महेश सिंह सिरहा लहान २१ जेष्ठ – वैदेशिक रोजगारीमा छैठो पल्ट खाडि मुलुक कतार पुगेका सप्तरीको खडग नगरपालिका लालपट्टीका बुवा शशिलाल राम र आमा बिन्दा देवी मोचीको छोरा राम प्रसाद राम नेपाल फर्केको एक हप्ता नबित्दै मामा गर जाने क्रममा बाईक अनियंत्रित भइ सडक दुर्घटनामा परी खुट्टा फ्याक्स भएर घाइते भएका छन।
घाइतेको श्रीमती चन्द्र रेखा देवी मोचीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगारी अन्तर्गत औषधी उपचार खर्च वाप्त १ लाख रुपैयाँ घाइतेका श्रीमती चन्द्र रेखा मोची र घाइतेका भाई धर्मी लाल राम र पत्रकार महेश सिंह सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले कर्मचारी हेम नारायण सिंह रोशन महतो लगायतका रोहबरमा १ लाख रुपैयाको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेको छन्।
घाइते राम लाई श्रीमती र २ छोरा रहेका छन्। घरको आर्थिक अवस्था राम्रो रहेको परिवारजनले जनाए।मामा घर जाने क्रममा राजबिराज स्थित सडक दुर्घटनामा परेका थिए। दुर्घटनामा दाहिने खुट्टा फ्याकचर भएका थिए।घाइते राम औषधी उपचार गराएर पुनः कतार फर्किएका छन्।