• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओलीप्रति व्‍यंग्य, प्रचण्डलाई खबरदारी , सरकारको नीति तथा कार्यक्रममाथि बोल्दा ओलीमाथि कटाक्षै कटाक्ष


ओलीप्रति व्‍यंग्य, प्रचण्डलाई खबरदारी , सरकारको नीति तथा कार्यक्रममाथि बोल्दा ओलीमाथि कटाक्षै कटाक्ष

एमालेबाट फुटेर एकीकृत समाजवादी बनाएका पार्टी अध्यक्ष माधव नेपालले सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दा एमाले अध्यक्ष केपी ओलीलाई तारो बनाउन छाडेनन् ।
काठमाडौं। एमालेबाट फुटेर सत्ता घटक बन्न पुगेका एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई नीति तथा कार्यक्रमको बचाउ मात्रै गर्नु थिएन, बरु प्रमुख प्रतिपक्षलाई जवाफ दिनु पनि थियो। त्यसैले उनले आफ्नो ३५ मिनेट सरकारको प्रतिरक्षा, सुझाव अनि एमाले अध्यक्ष केपी ओलीको खण्डनमा खर्च गरे।
प्रतिनिधिसभामा सोमबार बोल्दै नेता नेपालले एमाले अध्यक्ष ओलीलाई नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने खाँचो नरहेको भन्दै कटाक्ष गरे । ‘यो कागजको खोस्टो मात्रै छ कि, यसमा विषयवस्तु पनि छ कि भनेर हेर्दै जाँदा मैले कागजको खोस्टो मात्रै पाइनँ’ नेपालले भने, ‘गणतन्त्र बलियो बनाउने, समाजवाद उन्मुख बनाउने, समावेशी शासन संचालन गर्ने नीति कार्यक्रमलाई कुनै अर्थ छैन भनेर टिप्पणी गर्नु राजनीतिक पूर्वाग्रह बाहेक केही होइन।’

अध्यक्ष नेपालले प्रस्तुत नीति तथा कार्यक्रमले सर्वोपरि लक्ष्य अन्तर्गत राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितको संरक्षणलाई राखेको उल्लेख गर्दै सरकारको बचाउ मात्रै गरेनन्, प्रमुख कार्यभार के के छन् भनेर पनि सुनाए।

नेपालले ओलीको मात्रै खण्डन गरेका भने होइनन्, बरु उनलाई देखाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खबरदारी समेत गरेका छन्। लामो समय एउटै दलमा रहेर सहकार्य गरेका नेपाल(ओलीबीच पछिल्लो एक दशकयता हार्दिकता कमजोर थियो। त्यसमाथि एमाले हुँदै नेकपा कालको अन्तरसंघर्ष शत्रुतापूर्ण बन्दै जाँदा उनीहरू विभाजनसम्म पुगे। पछिल्लो आम चुनावयता पनि उनीहरूबीचको तिक्तता र घोचपेच घटेको छैन।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि आइतबार ओलीले झन्डै दुई घन्टा आलोचना गरेका थिए। उनले नीति तथा कार्यक्रमले मुलुकको वर्तमान यथार्थको पहिचान र लक्ष्य निर्धारित गर्न नसकेको जिकिर गर्दै फिर्ता लिन आग्रह गरेका थिए।

नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गरे त्यसलाई एमालेले समर्थन गर्न सक्ने एमाले अध्यक्ष ओलीको भनाइ थियो।

ओलीको प्रतिवाद गर्दै नेपालले सोमबार संसदमा फर्काए, ‘एकले अर्कालाई घोचपेच गरेर मात्र हुँदैन। आफ्नो पीडा, व्यथा पोखेर मात्र हुँदैन। सरकारमा बस्न सकिएन त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन रु त्यसको पछाडि अरूलाई दोष दिएर हुँदैन।’

सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड हाल कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा निरन्तर छन् । यसप्रति लक्षित गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्क्यो रु त्यसको निम्ति अरूलाई सत्तोसराप गरेर हुँदैन। आफूभित्र के कमी(कमजोरी रहे रु त्यसको समीक्षा गरौं । कमी(कमजोरी भएका छन् तिनको पहिचान गरौं, सुधार गरौं।’

तर, आफ्नो कमी(कमजोरीबारे मौन रहने र अरूमाथि प्रश्न उठाउने लगायत पाँच वटा समस्या नेपाली राजनीतिमा रहेको भन्दै नेपालले ती समस्याको विवेचना गर्दा पनि नाम नलिएरै एमाले र एमाले अध्यक्ष ओलीप्रति पटक(पटक कटाक्ष गरे ।

