काठमाडौँ : विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आपत्ति जनाएको छ ।
बुधबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै संघले अविलम्ब निर्वाचन गर्नपनि माग गरेको छ । कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाईएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित् गरेको आरोप लगााउनुभयो । उहाले निर्वाचन स्थगित् गरिएकोमा आफुहरुको घोर आपत्ति रहेको पनि बताउनुभयो । पोखरेलले आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित हुनु ठूलो कुरा नभएपनि यसरी चुनाव स्थगित हुँदै जाँदा भोलि स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन पनि समयमै होला त ? भन्ने प्रश्न उब्जेको बताउनुभयो ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियनका महासचिव सुवोध कुमार देवकोटाले चाँडोभन्दा चाँडो निर्वाचन सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।