काठमाडौं । मधेशका युवाहरूको एक समूहले काठमाडौंमा मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएका छन् । काठमाडौंको आलोकनगरमा उनीहरूले आजदेखि मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएका हुन् ।
पुस्तकालयमा मधेश, देश र विश्व अनि विभिन्न क्रान्ति, संघर्ष र दर्शनसँग सम्बन्धित किताबहरू राखिएका छन् । यसका लागि किताब र आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।
यो अभियान निरन्तर रहने र पुस्तकालयलाई थप व्यवस्थित अनि विकसित गर्दै लैजाने योजना युवाहरूको छ । मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्रले मधेशको विषयमा खोज र अनुसन्धानहरूसमेत गर्नेछ ।
यसको उद्घाटनको अवसरमा आज मधेशमा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रमसमेत राखिएको थियो । वक्ताहरूले यो प्रयासको सराहना गरेका छन् ।














