार्टीलाई सरकारमा सहभागि गराउने र आफ्नो पार्टीका दुई मन्त्रीलाई घर फिर्ता पठाउने तयारी गरेका छन्। पछिल्लो निर्णय अनुसार पर्यटनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी दुवै विदा हुने भएका छन्।

यसअघि एकजनालाई मात्र हटाउने तयारी भएपनि अन्तिम समयमा दुवैलाई हटाउने निश्चित जस्तै बालुवाटार स्रोतले जनाएको छ।

दुवैको कार्यसम्पादन सन्तोषजनक नदेखिएछि माओवादी नेतृत्वले उनीहरूलाई फिर्ता बोलाउने भएको हो । माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् । मोदी र किराँती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाल सुरूदेखि नै सन्तुष्ट छैनन् ।

मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेका थिए। उनीमाथि कर्मचारी सरुवामा चलखेल गर्ने गरेको आरोपसमेत माओवादीभित्रबाटै लागेको छ ।

किराती पनि कामभन्दा हल्ला बढी गर्ने र स्टन्टबाजीमा व्यस्त भएको निस्कर्ष बालुवाटारको छ। निर्देशन र स्पष्टीकरणमात्र सोध्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति उनमा देखिएपछि दाहालले उनलाई पनि हटाउने तयारी गरेका हुन।

दुई जनालाई हटाएपछि एउटा मन्त्रालय जनमतलाई दिने र अर्को मन्त्रालयमा माओवादीबाट स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउने तयारी रहेको बालुवाटारनिकट स्रोतले जनाएको छ।

नुवाकोट १ बाट निर्वाचित तामाङलाई मन्त्री बनाउन दाहाललाई दबाब थियो । उनी ०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायक तथा युवा खेलकुदमन्त्री समेत भएका थिए । उनलाई शहरी विकास मन्त्रालयको जिम्मा दिन लागिएको स्रोत बताउँछ ।

जनमत पार्टीले पर्यटनमन्त्रालयमा दाबी गरिरहेकाले कांग्रेसकी सीता गुरुङलाई पर्यटनबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सार्ने तयारी छ। नेपालआज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post

सुन प्रकरण र संसद अवरोधबारे एमालेको पत्रकार सम्मेलन

भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा जहाज ल्याण्ड हुन सकेन, भारत र चीनमा डाइभर्ट

चीनको अर्थतन्त्रको असर हङकङमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version