काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूहरू पोखरा जाँदा भिडभाड बढी भएर उद्धारमा समस्या होला भनेर पोखरा नजाने निर्णय गरेको बताएका छन् । पोखरामा आज आईतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुस्ख व्यक्त गर्दै गृहमन्त्री लामिछानेले आफूहरू पोखरा जाँदा भिडभाड बढी भएर उद्धारमा समस्या होला भनेर पोखरा नजाने निर्णय गरेको कुरालाई आफ्नो आधिकारीक फेसबुक मार्फत जानकारी गराएका हुन् ।
उनले लेखेका छन्,‘यस अवस्थामा म र सम्माननीय प्रधानमन्त्री ज्यु त्यहाँ पुग्दा उद्धार कार्य झन प्रभावित होला भनेर हामीले अहिले तत्कालका लागि त्यहाँ नजाने निर्णय गरेका छौं ।’ गृहमन्त्री लामिछानेले काठमाण्डौबाटै लिनु पर्ने निर्णय र उद्धार लगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहने पनि उल्लेख गरेका छन् । ‘काठमाण्डौबाट लिनु पर्ने निर्णय र उद्धार लगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहनेगरि जुटिरहेका छौ ।’ उनले लेखेका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लामिछाने लगायतको टोली पोखरा जाने तयारी थियो । तर पोखरा जाने तयारीको अन्तिम समयमा आफूहरूको भ्रमणले भिड बढ्ने जोखिम भएकोले नजाने निर्णय गरेको लामिछानेको फेसबुक स्टेटस्मा लेखिएको छ । शोकको घडीमा भोलीका लागि तय भएका सबै औपचारिक तथा सार्वजनिक कार्यक्रमहरु स्थगित भएको कुरा पनि उनले बताएका छन् ।