सप्तरी : कोरोना संक्रमणले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ ।
बिहान बिहान करीब ५ बजेतिर होम आइसोलेशनमै प्रमुख जिल्ला अधिकारीका भान्से रहेका ५५ वर्षिय कार्यालय सहयोगी जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी मृत्यु भएको बताइएको छ ।
गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले जनाएको छ ।
स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको ठाकुरको भनाई छ । मृतक लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए । यो सँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ । lokpukar