‘म देखिरहेको छु हामीकहाँ सबैभन्दा ठूलो समस्या व्यक्तिवादको रोग हो’ नेपालले ओलीको नाम नलिई थपे, ‘आफूलाई सर्वज्ञानी ठान्ने, अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो।’

संसदमा मन्त्री भइसकेका, प्रधानमन्त्री भइसकेका व्यक्तिहरू, बौद्धिक व्यक्तित्व, सामाजिक अभियन्ता, सदनमा देशको हितको रक्षा गर्ने एकसेएक योद्धाहरू रहेको उल्लेख गर्दै नेपालले सबैको ज्ञान, बुद्धि र अनुभव सँगालेर देश बनाउन लाग्नुपर्ने तर्क गरे ।

प्रत्यक्ष, परोक्ष अनि संकेतमा ओलीलाई धेरै सन्देश प्रवाह गरिसकेपछि नेपाल सरकारतर्फ लक्षित भए। प्रधानमन्त्री प्रचण्डको नाम लिंदै अध्यक्ष नेपालले भने, ‘यदि तपाईंमा लागिरहने लगनशीलता छ भने, जुध्ने साहस छ भने, प्राप्त गर्न सक्छु भन्ने विश्वास छ भने तपाईं असम्भवलाई पनि सम्भव बनाउन सक्नुहुन्छ ।’

अध्यक्ष नेपालले अगाडि थपे, ‘तपाईं इमानदारीका साथ अगाडि बढ्नुहोस्। लगनशीलताका साथ अगाडि बढ्नुहोस्। यो भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्नुहोस् । स्वच्छ सरकार यो देशलाई प्रदान गर्नुहोस् । गतिशील सरकार यो देशलाई प्रदान गर्नुहोस् ।’

‘हावादारी सपना नदेख्नुहोस्’

अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई समाजवादको यात्राबाट नभड्किन सुझाएका छन् । उनी थप्छन्, ‘केही व्यक्तिहरू धनी बन्दै जाने, चाहे लुटेर होस् या ठगेर होस् या अपराध गरेर होस्, कुकर्म गरेर होस् । यो सबै प्रवृत्तिलाई नियन्त्रण गर्नका लागि राज्यका सबै संरचना इमानदार हुनुपर्छ।’ यसका लागि नेतृत्वले सपना देख्नुपर्ने र निरन्तर लाग्नुपर्ने उनको राय छ।

‘सपना देख्न सक्नुहुन्छ । तर सपना हावादारी नदेख्नुस्, यथार्थवादी बन्नुहोस्, सपना नदेख्ने अन्धो मान्छेले आफ्नो मिसन बुझ्न सक्दैन । मिसन तय नभएको मान्छेले मिसन पूरा गर्न पनि सक्दैन । तर सपनालाई विपनामा रूपान्तरण गर्न यथार्थवादी भएर पनि चल्नुपर्छ’ उनले भनेका छन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएको शिक्षा सम्बन्धी नीतिबारे अध्यक्ष नेपालको प्रश्न छ, ल्याउने ९विद्यालयमा ल्याउने०, सिकाउने, टिकाउने तर यो भोलि लागू हुन्छ कि हुँदैन रु’ नेपालमा रहेका सबै बालबालिकालाई विद्यालय पुर्‍याउने लक्ष्य पहिले नै पनि तय गरिएको उल्लेख गर्दै उनले भने, ‘यसक्रममा पुराना प्रधानमन्त्रीहरूले पनि राम्रै काम गर्नुभएको होला।’

यहींनेर फेरि अध्यक्ष नेपालले केपी ओलीप्रति व्यङ्ग्य कसे। ‘एकचोटि राम्रो के हुन्थ्यो भने(संसदमा नै वा पूर्व प्रधानमन्त्रीहरूको बीचमा नै प्रतिस्पर्धा गराउनुछ भने आ(आफ्नो कार्यकालमा क(कसले के गरे सब ल्याएर सबको मूल्याङ्कन यही संसदले गरिदिए पनि हुन्छ । म त तयार छु।’

आइतबार वर्तमान सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै एमाले अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले गरेका काम(कारबाहीको चर्चा नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए। ओलीले आफू नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त नै संसदमा सुनाएका थिए ।

आफ्नो नेतृत्वको सरकारको चर्चा नभएकोमा पीडाबोध नगर्न पनि ओलीलाई माधव नेपालको सुझाव छ।

