• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालगञ्ज-दिल्ली उडान सम्भाव्यता खोज्दै समिति


नेपालगञ्ज-दिल्ली उडान सम्भाव्यता खोज्दै समिति

काठमाडौँ : भारतीय शहरका पर्यटकलाई नेपालगञ्जमार्फत नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा ल्याउनका लागि बाँकेको नेपालगञ्जमा एक समिति गठन भएको छ । नाट्टा बाँके च्याप्टरको पहलमा मंगलबार कोल्टे भान्छाघरमा बसेको भेलाले नेपालगञ्ज उपमहानगरको संयोजकत्वमा नेपालगञ्ज–दिल्ली उडान सम्भाव्यता अध्ययन समिति गठन गरेको हो ।

समितिले भारतका दिल्ली, चण्डीगढ र देहरादुन शहरमा उडान भर्नका लागि आवश्यक पहल, सम्भाव्यता अध्ययन, नेपाल तथा भारतीय सरोकारवालाको ध्यानाकर्षण गर्नेदेखि सम्भावित पर्यटकीय फाइदाका विषयमा बृह्त छलफल गर्ने समितिका सहसंयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

उनका अनुसार समितिको संयोजकत्व नेपालगञ्ज उमहानगरका मेयर अथवा उपमेयरले गर्नेछन् । समितिको सहसंयोजकमा नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देल छन् । यस्तै हान बाँके, पर्यटन प्रवद्र्धन मञ्च, होटल व्यवसायी संघ बाँके, नेपालगञ्ज उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श लगायत संस्थाबाट पदेन सदस्य रहनेछन् ।

उल्लेखित संस्थाले केही दिनमै सदस्यहरुको टुंगो लगाउने पनि नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले बताए । समितिले रारा, कैलाश मानसरोवसर, खप्तड लगायतका पर्यटकीय क्षेत्रमा आउन चाहने पर्यटकका लागि सिधा हवाई रुट उपलब्ध हुने गरि नेपालगञ्ज–दिल्ली उडानको सम्भाव्यता अध्ययन गर्नेछ ।

अहिले मानसरोवर र पश्चिमका पर्यटकीय गन्तव्य पुग्न दिल्लीबाट काठमाडौँ आएपछि मात्रै पश्चिम नेपालको उडान भर्नुपर्ने बाध्यता छ । जसकारण पश्चिम नेपालका पर्यटकीय गन्तव्यसमेत ओझेलमा परिरहेका छन् । समितिको सदस्यमा नेपालगञ्जका पत्रकार झलक गैरे र पर्यटन उद्यमी ओम मिश्र छन् । बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश र संघीय सांसद समितिको सल्लाहकारमा राखिएको छ ।

नेपालगञ्जमा छिट्टै औपचारिक बृह्त भेला बोलाएर समितिलाई मूर्त रुप दिइने पनि सहसंयोजक सिग्देलले जानकारी दिएका छन् । पछिल्लो समय बुद्ध एयरले बनारस–पोखरा उडान भर्ने तयारी गरिरहेको छ । बुद्धले नेपाल र भारतका अरु शहरमा पनि सिधा हवाई उडानको प्रयास गरिरहेको छ । यसै सन्दर्भमा नेपालगञ्जका पर्यटन व्यवसायी पनि नेपालगञ्ज–दिल्ली उडानको सम्भाव्यता खोज्न तम्सिएका हुन् ।

यसअघि नाट्टा बाँके च्याप्टरको विशेष पहल तथा अग्रसरताले नेपालगञ्ज–पोखरा उडान सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गृहमन्त्री लामिछानेले ब्युँताए निर्मला हत्या प्रकरण, डीआईजीको नेतृत्वमा समिति गठन
  • २०७९ पुष १३, बुधबार १६:५७
  • In "समाज"
  • नेपालगञ्जका इलेक्ट्रिसियनलाई विद्युतीय आगलागी न्यूनीकरण सम्बन्धि तालिम
  • २०७९ पुष १३, बुधबार १६:५७
  • In "BannerNews"
  • बैंक ब्याजदरको बृद्धि ऋण प्रवाहमा भएको समस्याको अन्त्य गर्न ठोस कदम चालिन्छ : रौनियार
  • २०७९ पुष १३, बुधबार १६:५७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

गृहमन्त्री रवि लामिछानेको योग्यता सम्बन्धमा पुस २२ गते सुनुवाइ

चिनियाँ सरकारले फाइजरको खोप लगाउने अभियान चाँडै सुरु गर्ने

चीनले कांग्रेसकाे सरकारमा गरेकाे नाकाबन्दी , कम्युनिष्ट प्रधानमन्त्री भएसँगै खोल्यो रसुवागढी नाका

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version