No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यी हुन् ललिता निवास प्रकरणका फरार व्यापारी

यी हुन् ललिता निवास प्रकरणका फरार व्यापारी

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरी किनबेचमा संलग्न व्यावसायिक घरानाका व्यक्तिहरू फरार छन्।

सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी छाप दस्तखत किर्ते तथा संगठित अपराधमा पक्राउ गरी अनुसन्धान सुरु गरेपछि उनीहरू फरार भएका हुन्।

सिआइबीका अनुसार ललिता निवास जग्गा प्रकरणमा तानिएका व्यापारीहरू हाल फरार रहेकाले उनीहरूको खोजीकार्य जारी छ।

उनीहरू अहिले नेपालमा नभएका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन। उनीहरूलाई नेपाल फर्काउन दिल्ली प्रहरी र दुबई प्रहरीसँग सहकार्य भइरहेको स्रोतले जानएको छ।

यतिबेला केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक तथा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियालाई प्रहरीले पक्राउ गर्न सकेको छैन। ललिता निवासको सरकारी जग्गा केडियाका नाममा रहेको पाइएपछि सिआइबीले यस विषयमा अहिले अनुसन्धान गरिरहेको र त्यो थाहा पाएकाले उनी फरार छन्। केडिया तथा उनका आफन्तका नाममा ललिता निवासको जग्गा रहेको पाए पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा चलाएको थिएन। अख्तियारले केडियासहित व्यक्तिका नाममा रहेको जग्गा सरकारका नाममा ल्याउनुपर्ने भन्दै मुद्दा चलाएको थिएन।

नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल संघाई पनि फरार छन्। ललिता निवासको सरकारी जग्गा रहेको खुलेपछि प्रहरीले खोजी सूचीमा राखेकाले उनी फरार भएका हुन्। संघाईले ललिता निवासको सिट नम्बर १०२५–१५ मा कित्ता नम्बर ५०१, ४५७, ५००, ४९७ र ४८९ का जग्गा आफ्नो नाममा किनेका थिए। उनलाई पनि जग्गा फिर्ता गर्ने सर्तमा अख्तियारले मुद्दा चलाएको थिएन। उनी यतिबेला देशबाहिर रहेको प्रहरीको दाबी छ। संघाई यसअघि नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरेको अभियोगमा पक्राउ परेका थिए।

नेपालमा किया गाडीका बिक्रेता पुरुषोत्तम पौडेल पनि सिआइबीको खोजी सूचीमा हुन्। कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष र कार्यकारी निर्देशकसमेत रहेका पौडेल अहिले फरार छन्। काठमाडौं रहेका पौडेलका नाममा सिट नम्बर १०२५–२० मा कित्ता नम्बर ९२ को जग्गा छ। उनी पनि देशबाहिर रहेको प्रहरीको दाबी छ। इन्दु शर्माका नाममा पनि ललिता निवासको जग्गा भेटिएको छ। इन्दुका नाममा सिट नम्बर १०२५–२० को कित्ता नम्बर ९६, १०५, १०७, १०९, १११, ७३, सिट नम्बर १०२५–१९ को ७२, ७६, १९ र २१ नम्बर कित्ताका करिब १३ रोपनी जग्गा रहेको देखिन्छ।

गोयल समूहका अध्यक्ष तथा सनराइज बैंकका संस्थापक सेयरधनी कैलाशचन्द्र गोयल पनि ललिता निवास प्रकरणमा मुछिएपछि फरार छन्। कैलाशचन्द्र गोयलको डिएलएफ डेभलपर्सका नाममा ललिता निवासको १९ रोपनी जग्गा देखिएको छ। गोयल समूहले बैंकदेखि निर्माण कम्पनीहरूसमेत सञ्चालन गर्दै आएको छ।

सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा पनि प्रहरीको खोजी सूचीमा छन्। विराटनगरको औद्योगिक घराना सारडा ग्रुपमा सञ्चालक शिवरतन प्रहरीले खोजी गरेपछि भारततर्फ भागेको दाबी गरिएको छ। सारडा दाजुभाइले व्यापारी मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकुमार सुवेदीसँग जग्गा खरिद गरेका थिए।

प्रहरीले पक्राउ गर्ने थाहा पाएपछि विराटनगरका व्यापारीहरूले सारडा ग्रुपका अध्यक्ष र सदस्यलाई पक्राउ नगर्न सरकारसँग लबिङ नै गरेका थिए। सिआइबीले खोजी गरेपछि विराटनगरमा रहेका शिवरतन सारडा, उनका छोरा सन्दीपकुमार, भाइ श्रीनिवास, राधेश्याम, पवनकुमार फरार भएका छन्। सञ्जयकुमार चाचन, प्रमोद गुरुङलगायत व्यापारी पनि फरार रहेको प्रहरीले जनाएको छ।

उनीहरूले भूमाफिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी तथा अर्का व्यापारी मीनबहादुर गुरुङसँगको सेटिङमार्फत जग्गा किनेका हुन्। सोही आरोपमा प्रहरीले पक्राउ अनुमति लिएको तर उनीहरू भने अहिले मोबाइल अफ गरेर अन्य सबै प्रकारका सञ्चार सम्पर्कबाट विच्छेद भएको प्रहरीले जनाएको छ।

ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हत्याउने क्रममा प्रत्यक्ष संलग्न नभए पनि सरकारी जग्गा हो भन्ने थाहा हुँदाहुँदै उनीहरूले सेटिङमार्फत जग्गा खरिद गरेका कारण अनुसन्धानको दायरामा तानिएको सिआइबीका एक उच्च अधिकारीले बताए।

सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्दा सरकारी दस्तखत तथा कागजात किर्ते प्रकरणमा अनुसन्धान सुरु गरेको सिआइबीले ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको थियो। तीमध्ये २१ जना पक्राउ परेका छन्।नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post
जम्मू कश्मीर र लद्दाख अनुच्छेद 370 खारेज पछि आर्थिक वृद्धि र विकासमा उल्लेखनीय परिवर्तन

जम्मू कश्मीर र लद्दाख अनुच्छेद 370 खारेज पछि आर्थिक वृद्धि र विकासमा उल्लेखनीय परिवर्तन

कञ्चनपुरमा यसरी भएको थियो युवकको हत्या, दुई जना प्रहरी खोरमा

कञ्चनपुरमा यसरी भएको थियो युवकको हत्या, दुई जना प्रहरी खोरमा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .