नेपालगन्ज । नेपाल क्रिकेट संघले जिम्बावेमा हुने विश्वकप छनोटका लागि आज २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
प्रारम्भिक २२ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने रहेका छन् ।
त्यस्तै टोलीमा भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् ।
यस टोलीले आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने एक दिवसीय क्रीकेट विश्वकप छनौट खेल्ने भएको छ।