जनकपुरधाम । जनकपुरधाममा मधेश प्रदेश स्तरीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।
सुरक्षा समितिको बैठकले प्रहरी प्रशासनको व्यवहारमा परिवर्तन ल्याउने मुख्य संकल्प गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।
उनले प्रहरी प्रशासन राष्ट्र र सेवाको निम्ति रहेको मुल्य मान्यतालाई लिएर कार्यपद्धतीमा परिवर्तन ल्याउने, जनताले व्यवहारमा अनुभुत गर्नेगरि व्यवहारमा परिणत गर्ने आजको बैठकमो मुख्य पक्ष रहेको बताए ।
उनका अनुसार सुरक्षा समितिको बैठकमा महिला हिंसा, जातिय छुवाछुत, दलितमाथि विभेद, लागूपदार्थ लगायतको विषयमा छलफल भएको तथा समाजमा हुने अरु अपराधलार्ई गम्भीरता पूर्वक लिन निर्देशन दिइएको हो ।