No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दलितमाथि भइरहेको अन्यायविरुद्ध लड्न रामो महराको नेतृत्वमा संर्घष समिति गठन

दलितमाथि भइरहेको अन्यायविरुद्ध लड्न रामो महराको नेतृत्वमा संर्घष समिति गठन

दलित समुदाउमाथि भइरहेको अन्याय÷अत्याचारविरुद्ध मधेस प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृ सङ्गठनहरू एकजुट भएर लाग्ने प्रण गरेका छन् ।
दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानको अगुवाइमा जनकपुरस्थित मसला कटेजमा भातृ सङ्गठनहरूको सोमबारको संयुक्त बैठकले सो प्रण गरेका हुन् ।

संयुक्त बैठकले जसपाको दलित भातृ संगठन समाजवादी दलित मुक्ति सङ्गठनका रामो महराको संयोजकत्वमा दलित भातृ सङ्गठनका सबै प्रतिनिधि सम्मिलित मधेस प्रदेशस्तरीय संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति गठन गरेको छ । समितिको नेतृत्व ६÷६ महिनामा परिवर्तन गर्ने गरि समिति निमार्ण गरिएको छ ।

संयुक्त रुपमा जारी अपिलमा भनिएको छ,समितिले दलितका जुनसुकै समस्या समाधानका लागि एकजुट भएर सङ्घर्ष गर्ने निर्णय गरेको छ । अपिलमा विशेषगरी प्रस्तावित सङ्घीय निजामती ऐन र संशोधनको प्रक्रियामा रहेको निर्वाचन ऐन तथा सम्पूर्ण क्षेत्र र तहमा संविधानले गरेको परिकल्पनाअनुरूप समावेशी र समानुपातिक आधारमा दलित प्रतिनिधित्वका लागि जुनसुकै कदम चाल्न पनि पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसरी सबै निकायमा हुने समावेशी र समानुपातिक दलित सहभागितामध्ये पनि मधेसी दलितको संविधानको धारा ४० को उपधारा ७ बमोजिमको जनसङ्ख्याका आधारमाप्रतिनिधित्वका लागि सम्पूर्ण शुभेच्छुक, समर्थकको समेत सहयोगमा हरदम लागिपर्ने निर्णय पनि भएको छ ।

अपिलमा भनिएको छ,‘समग्रमा दलित समुदायको हक÷अधिकार प्राप्ति तथा यो समुदायमाथि भइरहेको अन्याय÷अत्याचारविरुद्ध एकजुट भएर लागिपर्ने प्रण पनि हामी सबैले गरेका छौँ ।’
समितिमामा जसपाका रामो महरा (संयोजक) र शोभित पासवान,सुनिता मोची सदस्य रहेका छन् । माओवादी केन्द्रका दलित भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाका मधेश प्रदेश अध्यक्ष लवकुश बैठा,प्रदेश सचिव विनोद महरा सदस्य रहेका छन् ।

एमाले निकट दलित भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति मोर्चाका प्रदेश अध्यक्ष पञ्चदेव खङ्ग,सचिव अशोक मण्डल, नेकपा एस निकट नेपाल दलित मुक्ति सङ्गठनका प्रदेश अध्यक्ष रामआशीष दास र सहसचिव ममता विश्वकर्मा सदस्य रहेका छन् । त्यसैगरी काग्रेस निकट नेपाल दलित सङ्घका प्रदेश अध्यक्ष रामएकवाल पासवान,सचिव राजाराम पासवान,बहुजन एकता पार्टीका राजाराम पासवान, लोसपा निकट लोकतान्त्रिक समाजवादी दलित सङ्घका सुनिता मेस्तर सदस्य रहेका छन् ।
द्यलितमाथि मधेश प्रदेशमा भइरहेको जातीय उत्पीडनका घटनामा समितिले गम्भिर भएर काम गर्ने र दलित हकहितका लागि एकताबद्ध भएर लाग्ने संयोजक रामो महराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
सिरहामा भाडाको भैँसी बाँड्ने सहकाकरीमाथि कारबाही

सिरहामा भाडाको भैँसी बाँड्ने सहकाकरीमाथि कारबाही

मधेश प्रदेशको कुपोषण अन्त्य गर्न आरजुको पहल, प्रदेशको विकासका लागि अग्रसरता लिइन्

मधेश प्रदेशको कुपोषण अन्त्य गर्न आरजुको पहल, प्रदेशको विकासका लागि अग्रसरता लिइन्

ललिता निवास प्रकरणमा दुई जना नक्कली मोही पक्राउ

ललिता निवास प्रकरणमा दुई जना नक्कली मोही पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .