No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनमा जनआक्रोश दबाउन सामाजिक सञ्जालमा निगरानी

कोभिडले निम्त्याएको अर्को भयावह क्षतिमा नागरिकको बिचल्ली

चीनमा जनआक्रोश दबाउन सामाजिक सञ्जालमा निगरानी

यी सबै कुराबाट पार पाउन असमर्थ चिनिया नेतृत्व अहिले जबरजस्ती सामाजिक सञ्जालमा आलोचना रोक्न लागिपरेको छ । चीनको लोकप्रिय सामाजिक सञ्जाल वेइबोका हजारौँ एकाउन्ट बन्द भएका छन् । यी मध्य धेरै एकाउन्टका लाखौँ फलोअर थिए । वेइबो कम्पनीले कुन पोस्टले त्यहाँको वातावरण खलबलिएको भन्ने जनाएको छैन । परन्तु धेरै जनाको एकाउन्ट भने सरकारकै आदेशले बन्द गरेको छ ।

व्यापक जन आक्रोश बढ्न थाले पछि डिसेम्बर महिनामा जन विद्रोह सहन नसकेको चिनिया सरकारले कोभिड प्रोटोकलमा आफूलाई खुला राखेको थियो । पछिल्लो सरकार चिनिया सरकारको निगरानी कोभिडको समयमा भएको लकडाउन तथा हप्तौँसम्म घरमा आइसोलेसनमा बस्नु परेको अवस्थामा हो ।

कोभिड प्रोटोकलका कारण अस्तव्यस्त चीन अहिले पनि त्यो सबै कुराबाट पार पाउन असमर्थ रहेको छ ।  कोभिड बाहेकको रोगको उपचारमा समस्या आएका कारण धेरैले ज्यान पनि गुमाए ।

वेइवोले नै भने सरकार माथि आक्रामक भएका १३ हजार घटना भएको जानकारी दिएको छ । विज्ञकासाथै सोधकर्ता र स्वास्थ्य कार्यकर्ता माथि आक्रमण भएको हो । १ हजार २ सय एकाउन्ट माथि अस्थायी या स्थायी प्रतिबन्ध लगाइएका छन् । “विवाद बढाउने तथा कुनै व्यक्तिको मान हनन गर्ने गरी भएका ती सबै कुरा स्वीकार्य छैनन्” वेइबोले आफ्नो विज्ञप्तिमा भनेको छ “समुदायमा हिंसा भड्किन सक्ने सम्भावनामा वेइबो सचेत छ ।”

चीनले जिरो कोभिड नीति त्यागेर सामान्य जीवनमा फर्किए यता कोभिड सङ्क्रमणको मार अत्यधिक देखिएको छ र अस्पतालमा चाप पनि त्यत्तिकै छ । डिसेम्बर महिनामा मात्र कोभिडसँग सम्बन्धित २२ मृत्यु भएका छन् । लुनार नयाँ वर्षको ४० दिनको सुरुवाती समय मध्ये चीनले शनिवार पहिलो दिन मनाएको छ । यातायात मन्त्रालयले दिएको जानकारी अनुसार ४० दिनका यात्रुको आवागमनमा ९९ प्रतिशत वृद्धि हुने तथा सन् २०१९ को तुलनामा ७० प्रतिशत ट्रिप हुने अपेक्षा गरिएको छ ।

यसले सङ्क्रमणमा लाई अझ बढी फैलाउने अनुमान गरिएको छ । ग्रामीण भेगमा यो अझ बढी हुन सक्ने छ । त्यहाँ आइसियु बेड र भेन्टिलेटरको अझ बढी समस्या छ । यसरी सङ्क्रमणको जोखिम बढे पनि चीनले आइतबार तीन वर्ष पछि विदेशीलाई आवागमन खुला गरेको छ । चीनमा यसरी आम मानिस प्रति आक्रामक हुनुको कारण अन्य धेरै छन् । जजुन आक्रोश सञ्चार माध्यममा छरपस्ट भएर आएका छन् । सरकारले सार्वजनिक गरेको कोभिडको तथ्याङ्कमा आम मानिसलाई विश्वास छैन ।

चीनले जिरो कोभिड नीति त्यागेर सामान्य जीवनमा फर्किए सङ्क्रमणको मार अत्यधिक देखिएको छ । डिसेम्बर महिनामा मात्र कोभिडसँग सम्बन्धित २२ मृत्यु भएका छन् ।

गत महिना ४० बर्सिया ओपेरा गायिका चुन लानलानको निधन भएको थियो । यसरी युवाकै निधन भए पछि यसले चिनियामा त्रास अझ बढेको हो । सरकारले डिसेम्बर महिनामा २२ जनाको मात्र कोभिडका कारण ज्यान गएको जनाए पनि यसमा प्राय चिनिया नागरिकको स्वीकारोक्ति छैन ।

चीनले अन्य सामान्य श्वास प्रश्वास सम्बन्धी रोगका कारण धेरै मानिसको ज्यान गएको पनि जनाएको छ । यो साता मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चीनले कोभिडको विषयमा चीनले धेरै कुरा लुकाएको जनाएको छ । खासमा कोभिडका कारण निधन भएको सङ्ख्या लुकाइएको जनाइएको छ ।

चु लाननानको मृत्युलाई भने चिनिया साङ्गीतिक क्षेत्रको अपूरणीय क्षतिको रूपमा व्याख्या गरिएको छ । चीनमा पेकिङ ओपेराको रूपमा एउटा शैली छ । यसमा परफर्म गर्नेले वक्तव्य, गीत,नाच र कम्ब्याट गतिविधि गर्छन् । यसले त्यस कथाको वास्तविक सारलाई राम्रोसँग बाहिर ल्याउने गरेका थिए ।

नयाँ वर्षकै दिन अभिनेता जङ्ग जिनटानको निधन भएको थियो । यसले सामाजिक क्षेत्रमा ठुलो आक्रोश पैदा गरेको थियो । ८२ वर्षीय जङ्ग सबै भन्दा लामो टिभी सिरियल इन लजमा आबद्ध भएका कारण धेरै आलोचना भएको थियो । सन् २००० मा यस सिरियल आए यता उनका समर्थकको सङ्ख्या पनि यसै मात्रमा बढेका थिए ।

“हे भगवान् दाइलाई राम्रो होस ।”जाङका सहकर्मी अभिनेता हु यानमानले वेइबोमा लेखेका थिए, “श्रद्धाञ्जली बादसाह जग । तपाइको निधनले हरेकले आफने घरमा रहेका बयोबृद्धको बारे सोच्न बाध्य हुनु परेको छ ।,”

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चीनले कोभिडको विषयमा चीनले धेरै कुरा लुकाएको जनाएको छ । खासमा कोभिडका कारण निधन भएको सङ्ख्या लुकाइएको जनाइएको छ ।

चर्चित पटकथा लेखक नि झेनको पनि मृत्यु भएको छ । सन् १९९१ मा प्रदर्शन भएको रेड लान्टर्नका कारण उनी धेरै चर्चामा थिए । २ जनवरीको दिन अवकाश प्राप्त प्राध्यापक तथा सञ्चार हुमिंगको पनि ज्यान गई सकेको छ ।

चिनिया सञ्चार माध्यमको तथ्यांक अनुसार २१ देखि २६ डिसेम्बरको बिचमा देशको विज्ञान तथा इन्जिनियरिङ प्रतिष्ठानका १६ विज्ञको ज्यान गएको छ । अहिले सामाजिक सञ्जालमा यी सबै समाचारका कारण घरमा वयोवृद्ध सदस्य हुने सबै जना आत्तिएको आशयका विषय प्रकाशित भएका छन् । यसले पनि त्यहाँको सरकारलाई रुष्ट बनाएको छ ।

राष्ट्रपति सी जी पीङले मन्तव्यको क्रममा ठुलो देशमा सामान्य घटना हुनु स्वाभाविक मानिएको बताए पनि उनले भाषण गरे जस्तै सरकारले सामान्य रूपमा लिन सकेको छैन भन्ने उदाहरण धेरै कुराले पुष्टि गरेका छन् ।

