• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गुहार गुहार मन्त्रीबाट बचाउनुहोस्


गुहार गुहार मन्त्रीबाट बचाउनुहोस्

दिलनाथ दंगाल । हुनत म अर्थतन्त्रका कुरा बाहेक अरु विषयमा खासै कलम चलाउन जान्दिन । तर कहिले काँहि कथाले माग्यो भने जानी नजानी अन्य क्षेत्रमा पनि जान्ने भईटोपल्छु । विशेष गरेर कथाले माग्ने भनेको देश र समाजमा असाध्य अन्याय भयो, सहन सकिएन भने यतातिर कलम चलाउने हो ।

आज यस्तै विषय परेको हुनाले यो लेख तयार पारेको छु । नेपालको विकास र समृद्धि भन्ने कुरा एका देशको कथा नै भई सकेको छ । झन यो गठबन्धनको सरकार आए पछि त हामीले मन्त्री र विभिन्न तहका नेतृत्वहरुबाटै असुरक्षित महशुस गर्न थालेका छौ । सत्तामा रहुन्जेल पैसा कमाउ अनी त्यो पैसाको बलमा सांसद होउ, पैसाकैलागि अपराधीहरुलाई भटाभट सांसदमा सिफारिस गर, आजको लोकतन्त्रको चरित्र यस्तै यस्तै देखिन र भोगिन थालेको छ ।

अब त यस्तो वेला आईपुग्यो कि गुहार गुहार लौन मन्त्रीबाट हामीलाई बचाउनुहोस् । अस्ति छाँया सेन्टरमा त्यस्तै भयो । शुक्रबार पत्नीसहित ठमेलको छायाँ सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले त्यहाँ खटिएका सुरक्षागार्ड शेरजंग गुरुङले सेवाग्राहीलाई राम्रो व्यवहार गर्ने नगरेको दाबी गर्दै आफ्नो मन्त्री पदको तुजुक देखाई उनलाई थुनाए । तर परिस्थिति उनले सोचेभन्दा उल्टो भएपछि लाज छोप्न सुरक्षा गार्डले गल्ति महशुस गरेको हुनाले गृहमन्त्रीले छोड्ने आदेश दिएको भन्ने पारेर थुनामुक्त गरियो ।

मन्त्री भएका जीवनरामले एकछिन भिसाका लागि लाइन बस्नु पर्दा यत्रो रडाको तर, हजारौं यस्ता मन्त्री नभएका जीवनरामहरू दैनिक सुरक्षा गार्डसँग कुस्ती खेल्नु पर्छ । सयौं निर्दोष जिवरामहरु ट्राफिको कारवाहीमा पर्नुपर्छ । यी सबै तपाईहरुले बनाएको प्रणालीले दिएका उपहारहरू हुन् । यो लड्ने, भिड्ने, रातो मुख गर्ने र अपमानित हुने काम नेपाली जनताले सबैतिर भोग्दै आएका छन् । तर, यो कतै समाचार बन्दैन । हामीले बुझेको गणतन्त्रमा मन्त्री जनताबाट चुनिएको जनताकै छोरी वा छोरो हो । ऊ चुनाव जितेर मन्त्री हुने वित्तिकै चन्द्रलोकबाट आएको जस्तो गरेर जनता समक्ष दम्भ देखाउनुु जनताप्रतिको ठूलो बेइमानी हो । मन्त्री हुनु भनेको राजतन्त्रकालिन राजकुमार हुनु जस्तो होइन । स्रोतका अनुसार शुक्रबार दलबल सहितको टोली नै कार्यालयभित्र छिर्न लागेपछि सुरक्षा गार्डले रोक्न खोज्दा यो घटना भएको भनीएको छ । तर मन्त्रीको अन्तर्वार्तामा त्यो कुरा उल्लेख भएको छैन् ।

मन्त्रीले कुन दुव्र्यवहारको कुरा गरेको हो सुरक्षा गार्डले हात पात गर्यो की गालि गलौज गर्यो की के गर्यो यो त वहाँकै अन्तर्वार्तामा पनि कतै उल्लेख भएको छैन । जव सुरक्षा गार्डले लाईनमा बस्न भने तव मन्त्रीज्यूको उन्माद सुरु भयो र उनी मन्त्रालय पुगेर अभद्र व्यवहार अन्तर्गत सुरक्षा गार्ड विरुद्ध प्रहरीमा जाहेरी दर्ता को प्रकृया अगाडी बढ्यो । राष्ट्रपति, मन्त्री, नागरिक सबैको मान र मर्यादा हुनुपर्छ । तर, त्यसलाई लिन पनि जान्नु पर्छ । मन्त्रीज्युको मान सम्मान त्यो बेला उँचो हुन्थ्यो जुन बेला सुरक्षा गार्ड विरुद्ध पक्राउपुर्जी जारी हुदैन थियो वा पक्राउ परेका सुरक्षा गार्डलाई मन्त्रीज्यूले छोड्नका लागि आदेश दिनुहुन्थ्यो । विगतमा यस्ता उदाहरणहरु भएका छन हामी कहाँ । तर विडम्वना वहाँको दम्भले त्यसो गर्न दिएन ।

समाजिक सञ्जाल र मिडियाहरुमा यो समाचार भाइरल नै बन्यो तर यसमा मैले खासै आफ्नो धारणा सार्वजनिक गरिन किनकी हजारौ धारणाहरु भन्दा मेरो धारणा फरक स्वादमा आउनेवाला थिएन । तर जव मन्त्रीज्यूका दुईओटा टेलिभिजन अन्तर्वार्ताहरु हेरेँ तव केहि नलेखी रहन सकिन । ती टेलिभिजन अन्तर्वार्ताहरु पुरै हेरीसकेपछि मलाई केहि जिज्ञासाहरु लागे जसलाई यसरी प्रस्तुत गरेको छु । यदि कसैसँग यी जिज्ञासाहरुको उत्तर भए पाउँ भन्ने पनि अपेक्षा गरेको छु ।

१. हतियार र दलबल सहितको मन्त्री र पिएसओलाई कसरी एउटा हतियार विहिन सुरक्षा गार्डले दुव्र्यवहार गर्ने आँट गर्यो होला?

२. मन्त्री आउदैछन लाईनमा नवसाई जानदिनु भन्ने प्रणालीको विकास नेपाल सरकार र सेवादाता कम्पनिले गर्ने होला नी हैन र? त्यसो भएपछि त्यो बबुरो सुरक्षा गार्डले रोक्ने त के मुन्टो फर्काएर मन्त्री(वर्तमान अवस्थामा राजा वा सो सरह)लाई हेर्ने आँट पनि गर्ने थिएनन् ।

३. त्यो कम्पनिमा खटिएको सुरक्षा गार्ड मन्त्री प्रति उत्तरदायी हुनपर्ने हो कि, आफुलाई रोजी रोटी दिने कम्पनि प्रति?

४. मन्त्रीको भनाई अनुसार ‘बिहानैको कुरा थियो, त्यति भिड पनि थिएन, म लाइनमै बसेको थिएँ, एकजनापछि मेरो पालो थियो, त्यहीवेला लाइनमा लाइनमा भन्दै ठेलाठेल गर्दै सुपरभाइजर हुँ भन्दै उनी(सुरक्षागार्ड) आए, मेरो सेक्यूरिटी गार्डले उहाँ मेरो मन्त्रीज्यू हुनुहुन्छ भन्दा पनि उनले मन्त्री सन्त्री मतलब छैन भन्दै प्रतिवाद गरे’ । अब मलाईलागेको कुरा नी लाईनमा बसेको मान्छेहरुलाई ठेलाठेल कसैले किन गर्छ ! यदि यस्तै नियत सुरक्षा गार्डको हो भने यति लामो समय सम्म उनी कसरी त्यो जागिरमा टिकि रहे त ! फेरी दुईजना पछि पालो आउने मन्त्रीलाई नै किन ठेलाठेल गरे त सुरक्षा गार्डले? त्यो अवस्थामा त अगाडीको लाईन नै सकिएको हुन्छ त । लाईन मिलाउने काम गरेपनि त्यो भन्दा पछाडीकाहरुलाई गर्नु पर्ने होइन र ? फेरी मन्त्रीज्यू लाईनमा बसेको हो भने गार्डले किन लाईनमा बस्न भने त?

५. त्यसैगरी मन्त्रीको अर्को रमाईलो भनाई पनि के छ भने म मन्त्रालय पुगेपछि गुरुङ पक्राउ परेको भन्ने आफूले थाहा पाएको उनले बताए । मेरा पिएसओले आफ्नो च्यानलमा खबर गरेर ती सुरक्षा गार्ड पक्राउ परेको हुनुपर्छ् भन्ने पनि उनको भनाई छ । यहाँपनि मेरो जिज्ञासा के छ भने, सामान्य अवस्थामा त २४ सै घण्टा मन्त्रीको अगाडी पछाडी हिड्ने पिएसओले यो असामान्य परिस्थितीमा मन्त्रीले नै थाहा नपाउने गरी कुनवेला, कतागएर र कसरी उजुरी गर्यो होला त आफ्नो च्यानलमा ?