‘अवश्य पनि लाग्छ होला कि आफ्नो समयमा भएका केही राम्रा कुरालाई पनि वास्ता गरिएन रु कति मनमा पीडा पर्दो रहेछ रु’ नेपालले थपे, ‘म पनि प्रधानमन्त्री भइसकेको मान्छे । मलाई पनि त लाग्छ होला नि गरिएका कतिपय कामको किन चर्चा गरिंदैन रु पर्‍यो होला त्यस्तै ।’ तर नगरेको वा गलत गरेको कार्यको आलोचना सहन सक्नुपर्ने, आलोचनाका निम्ति पनि तयार हुनुपर्ने उनको भनाइ छ ।

उनले ओलीलाई आफ्नै पालामा कति हावादारी कुराहरू आए समीक्षा गर्न सुझाव दिए । ‘आफ्नो पालामा कति हावादारी योजनाहरू आए रु भनियो तिथिमिति तय गरेर यो मितिमा टिकट काट्नुहोस्। ठ्याक्क हवाई रेल चढ्नु । बिजुलीको रेल चलाइनेछ’ अध्यक्ष नेपालले ओलीप्रति कटाक्ष गर्दै भने, ‘यस्ता हावादारी कुरा ल्याउनुहुँदैन।’

केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रमको विवेचना गर्दै अध्यक्ष नेपालले प्रश्नमाथि प्रश्न गरे, ‘घरघरमा ग्याँस १ खै ग्याँस रु यस्तोमा कहाँ कहाँ त्रुटि भयो रु’ त्रुटि स्वीकार गर्नुको साटो ढाकछोप गर्ने प्रवृत्ति देखा परेको भन्दै अध्यक्ष नेपालले प्रश्न गरे, ‘टावरका कुराहरू आइरहेका छन् । मलेशियाका टावर, खाडी क्षेत्रका टावर । टावरको आवश्यकता छ भने कहाँ रु धानको बाला हेर्ने टावर रु’

ओली नेतृत्वको सरकारको पालामा विभिन्न भ्यू–टावर निर्माणले तीव्रता पाएको थियो । यसप्रति कतिपयले गर्ने गरेको आलोचनाको जवाफ दिंदै एमाले अध्यक्ष ओलीले आइतबार संसदमा भनेका थिए, ‘संसारका आधुनिक शहरहरूमा टावरहरू, मलेशियाको ट्वीन टावर, दुबईको टावर, थाइल्याण्डका टावरहरू व्यापारिक केन्द्रका रूपमा बनेका छन् । नेपालमा कुनै व्यापारिक केन्द्रको रूपमा टावर बनायो भने अबउप्रान्त टावर नबनाउने भनेर पानी समातेर कसम खाने कस्तो खालको विकास विरोधी अवधारणा रु’

ओलीको अभिव्यक्तिमाथि नै सोमबार संसदबाटै माधव नेपालले प्रश्न गरेका हुन् । नेपालमा विकास आयोजनाको प्राथमिकीकरण हुन नसकेको उनले बताए । जथाभावी परियोजना र कामहरू हुने गरेको उल्लेख गर्दै त्यसलाई सुधार गर्न उनले प्रधानमन्त्री प्रचण्डलाई खबरदारी गरे ।

आफू चीन भ्रमणमा जाँदा चिनियाँहरूले एउटा शहरमा लगेको र उक्त शहरको ५० वर्षको योजना पाँच वर्षमा कति काम गर्ने, नयाँ घर कति बनाउने, कति जग्गामा खेतीपाती, कति जग्गामा उद्योगधन्दा र कलकारखाना विकास गर्ने सुनाएको उल्लेख गर्दै उनले भने, ‘हामीकहाँ त्यस्तो छैन।’ पर्यटन प्रवद्र्धन गर्ने भए पर्यटनका लागि के के गर्ने हो रु कुन कुन ठाउँलाई देखाउने रु जलविद्युत्मा केन्द्रित हुने हो भने सुरुमा कुन कुन आयोजना बनाउने हो रु सडक यातायातमा कुन बाटो महत्वपूर्ण छ त्यसलाई प्राथमिकता दिएर लाग्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ । शिक्षामा कति लगानी गर्ने हो रु स्वास्थ्यमा कति लगानी गर्ने हो रु प्राथमिकीकरण हुनुपर्ने उनको सुझाव छ ।

किन देशहरू असफल हुने गरेका छन् रु भनी पुस्तक नै लेखिएको उल्लेख गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाल थप्छन्, ‘सत्ताको व्यवहार, संस्थागत संरचनालाई भत्काउने प्रवृत्ति, संस्थागत काम नगर्ने प्रवृत्ति, संरचनामा राख्ने खोटहरूको कारणले कामहरू राम्रो हुँदैन र देशहरू असफल हुन्छन्।’

