No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बजेटको चटारोमा मधेश सरकार : मन्त्रीविहीन मन्त्रालयमै योजना माग्नेको भीड

बजेटको चटारोमा मधेश सरकार : मन्त्रीविहीन मन्त्रालयमै योजना माग्नेको भीड

मधेश भवनभित्रको हरेक भवन भरिभराउ छ । बाक्लो संख्यामा मानिसहरु ओहोरदोहोर गरिरहेका छन् । उनीहरु हात–हातमा फाइल बोकेका छन् । भवनभित्र प्रतीक्षा कक्षमा भएका मानिसहरु कुराकानी गर्दै देखिन्छन् भने भित्र कर्मचारीहरु काममा व्यस्त हुन्छन भने योजना माग्नेहरु फाइल मिलाउनमा ।

यो दृष्य हो, सोमबार मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयको । मधेश सरकारलाई बजेट ल्याउने चटारो छ । सोही चटारोमा मधेश प्रदेश सरकारको सबै मन्त्रालय भरिभराउ देखिन्छन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनुपर्ने समय नजिकिदै गर्दा मन्त्रालयमा कर्मचारीहरुको व्यस्तता बढेका हो भने योजना माग्नेहरुको दौडधुप । कर्मचारीहरु शिलिङ अनुसार प्रत्येक मन्त्रालयको योजना तयार पारिरहेका छन् । अहिले मधेश प्रदेशमा ठूला मन्त्रालयसहित चार मन्त्रालय मन्त्रीविहीन छ । तर यिनै मन्त्रालयहरुमा योजना माग्न सांसददेखि नेताहरुको भीड लागेको देखिन्छ ।

सरकारबाट नेकपा एमालेको बहिर्गमन हुँदा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसहित चार मन्त्रालय नेतृत्वविहीन भएको डेढ महिना वितिसकेको छ । गत चैत २१ देखि सरकार अपूर्ण रहेका यी मन्त्रालयहरुमा मन्त्री अभावमा बजेट निर्माणमा केही प्रभाव परेको कर्मचारीहरु बताउँछन् । भौतिक पूर्वाधार तथा विकास, कानुन, न्याय तथा प्रदेश सभा मामिला, गृह तथा सञ्चार र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय नेतृत्वविहीन छन् । सो मन्त्रालयहरुमा टुक्रे योजनाको माग बढी आएको छ । टुक्रे योजनाको व्यवस्थापन गर्नका लागि समस्या आउनसक्ने बताइएको छ । यद्यपि मुख्यमन्त्री सरोज कुमार यादवले यही साताभित्र सरकार विस्तार गर्ने तयारी गरेका छन् ।

सोमबार जनकपुरधाममा सत्तासाझेदार र सरकारमा जान लागेको दलहरुको बैठकसमेत बसेको थियो । उक्त बैठकले सहमति नजिक पुगिसकेको बताइएको छ । अहिले जनता समाजवादी पार्टी ९जसपा०को तर्फबाट यादवले सरकारको नेतृत्व गरिरहेका छन भने उनलाई नेकपा एमाले बाहेक सबै दलको समर्थन छ । तर अव नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा बजेटको आकार घटेर आउने जनाएको छ । बजेट शिलिङ्ग तोकेर सबै मन्त्रालयमा पठाइएर बजेट निर्माणको काम भइरहेको छ ।
बजेटको मार्ग दर्शन र बजेटको शिलिङ्ग बारे सबै मन्त्रालय र प्रदेश सरकार मातहत संयन्त्रलाई जानकारी गराइसकेको छ । केन्द्रले यसवर्ष २० प्रतिशत बजेट कटौती गरी बजेट शिलिङ्ग पठाएको हुनाले प्रदेश सरकारले सोही अनुसारले गत वर्षभन्दा घटाएर बजेट बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको छ । संघीय सरकारले २० अर्वको बजेट शिलिङ्ग पठाएको अर्थ मन्त्रालयले जनाएको छ । जुन चालु आर्थिक वर्षभन्दा २० प्रतिशतले कम छन् । चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको छ ।जनकपुरटुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
विश्वकप छनौटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा

विश्वकप छनौटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला परेन

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला परेन

चीनले गरेको बलपूर्वक फेरबदलको विरुद्धमा क्वाड

चीनले गरेको बलपूर्वक फेरबदलको विरुद्धमा क्वाड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .