No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शहिदनगरका मेयर बरबरिया र लेखापाल १५ दिनदेखि गायब !


शहिदनगरका मेयर बरबरिया र लेखापाल १५ दिनदेखि गायब !

 धनुषा : धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र लेखापाल लोकबहादुर नेपाली विगत १५ दिनदेखि गायब छन् ।

मेयर बरबरिया र लेखापाल नेपाली कार्यालय आउन छाडेपछि कामकाज प्रभावित बनेको छ । मेयर बरबरियाले कार्यालय कहिलेसम्म नआउने विषयमा प्रमुख प्रशासकिय अधिकृत र उपमेयरलाई समेत जानकारी गराएका छैन ।

स्रोतका अनुसार मेयर बरबरिया काठमाडौंमा छन् भने लेखापाल नेपाली कहाँ गायब छन् भन्ने विषयमा कर्मचारीहरु अनभिज्ञ छन् । अधिकृत धिरेन्द्र कर्णले मेयर बरबरिया कार्यालय किन नआउने गरेको विषयमा जानकारी नभएको बताए । उनले भने, ‘मेयर साहब काठमाडौं गएका जानकारी पाएको छु । तर आधिकारिक जानकारी छैन ।’

यता, उपमेयर शिला कापरले मेयर बरबरिया १५/१६ दिनदेखि कार्यालय नआएको बताइन् । उनले भनिन्, ‘उहाँ (मेयर) काठमाडौं जानुभएको छ । कहिले आउनुहुन्छ भन्ने कुरा थाहा छैन ।’

मेयर कार्यालयमा सात दिनभन्दा बढी अनुपस्थित रहनुपरेमा उपमेयरलाई निमित्तको जिम्मेवारी दिनुपर्ने प्रावधान छ । तर मेयर बरबरियाले उपमेयरलाई निमित्त दिएका छैन । उपमेयर कापरले पनि निमित्तको जिम्मेवारी नदिएको प्रतिक्रिया दिइन् ।

लेखापाल नेपाली पनि अनुपस्थित भएपनि प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराएका छैन । अधिकृत कर्ण भन्छन्, ‘लेखापाल कहाँ छन् मलाई केहि थाहा छैन । अनुपस्थित भएको लामो समय वित्दापनि कुनै जानकारी गराउनुभएको छैन ।’ तर उपमेयर कापरले लेखापाल नेपाली विरामी परेका कारण विदा लिएको बताएकी छन् ।

अधिकृत कर्णले मेयर र लेखापाल अनुपस्थित हुँदा दैनिक कैयौं सेवाग्राही कार्यालयबाट फर्किने गरेको बताए । उनले भने, ‘मालपोत कटाउन र विभिन्न दस्तुर तिर्न आउने सेवाग्राहीहरु फर्किने गरेका छन् ।’ मेयर र लेखापाल कार्यालय नआउँदा बाँकी रहेको असारको योजनाहरु पनि फर्छयोट हुन नसकेको उनको भनाई छ ।

यस्तै वडा नम्बर ३ का अध्यक्ष नागेन्द्र मण्डलले मेयर, उपमेयर र लेखापाल कार्यालय नआउँदा सामाजिक सञ्जाल फेसबुकमै गुनासो गरेका छन् ।

‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर,’ वडाध्यक्ष मण्डलले लेखेका छन्, ‘सन्दर्भ शहिदनगर नगरपालिकाका मेयर, उपमेयर लेखा । जनताको कामकाज छाडेर काठमाडौं गई सरुवा–बढुवामा व्यस्त । हामी जनप्रतिनिधिका काम काज के हो कहिले बुझ्ने कुनी ।’

स्रोतका अनुसार अधिकृत कर्ण र अन्य केहि कर्मचारीसँग कुरा नमिल्दा उनीहरुको सरुवा गराउन मेयर बरबरिया काठमाडौं पुगेका छन् ।

उनी नेकपाबाट निर्वाचित मेयर हुन् । अहिले नेकपाकै नेतृत्वमा संघीय सरकार रहेको छ । सोही कारण मन्त्रीसँग हारगुहार गरी अधिकृत र कर्मचारीको सरुवा गराउन काठमाडौं पुगेका हुन् ।

‘मेयर बरबरियाले गर्न नहुने कामका लागि पनि अधिकृत र कर्मचारीलाई दबाब दिने गर्छन्’, एक कर्मचारीेले भने, ‘तर हामीले गलतको साथ नदिँदा हामीलाई सरुवा गराइदिने धम्की दिनुभएको छ । सरुवा गराउनकै लागि उहाँ काठमाडौं पुग्नुभएको छ ।’

यस विषयमा मेयरसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा हुन सकेन । लेखापाल नेपाली पनि सम्पर्कमा छैन ।todaykhoj

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न सिफारिस

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न सिफारिस

कारागारको नयाँ भवन बनेर संचालनमा आएपनि कैदीबन्दीहरु पुरानै जीर्ण भवनमा बस्न वाध्य

कारागारको नयाँ भवन बनेर संचालनमा आएपनि कैदीबन्दीहरु पुरानै जीर्ण भवनमा बस्न वाध्य

चीनले सीमा नमिचेको सरकारको स्पष्टीकरण हतारमा आयो : कांग्रेस

चीनले सीमा नमिचेको सरकारको स्पष्टीकरण हतारमा आयो : कांग्रेस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...