प्रतिफल प्राप्त हुने क्षेत्रमा मात्रै लगानी गर्न सरकारलाई उनको सुझाव छ । ‘दृष्टिकोण विहंगम गर्नुहोस् । व्यापक दृष्टिकोण राख्नुहोस् । भोलिसम्मका समस्या र समाधानका उपाय खोज्नुहोस्’, प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष नेपालको राय छ ।

नीति तथा कार्यक्रममा एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हल जस्ता कार्यक्रमहरू समेत समेटिएको उल्लेख गर्दै फेरि एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गरे, ‘म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु (तपाईं ६ हजार ७४१ वटा वडामा एकैचोटि स्वीच थिचेर खेल मैदानको शिलान्यास नगर्नुस्। एकैचोटी स्वीच थिचेर ७५३ वटै पालिकामा कभर्ड हलको शिलान्यास गर्ने गल्ती नगर्नुहोला ।’

केपी ओलीले खेप्दै आएका धेरै आरोपमध्ये एक हो(प्रधानमन्त्री हुँदा प्रधानमन्त्री निवासबाटै स्वीच थिचेर विभिन्न आयोजनाको शिलान्यास गरे। जसमध्ये कतिपय आयोजना स्रोत सुनिश्चितता नभइकन शिलान्यास गरिएका कारण अगाडि बढ्न सकेका छैनन् ।

यही स्मरण गराउन खोज्दै माधव नेपालले प्रधानमन्त्री प्रचण्डलाई भने, ‘जहाँ काम सुरु हुन सक्दछ त्यहाँ शिलान्यास गर्ने हो । यो मनमा नराख्नुहोस् (त्यो ठाउँमा शिलान्यासमा मेरो नाम चढोस् । किनभने यही प्रवृत्तिले बिगारेको छ ।’ शिलान्यास गर्न हतार गर्ने पनि व्यक्तिवादको प्रवृत्ति रहेको उनको व्याख्या छ ।

केपी ओलीप्रति व्यङ्ग्य गर्दै माधव नेपालले प्रधानमन्त्री प्रचण्डलाई खबरदारी गरे, ‘व्यक्तिवादको प्रवृत्ति, म भन्ने प्रवृत्ति, यस्तो प्रवृत्तिमा तपाईं पक्कै पनि पर्नुहुने छैन भन्ने मैले आशा गरेको छु । आशा त गर्ने हो नि १ व्यवहारमा हेर्ने हो।’

नेपालको अर्थतन्त्रका समस्या केलाउँदा, नेपाली राजनीतिमा रहेका समस्याको विवेचना गर्दा एमाले अध्यक्ष ओलीको व्यवहारको आलोचना मात्रै गरेनन्स प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु अगाडि आफूले राखेका विषय पनि स्मरण गरे ।

‘२०७९ साल पुस २६ गते तत्कालीन समयको दोस्रो बैठकमा मैले विचारहरू राखेको थिएँ । त्यसबेला मैले १५ वटा कुरामा विशेष जोड दिएको थिएँ’, अध्यक्ष नेपालले भने ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० समेतको समर्थनमा प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए। उनले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए। त्यसबेला नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएको थिएन। तर, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।

‘राष्ट्रियता जोडिएका विषयदेखि लिएर संविधानका विषयहरूसम्म, सुशासनका सुनिश्चितताका विषयदेखि लिएर विद्यमान आर्थिक संकटहरू, समाजवादका नेपाली नमूना तय गर्नेदेखि लिएर कसरी सुखी नेपाली र समृद्ध नेपालको निर्माण गर्न सकिन्छ रु सो परिकल्पनालाई साकार पार्ने कामका लागि कसरी अगाडि बढ्नुपर्दछ भन्ने विषयमा मैले ध्यानाकर्षण गराएको थिएँ’ अध्यक्ष नेपालले भनेका छन्, ‘मलाई विश्वास छ ती विषय नीति तथा कार्यक्रममा समेटिएका छन्।’अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमाले अब एमाले रहेन, मूल पार्टी हाम्रो हो : माधव नेपाल
  • २०८० जेष्ठ ९, मंगलवार ०८:५२
  • In "BannerNews"
  • आश्वासन बाँड्दै शीर्ष नेता
  • २०८० जेष्ठ ९, मंगलवार ०८:५२
  • In "BannerNews"
  • माधव नेपाल भन्छन् : चितवनको तमासा नै पर्याप्त छ
  • २०८० जेष्ठ ९, मंगलवार ०८:५२
  • In "नेपाल एक्सन स्पेसल"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

अब ऋण दिन नसक्ने अवस्थामा आधा दर्जन विकास बैंक

देशभर वर्षा र तराईमा हावाहुरीको पनि सम्भावना

जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक, सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version