• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालगञ्जका इलेक्ट्रिसियनलाई विद्युतीय आगलागी न्यूनीकरण सम्बन्धि तालिम


नेपालगञ्जका इलेक्ट्रिसियनलाई विद्युतीय आगलागी न्यूनीकरण सम्बन्धि तालिम

नेपालगञ्जका इलेक्ट्रिसियनहरुलाई विद्युतीय आगलागी न्यूनीकरण र सुरक्षा सम्बन्धि तालिम दिइएको छ । तीन दिने तालिममा विद्युतीय आगलागीको बढ्दो जोखिमलाई कम गर्न अपनाउनुपर्ने पूर्व सावधानीका बिषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत ‘स्थानीय विद्युतकर्मी तथा विक्रेताका लागि विद्युतजन्य विपद सुरक्षा तालिम’ आयोजना गरिएको हो । नेपालगञ्ज क्षेत्रमा भएका अधिकांश आगलागीका घटना विद्युतकै कारण भएकाले त्यसको न्यूनीकरणका लागि इलेक्ट्रिसियन र विद्युतीय सामग्री विक्रेताहरुलाई तालिम दिइएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

भेरी प्राविधिक शिक्षालयमा कार्यरत इलेक्ट्रिकल इन्जिनियर सन्दिप डुम्रे मुख्य प्रशिक्षक रहेको तालिममा वाइरिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु, सामानको गुणस्तर पहिचान, वाइरिङ गर्दा थाहा पाउनै पर्ने सैद्धान्तिक र प्राविधिक ज्ञान, विद्युतीय सामग्रीहरु सुरक्षित राख्न जडान गर्नैपर्ने नयाँ नयाँ उपकरण, विद्युतीय सचेतना लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा भेरी प्राविधिक शिक्षालयका प्रेम शेर्पा र नेपाल विद्युत प्राधिकरणका हिरामणि घर्ती मगरले पनि सहजीकरण गरेका थिए ।

तीन दिने तालिमको आज समापन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सदरलाइन शाखाका सभापति ओमप्रकाश आजादको सभापतित्वमा भएको समापन कार्यक्रममा तालिममा सहभागी २५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले कम गुणस्तरका सामग्रीहरुको प्रयोगले दुर्घटना निम्तिन्छ भन्ने तथ्यलाई ध्यानमा राखेर सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले जोखिम न्यूनीकरणका लागि प्रभावकारी अनुगमन संयन्त्र पनि आवश्यक देखिएको बताए । पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनौजियाले गुणस्तरीय र व्यवस्थित वाइरिङ अनिवार्य शर्त भएको बताए ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आगलागी सहरी क्षेत्रको प्रमुख विपतका रुपमा रहेकाले यसको न्यूनीकरणका लागि घरधनी स्वयम् र विद्युतकर्मीहरुले विशेष ध्यान दिनुपर्ने बताए । इलेक्ट्रिसियन एसोसियसन नेपालगञ्जका अध्यक्ष दिपक खनालले आफूहरुले लामो समयदेखि वाइरिङ गर्दै आइरहेको भएपनि धेरैजसो विषयहरुमा सैद्धान्तिक ज्ञान नभएको अवस्थामा तालिम निकै फलदायी भएको बताए ।

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका विपत समिति संयोजक समिरप्रताप सिंह, रेडक्रसकी निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अपराधी खोज्ने कुकुर
  • २०७९ पुष ६, बुधबार ११:०४
  • In "जीवनशैली"
  • नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै
  • २०७९ पुष ६, बुधबार ११:०४
  • In "BannerNews"
  • दार्चुलामा खसेको भारतीय बेलुन मौसम बिभागको !
  • २०७९ पुष ६, बुधबार ११:०४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

डुडुवाद्वारा नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतरुपमा पारित

युक्रेनका राष्ट्रपति जेलेन्स्की आज अमेरिका भ्रमणमा

चीनको स्वास्थ्य संयन्त्र जोखिममा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version