डब्लुएचओको पछिल्लो धारणाले चिनियाँ नागरिकलाई अझ धेरै आक्रोशित गराउनु स्वाभाविक थियो । संसारमा चली आएको मान्यता र डब्लुएचओको मूल्य र मान्यता भन्दा पृथक् ढङ्गले चीनले मान्यता र गणनाको शैली राखेको छ । डब्लुएचओले कोरोना सङ्क्रमित भई सके पछि उसको मृत्यु भएमा त्यसलाई कोरोना कारण भएको ठहर गरेको छ । चिनिया सरकारले भने गम्भीर श्वास प्रश्वासको समस्या भए मात्र कोरोनालाई कारण भएको जनाएको छ ।

डब्लूएचओका इमर्जेन्सी निर्देशक डा. माइकल रेनले चीनले संसारलाई ढाटेको आरोप लगाएका छन् । संसारमा कोरोमा महामारी आएदेखि नै चीनले संसारलाई र आफ्नो देशको नागरिकलाई ढाटेका कारण सबै आजित भएका छन् ।

पछिल्लो समय चीनको अन्य देशसँगको सम्बन्ध पनि बिग्रिएको छ । चीनमा कोरोना महामारी बढे पछि १२ भन्दा बढी देशले अहिले चिनियाँ माथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन् । युरोपेली युनियनले गत साता नै चीनबाट आउने नागरिकको अनिवार्य नेगेटिभ पीसीआर रिपोर्ट आवश्यक हुने जनाएको थियो ।

पछिल्लो समय चीनको अन्य देशसँगको सम्बन्ध पनि बिग्रिएको छ । चीनमा कोरोना महामारी बढे पछि १२ भन्दा बढी देशले अहिले चिनियाँ माथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन् ।

सन् २०१९ को डिसेम्बरमा चीनबाट नै कोरोना पहिलो पटक देखिएको थियो । यस पछिको ३ वर्षमा संसारमा धेरै ठुलो क्षति र विध्वंसको सामना गरी सकेको छ । संसारले यसबाट चाँडो बाहिर निस्कन भ्याक्सिनको विकल्प खोजेको थियो । यस प्रतिस्पर्धामा पनि चीनले संसारलाई जित्नकै खातिर चाँडो भ्याक्सिनको निर्माण बनाउने तयारी गरेको थियो । तथापि यसले बनाएको भ्याक्सिनको प्रभावकारिता अमेरिका र अन्य पश्चिमी देशले बनाएको भ्याक्सिनको तुलनामा कम थियो । त्यो पनि अहिले चीनका लागि गम्भीर समस्याको विषय बनेको छ ।

अन्य देश अहिले कोरोना महामारीबाट लगभग बाहिर निस्की सकेका छन् । चीन भने जिरो कोभिड पोलीसीमा लामो समय अल्झिएको थियो । सीले पनि चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनसम्म त्यसै मुद्दालाई आफ्नो आधार पनि बनाए । सीले दाबी गरे जस्तो सधैँ जिरो कोभिड सम्भव पनि थिएन । सहने नसकेर जन विद्रोहपछि गत डिसेम्बरमा कोभिडको नीतिमा रहेको धेरै कडाइहरूलाई खुकुलो बनाएको हो ।

यसपछि अहिले चीनका अस्पतालमा दबाब थेग्न सकेका छैनन् । यस बिचमा राज्यको सम्पूर्ण असफल नीति तथा राज्यको गलत सूचना प्रणालीले फिँजाएको भ्रमलाई जोगाउनकै लागि चिनिया सरकार सामाजिक सञ्जाल प्रति पनि आक्रोशित छ ।

(श्रोत : बीबीसी, न्यु योर्क टाइम्स) खबरहबमा प्रकाशित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
चीन , ताइवान बिच युद्धको अभ्यास

चीन , ताइवान बिच युद्धको अभ्यास

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास प्रारम्भ

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास प्रारम्भ

पाकिस्तानलाई आगामी तीन वर्षमा १६ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक

पाकिस्तानलाई आगामी तीन वर्षमा १६ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .