No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कञ्चनपुरमा यसरी भएको थियो युवकको हत्या, दुई जना प्रहरी खोरमा

कञ्चनपुरमा यसरी भएको थियो युवकको हत्या, दुई जना प्रहरी खोरमा

धनगढीः विहिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित बन्द नदीको बगरमा एकको शव फेला प¥यो। शवलाई गाडिएको अवस्थामा स्थानीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले पहिचान नखुलेको शव नदी किनारको बगरमा गाडेको अवस्थामा फेला पारेको थियो। शवको आधा भाग सडेको अवस्थामा समेत फेला परेको थियो।

प्रहरीले शवलाई बाहिर निकालेर मुचुल्का समेत तयार ग¥यो। प्रहरीले शवको विषयमा स्थानीयसँग सोधीखोजी गर्दा कृष्णपुर नगरपालिका–२ बाणीको नवदुर्गा टोलका प्यारु दमाईको छोरा करिब ३५ वर्षीय कुबेर दमाई (हले) भएको खुलेको छ। उनी केहिदिन बेपत्ता थिए। शव हलेको नै हो होइन भनेर उनी दीदी नाता पर्ने सत्या दमाईले घटनास्थलमा पुगेर मृतक कुबेर दमाई (हले) नै भएको बताएपछि शवको पहिचान गर्न सहज भएको प्रहरीले जनाएको छ।

त्यसपछि शवलाई परीक्षणको लागि महाकाली प्रादेशिक अस्पतालमा पठाइएको थियो। मृतक हले साउन १५ गतेदेखि बेपत्ता थिए। मृतक समय समयमा घरबाट निस्कनुका साथै १÷२ दिनपछि आफै घर फर्किने गरेका कारण तत्काल खोजीकार्यका लागि प्रहरीमा निवेदन नदिएको मृतककी आमा प्रेमजला दमाईले बताएकी छन्।

त्यस्तै शुक्रबार इलाका प्रहरी कार्यालय झलारीबाट पुनः खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा भरत दमाईको छोरा मृतकको सहोदर भतिज नाता पर्ने २२ वर्षीय अजय दमाई र सोहि स्थानका भरत दमाईको छोरा मृतकको सहोदर भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक कुवेर दमाईको घरमा आमा वुवालाई दुःख हैरानी दिने, घरमा रहेका सामानहरु समेत विक्रवितरण गर्नुका साथै मादक पदार्थ सेवन गर्दै आएकोले साउन १५ गते राति करिब १० बजेको समयमा मृतक कुवेर दमाईको भतिज नाता पर्ने अजय दमाई र मृतकको भान्जा नाता पर्ने हरिश दमाई सोही विषयलाई लिएर घरायसी कुराकानी लगायत मादक पदार्थ समेत सेवन गर्न भनि बन्द नदीको बगरमा गई मादक पदार्थ समेत सेवन गरी घरायसी कुरा गर्दै निज मृतकलाई सम्झाई बुझाई गर्ने क्रममा करिब ११ बजे बजेको समयमा मृतकसँग अजय दमाई र हरिश दमाईको वादविवाद भएको खुल्न आएको छ।

सोही विवादको क्रममा मृतक कुवेर दमाईलाई अजय दमाई र हरिश दमाईले हात, लात र सोही बगरमा रहेका ढुंगा समेतले टाउको, अनुहार समेतका शरिरका भागहरुमा हिर्काउदा कुवेर दमाईको घटनास्थलमा मृत्यु भएको खुलेको छ। मृत्यु भएपछि कोही कसैले थाहा नपाउने गरी लासलाई सोही स्थानमा खाडल खनि खाडलमा पुरी दिएको समेत प्राम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रारम्भिक सोधपुछ अनुसार घटनास्थल बगरबाट ५० मिटर पूर्वतर्फ कालो रङ्को मृतक कुवेर दमाईले लगाउने गरेको दाहिने खुट्टाको कालो रंगको चप्पल र मृतकले लगाउने गरेको रातो सेतो कालो समेत रंगको सर्ट समेत फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेका अजय दमाई र हरिश दमाईलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप

सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

Next Post
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

कैलाली अदालतमा श्रीमती छोड्न चार सय पुरुषको निवेदन, यस्तो छ मुख्य कारण

कैलाली अदालतमा श्रीमती छोड्न चार सय पुरुषको निवेदन, यस्तो छ मुख्य कारण

कैलाली क्याम्पसमा स्ववियुले सीप विकास तालिम दिने

कैलाली क्याम्पसमा स्ववियुले सीप विकास तालिम दिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .