No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मन्त्रिपरिषद्को पहिलो बैठकमै प्रचण्ड–रविबीच ठाकठुक

मन्त्रिपरिषद्को पहिलो बैठकमै प्रचण्ड–रविबीच ठाकठुक

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पदवहाली गरेलगत्तै मन्त्रिपरिषद्को बैठक आव्हान गरे। आफ्ना मन्त्रालयमा पदवहाली गरेपछि तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने मन्त्रिपरिषद् बैठकमा भाग लिन प्रधानमन्त्री कार्यालय पुगे।

मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी रहेका मन्त्रीहरु समेत मन्त्रिपरिषद्को बैठकमा सहभागी थिए। प्रधानमन्त्री भएपछि प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएका हुन्। बैठक सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तत्कालका लागि सरकारको प्रवक्ता बन्न भनेका थिए। अन्य मन्त्रीहरुले पनि प्रचण्डको प्रस्तावलाई सहजै स्वीकारे। तर गृहमन्त्री लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ।

बैठकमा केही असहजता देखिएको थियो। प्रधानमन्त्री प्रचण्डले दिन लागेको जिम्मेवारी रविले स्वीकार गरेनन्। ‘प्रधानमन्त्रीज्यूले यो मैले गरेको निर्णय हो,  सूचना र सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्म तत्कालका लागि रविजीले सरकारको प्रवक्ता बनिदिनुहोस् भन्नु भएको थियो, तर गृहमन्त्रीज्यूले मान्नु भएन।’,बैठकमा सहभागी एक मन्त्रीले अन्नपूर्णलाई बताए।

‘प्रधानमन्त्रीज्यूले केही असहज मान्नु भयो’, उनले भने।  केहीबेरको सवाल–जवाफपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मा दिएका हुन्। उपप्रधानमन्त्री पौडेलले प्रधानमन्त्रीको प्रस्ताव सहजै स्विकारे पनि। गृहमन्त्रीको जिम्मेवारी सम्हादै गर्दा लामिछानेले आफू मन्त्रिपरिषद्‍मा समेत प्रतिपक्षको रुपमा आवाज उठाउने भनेका थिए।

सरकार बाहिर हुँदा नै प्रचण्ड र रविको सम्बन्ध सुमधुर छैन। एकले अर्काको कडा आलोचना गर्दै आएका छन्। हाल रविको नागरिकता विवाद सर्वोच्च अदालतमा विचाराधिन छ। नागरिकताको विषयलाई लिएर विवादमा आएका व्यक्तिलाई गृहमन्त्रालयको जिम्मेवारी दिएपछि प्रधानमन्त्री लगायत गठबन्धनका नेताहरुको समेत विरोध भएको छ।

गृह मन्त्रालयमा बहाली हुँदै गर्दा संचारकर्मीहरुले रविलाई नागरिकता विवादबारे प्रश्न गरे। तर उनले अदालतमा मुद्दा चलिरहेको भन्दै केही प्रतिक्रिया नदिई उम्किए। नागरिकता विवादबारे आफूमाथि तेर्सिने प्रश्नहरुको सामना गर्नुपर्ने भयले रविले सरकारको प्रवक्ता हुन अस्विकार गरेको स्रोतले बताएको छ। पदबहाली गर्नेक्रममा रविले एजेण्डाअनुसार आफू सरकारभित्र पनि प्रतिपक्ष बन्ने सार्वजनिक गरेका थिए। अन्नपूर्णपोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post
नेपालमा कम्युनिस्ट सरकार आउने बित्तिकै चिनियाँ टोलि नेपाल आयो

नेपालमा कम्युनिस्ट सरकार आउने बित्तिकै चिनियाँ टोलि नेपाल आयो

गोलबजारबाट अबैध लागुऔषध ब्राउन सुगर सहित चार जना पक्राउ

गोलबजारबाट अबैध लागुऔषध ब्राउन सुगर सहित चार जना पक्राउ

आतङ्कवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिए, १७ घाइते

आतङ्कवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिए, १७ घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .