महेश सिंह सिरहा लहान २ जेष्ठ – नेपाल नाइँ संघको ८ औं राष्ट्रिय महादिबेशन सिरहाको लहानमा जारी रहेका छन।नेपालमा परापुर्व कालदेखि बसोबास गर्दै आएका हजाम जातिको हुन्। हजाम जातीको इतिहास निकै ठुलो रहेका छन।
नेपाली काङ्ग्रेसको भातृ संगठन रहेको नेपाल नाईं संघको ८ औं राष्ट्रिय महादिबेशन लहानमा भएको छ।२०४७ सालमा स्थापना भएका नेपाल नाई संघ ३६ बर्ष पुरा गरेका छन्।
हजाम,ठाकुर जातिको हक अधिकारको लागी निरन्तर अवाज उठाउने संगठनको रूपमा स्थापित रहेका छन्।
नेपालमा उक्त जातीको इतिहास निकै ठुलो र गर्भाम्बित रहेका देखिन्छ।ठाकुर जाति इमानदार सोझा सिधा र सेवा गर्ने जातिको रूपमा प्रचलित रहेका छन्।हजाम ठाकुर जातिको मुख्य देउता अर्थात कुल देउता बाबा बेरि राम हुन्।बेरि राम ठाकुर जातिका साझा कुल देउता हुन्।
नेपाल नाईं संघका केन्द्रिय अध्यक्ष राजा राम ठाकुरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारको पुर्व रक्षा मन्त्री डा.मिलेन्द्र रिजालले मधेस आन्दोलनमा सहिद भएका
राजेश ठाकुरको तस्बिरमाथी फुल माला अर्पण गरी कार्यक्रमको उदघाटन गरेका थिए।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता खिला नाथ दाहाल, पुष्कर आचार्य,नाईं संघ सिरहाका अध्यक्ष हरेराम ठाकुर लगायतका पदाअधिकारीहरुको उपस्थिति रहेका छन्।
८ औं राष्ट्रिय महादिबेशन सफल पार्न नेपाल ७७ वटा जिल्ला नाईं संघ संग सम्बन्धितहरुको उपस्थित रहेका छन्। कार्यक्रम मा नेपाल बार्बर युनियनको ब्यानर लगाएर कार्यक्रममा प्राथमिकता दिएका थिए।
प्रमुख अतिथि डा.मिलेन्द्र रिजालका अनुसार नेपालका शासनलाई सुशासन बनाउनु पर्नेमा जोड दिएका थिए।जनताको चाहना र सोच अनुसारको शासन भएन।देशमा इमानदारीता छैन जस्तो लाग्यो।नेपालको शासनलाई सुशासन बनाउनु पर्ने र आफ्नो शक्ति र शासनलाई जोगाई राखनु पर्ने सुशासनको एजेन्डाबाट सरकारको एजेन्डा बनाउनु पर्नेमा जोड दिएका थिए।बुधबार आज नयाँ कार्य समितिहरु चयन हुने भएको आयोजक कमिटीका प्रतिनिधि मनोज ठाकुरले बताए।