• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आश्वासन बाँड्दै शीर्ष नेता


आश्वासन बाँड्दै शीर्ष नेता

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भाग लिएका गठबन्धनका शीर्ष नेताहरु अहिले आश्वासन बाँडनमा व्यस्त भएका छन् । पाँच दलीय गठबन्धनमा आबद्ध दलहरुले प्रदेशका राजधानीहरुमा आयोजना गरेको प्रदेश स्तरीय भेला र नेकपा एमाले गठबन्धनले विभिन्न चुनावी भेलामा मात्रै आश्वासन बाँड्ने गरेको देखिएको छ ।

पाँच दलीय गठबन्धनले शनिवार जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय भेलामा गठबन्धन जिते हरेक समस्या समाधान हुने गठबन्धन आबद्ध दलका शीर्ष नेताहरुले आश्वासन बाँडेका छन् । एकातिर सरकारको नेतृत्व गर्ने अर्कातिर समस्या समाधानमा विपक्षी दल बाधाअडचन पुर्याएको आरोप लगाउने गरेका छन् । भेलामा शीर्ष नेताहरुले मधेशको स्मस्या समाधानका निमित्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अड्चन गरेको आरोप लगाएका थिए । हरेक नेताले ओलीलाई प्रतिगमनकारीको संज्ञा दिए । नागरिकता विधेयक प्रमाणीकरण नहुनुको दोष ओलीलाई नै दिए ।

प्रधानमन्त्री शेर बहादुर देउवाले पनि अन्य नेता जस्तै पाँच दलीय गठबन्धनको जित आवश्यक रहेको बताए । गठबन्धनका उम्मेदवारहरु जिते नागरिकता समस्या समाधान गर्न कुनै प्रकारको बाधा अड्चन न आउने उनले जिकिर गरे । ‘गठबन्धनका उम्मेदवारहरु जिते हरेक प्रकारको समस्या समाधान हुन्छ,’उनले भने–‘त्यसैले गठबन्धनलाई जिताएर सबै समस्या समाधान गर्नुपर्छ ।’ गठबन्धन जिते लगत्तै नागरिकता समस्या समाधान हुने उनले प्रतिबद्धता जनाए ।

नेकपा माओवादी केन्द्रका नेता पुष्प कमल दाहाल (प्रचण्ड)ले पनि मधेश विरोधी गठबन्धनलाई पराजित गरी दण्डित गर्नुपर्ने बताए । ‘निरंकुशता र अहंकारविरुद्ध एकत्रित हुन उनले आह्वान गरेका थिए । मधेशी जनताको अधिकार एमाले र केपी शर्मा ओलीले कुण्ठित गरेको छ,’उनले भने–‘त्यसकारण हामी एक ढिक्का भएका छौं । तपाईहरु पनि एकजुट हुनस् । नागरिकताको समस्या यो गठबन्धनले हल गर्छ ।’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पनि पाँच दलीय गठबन्धनको पक्षमा नेपाली जनता उभिनु पर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा सत्ता गठबन्धनको चुनावी भेला
  • २०७९ कार्तिक ६, आईतवार ०८:४९
  • In "BannerNews"
  • चाँडै मन्त्रिपरिषद विस्तार गर्न गठबन्धनका नेताहरु सहमत
  • २०७९ कार्तिक ६, आईतवार ०८:४९
  • In "देश"
  • लोसपा पनि सरकारमा जाने निर्णय
  • २०७९ कार्तिक ६, आईतवार ०८:४९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

आचारसंहिता विपरीत करका दायरा हेरफेर गरिएकोप्रति स्पष्टीकरण

चीनले साइबरस्पेसमा पनि सेन्सरशिप लागु गर्न खोज्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version