• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रहरीमा ३० वर्षे सेवा हद हटाउने गृह मन्त्रालयको प्रस्तावमा अर्थको सहमति


प्रहरीमा ३० वर्षे सेवा हद हटाउने गृह मन्त्रालयको प्रस्तावमा अर्थको सहमति

अर्थ मन्त्रालय स्रोतका अनुसार सहमतिपछि गृहले मस्यौदामा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको राय लिएर मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ। ३० वर्षे उमेर हद हटाउने प्रस्ताव पारित भएमा नेपाल प्रहरीका ३० औँ महानिरीक्षक बनेका बसन्त कुँवरको सेवा अबधि समेत बढ्नेछ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवाहद हट्ने बताउँदै आएका छन्। १६ वर्षमै अवकाश लिए पनि २० वर्ष अवधि पुगेपछि मात्र पेन्सन दिइने सर्त राखिएको छ। अर्थ र कानुनको सहमतीपछि छिट्टै संघीय प्रहरी ऐनको विधेयक संसद्मा लैजाने तयारीमा सरकार छ ।
संघीय प्रहरी ऐनको मस्यौदा प्रश्तावमा प्रहरी जवान र हवल्दारलाई १६ वर्षमै पेन्सन दिने भनिएको छ। प्रहरी प्रधान कार्यालयले हवल्दारसम्मलाई १६ वर्ष तथा असइ, सइ र वरिष्ठ सइसम्मलाई १८ वर्षमा स्वेच्छिक अवकाश दिने प्रस्ताव अघि सारेको छ।
यसअघि सेवा अबधिको विषयलाई लिएर नेपाल प्रहरीभित्रै विवाद भएको थियो । सर्वोच्च अदालतले २०७० सालमा तत्कालीन एआईजी मदनबहादुर खड्का र ०७३ सालमा तत्कालीन एआईजी गणेशराज राईले जागिर अवधि लम्ब्याइदिन भन्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सरकारले आफूखुशी नियमावली संशोधन गरेर जथाभावी निर्णय गर्ने श्रृंखलामा रोक लगाइदिएको थियो ।
अदालतको यो आदेशलाई छल्न सरकारले २०१२ सालको ऐन संशोधन गर्न खोजेको हो । २०४९ सालमा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले पश्चिमेली नाताका कारण मोतीलाल बोहोरालाई आईजीपी बनाउन ३० वर्षे सेवा अवधि लागू गराएका थिए । ३० वर्षे सेवा अवधिका कारण रत्नशमशेर जबरा अवकाशमा गएपछि बोहोरा आईजीपी बनेका थिए ।

३० वर्षे सेवा अवधिमा सर्वोच्च अदालतको आदेशः–

प्रहरी कर्मचारीको नियुक्ति, बढुवा, अवकाश सम्बन्धी व्यवस्था प्रहरी नियमावली, २०७१ मा रहेको छ । प्रहरीको अवकाशमा ३० वर्षे सेवा अवधि हट्नु पर्दछ भनी तत्कालीन एआइजी मदन बहादुर खड्काबाट समेत सर्वोच्च अदालतमा २०७१ सालमा रिट दायर गरिएको थियो । उक्त रिटमा सर्वोच्च अदालतले ‘प्रहरी ऐन, २०१२ मा अवकाश लगायतका विषयमा स्पष्ट कुनै व्यवस्था गरिएको देखिंदैन ।

नियमावलीमार्फत् गरिएका व्यवस्थालाई पटक–पटक संशोधन वा संशोधन प्रयास अनि मुद्दा मामिलाले पनि चित्त बुझाउन सकेको नदेखिंदा यस्तो स्थितिको अन्त्यका लागि प्रहरी सेवाको सारभूत विषयअन्तर्गत पर्ने नियुक्ति योग्यता, निवृत्तिभरण, अवकाश सम्बन्धी व्यवस्था आदि कुराहरू नियमावलीको व्यवस्था अन्तर्गत नराखी ऐनकै व्यवस्थाअन्तर्गत राखिएमा कानूनमा स्पष्टता र निश्चितता रहने भै कार्यान्वयनमा प्रभावकारिता रहन सक्ने अपेक्षा गर्न सकिने हुँदा प्रहरी ऐनमा नै विधायिकी हिसाबले पुनरावलोकन गरी उपरोक्त सबै कुराहरूको सम्बोधन गर्ने व्यवस्था गर्न जरूरी हुने ।’ भनी फैसला गरेको छ । सर्बोच्च अदालतको उक्त आदेश आजसम्म सरकारले मानेको छैन ।

यसैगरी तत्कालीन एआइजी गणेशराज राई समेतले २०७२ सालमा दायर गरेको रिटमा सर्वोच्च अदालतले ँनिवेदक मदनबहादुर खड्का र विपक्षी नेपाल सरकार भएको २०६९ सालको रिट नं। ००११ ९ने।का।प। २०७१, अंक वैशाख, नि।नं। ९०९९० मा सेवाको शर्तहरू सम्बन्धी सारवान व्यवस्था ऐनमा नै सामावेश गर्न‘ भनी यस अदालतबाट मिति २०७०।१२।२० मा नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी भएको भएपनि सो अनुसार हालसम्म नगरी राखेको तर्फ सरकारको ध्यानाकर्षण गराउने समेत ठहर्छ ।

प्रहरीको योग्यता, छनौट प्रक्रिया, अवकाश, सेवाको गणना जस्ता विषय सेवा सम्बन्धी कानूनको सारभूत व्यवस्था हुनाले सारभूत व्यवस्थाहरुलाई प्रहरी ऐनको निश्चित अधिकार अन्तर्गत बाहेक प्रत्यायोजित विधायनको अंश बनाउन समेत नमिल्ने हुनाले उपरोक्त बमोजिम गर्न गराउनका लागि समेत सरकारको नाममा निर्देशन दिने ठहर्छ’ भनी सर्बोच्चले फैसला गरेको अवस्था छ । सर्बोच्च अदालतको फैसला राज्यले किन कार्यान्वयन गर्दैन भन्ने गम्भीर प्रश्न पनि बारंबार उठिरेहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्‍मा
  • २०८० श्रावण १६, मंगलवार २१:४२
  • In "BannerNews"
  • सरकारी जागिरबाट २३ वर्षको उमेरमै अवकाश, जीवनभर पेन्सन पाउने
  • २०८० श्रावण १६, मंगलवार २१:४२
  • In "BannerNews"
  • एमालेमा ७० वर्षे उमेर हद : विधानमै ओलीको अनुकूल परिभाषा
  • २०८० श्रावण १६, मंगलवार २१:४२
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

प्रशिक्षणका लागि कुस्ती टोली भारत प्रस्थान

मंचमा जथाभावी बोल्दैमा मुलुक र समाज परिवर्तन हुदैन

नेपालले चीनबाट व्यावसायिक ऋणको बोझ महसुस गर्न थाले

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version