काठमाडौं । गृहमन्त्रीकाे पदमा रहँदै गर्दा चुनाव हारेका कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाणले हारलाई सहज रूपमा लिएर जनताकाे घरदैलाेमा सक्रिय भएका छन् ।
जनताकाे सुख दुखमा उनी जाेडिरहेका छन् । पछिल्लो समय उनकाे बसाइ काठमाडौं भन्दा ज्यादा गृहजिल्ला रूपन्देहीतिर छ । पदमा हुँदा व्यस्तताका बीच समय निकालेर गाउँलेसँग समय विताउने खाण आजकल राजकीय जिम्मेवारीबाट मुक्त भएपछि गाउँलेकाे सुखदुखमा सरिक भइरहेका हुन् ।
यसैक्रममा गोपाल सेवा समिति र यदुवंशी युवा समाज रुपन्देहीद्धारा राखिएको मकर संक्रान्ति (खिचडी) महोत्सवमा सहभागी भएर खाणले जनतासँगै मनाएका छन् ।
गाउँलेकाे भेषभुषामा सजिएर खाणले मायादेवि गाउँपालिका वडा नं ६ बेथरी तिनाउ माविमा सम्बोधन गरेका छन् । खाणले थारू लवा बर्ष २६४७ औ खिचडी माधी (मकर संक्रान्ति) को सम्पूर्णमा शुभकामना दिएका छन । विविधता नै एकताकाे प्रतीक भएकाे उनकाे भनाइ थियाे ।