सुरक्षागार्ड शेरजंग गुरुङ

६. मन्त्रीले नै भनेको पत्याउने हो भने पनि मन्त्रीलाई भन्दा अगाडी यी सुरक्षा गार्डले कतिजनालाई दुव्र्यवहार गरेको कहाँ कहाँ उजुरी परेको प्रमाणहरु छन् त?र अव यो पछि यस्तो दुव्र्यवहार नहुनकालागि सरकार र स्वयंमन्त्रीले गरेको पहल चाँहि के त? वा अव के सुधार हुने भयो त ?

७. गृहमन्त्रीले सुरक्षा गार्ड गुरुङलाई छोड्न आदेश दिएर उनी रिहा पनि भईसके पछि सुरक्षा गार्ड निर्दोस भएको पुष्टि भएन र ? अब यस्तो अवस्थामा जनताले यी मन्त्रीलाई दिने सजाय के हुन्छ त? कि मन्त्रीहरुले सजायको भागिदार बन्नु पर्देन यो देशमा?

८. सिसी टिभि फुटेज हेरौन मेटिएको अवस्थामा छैन भने सत्यतथ्य बाहिर आइहाल्छ नि । मेटिएको छ भने मन्त्री दोसि भन्ने त्यतीकै प्रमाणित भई हाल्यो नि । विगतका उदाहरणहरु त्यस्तै छन् । त्यसपछि बबुरा हामी रैती कुरो बुझौला चुपचाप घरमै बसौंला ।

९. तसर्थ मन्त्रीको अन्तर्वार्ता सुन्दा मन्त्रीलाई सुरक्षा गार्डले तन्किएर सलुट मारेन भन्ने भन्दा अरु केहि भए जस्तो बुझिएन । यो राणाहरुको समयमा भन्दा चर्को पो भयो त । अब नेपाली जनताले गठबन्धनका मन्त्रीहरु आउनासाथ बाटो छोडेर छेउ लागेर दुईहात जोडनुको विकल्प रहेन त सुरक्षित हुनकालागि । यदि यसो नै हो भने, लौन गुहार गुहार मन्त्रीबाट हामीलाई बचाइदिनु होस भन्ने वेला आएको हो त! प्रधानमन्त्री देउवाले कुनैवेला कम्युनिष्टको सरकार आएपछि रुनपनि पाईदैन भनेको यहि होत? यहि भन्न र गर्न खोजेको हो त? हुनत निलम्वित प्रधानन्याधिस राणाले यो परमादेशी सरकार र यसका डिजाईकर्ताका बारेमा सबै भनी सके पछि हामीले यसका बारेमा जति भने पनि फिक्का हुन्छ ।

तर पनि गठबन्धन भनेको हास्यकलाकार मदन दाईले भनेजस्तो कुहिएको र गनाएको वस्तुहरुलाई पोको पारेर गाठो परिराखेको वस्तु जस्तै हो त? संसदले प्रधानमन्त्री छान्ने दुनीयाँको अभ्यासमा परमादेशबाट सरकार बनेपछि यस्तै मन्त्री आतंक भइ रहने हो त? परमादेश दिने प्रधानन्याधिर चाहि असक्षम भएर निलम्बित हुनपर्ने अनी तिनैको फैसलाबाट बनेको सरकार चाँहि कसरी वैद्य भयो ? एउटा जिउँदो समाजमा एउटै मान्छे पाँच, छ पटक प्रधानमन्त्री हुन्छ अनी सबै पटक असफल हुन्छ, फेरी उही प्रधानमन्त्री बन्छ र उसैलाई प्राधानमन्त्री बनाईन्छ । स्वार्थी समुहहरुले वहाँ नभई देश चल्दैन भन्छन्, तर आम जनताले अव वहाँहरु नभएमात्र देश चल्छ भन्न थालेका छन् । तसर्थ यस्तो विषयमा हामीले कहिलेबाट सोच्ने? ढिला नगरौ समय गएपछि पछुतो बाहेक केहि रहदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्लेनलाई साढे तिन लाख दिन तयार हुँदा पनि प्रदेशमा आउन मानेनन
  • २०८० श्रावण २७, शनिबार ११:२५
  • In "मधेश प्रदेश"
  • ‘धम्की खबरदारीकाे पछाडि लाग्नु हुँदैन, कानूनी प्रकृया पूरा गर्नुपर्छ’
  • २०८० श्रावण २७, शनिबार ११:२५
  • In "देश"
  • अब गाउँपालिका र नगरपालिका खारेज
  • २०८० श्रावण २७, शनिबार ११:२५
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

सिरियाली सेनाहरू सवार बसमा आइएसको आक्रमण,२० सैनिकको मृत्यु

जनमत पार्टी आइतबार सरकारमा सहभागी हुने, अनिता मन्त्री बन्ने

कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा जसपा सांसद लिम्बू नियुक्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version