• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान पोखरा–वनारस रुटमा


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान पोखरा–वनारस रुटमा

अंग्रेजी नयाँवर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरादेखि भारतको वनारससम्म हुने भएको छ। निजी क्षेत्रको अग्रणी हवाई कम्पनि बुद्ध एयरले पोखरा–वनारस रुटमा पहिलो उडान भर्ने तयारी गरेको छ।

हवाई सेवा क्षेत्रको नियामक निकाय नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरा–वनारस रुटमा हुने बताएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पोखरा–वनारस रुटमा बुद्ध एयरको पहिलो उडान हुने बताए। उनका अनुसार जनवरी १ मा बुद्ध एयरको पोखरा–वनारस रुटको उडानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरुवात अन्तर्राष्ट्रिय उडानबाटै हुनेछ,’ भुलले भने, ‘त्यसबाहेक आन्तरिक उडान पनि त्यही दिनदेखि हुनेछन्।’

उनका अनुसार पोखरा–वनारस रुटमा उडान भर्नका लागि बुद्ध एयरले प्राधिकरणमा निवेदन पनि दिईसकेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको सुरुवात अन्तर्राष्ट्रिय उडानबाटै हुनुपर्ने पोखरेलीले समेत यसअघि माग गर्दै आएका थिए। पोखराबारे सकारात्मक सन्देश फैलाउनका लागि अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको पोखरेलीको भनाई थियो।

सूचना अधिकारी भुलका अनुसार तत्कालका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि दिउँसोको समयमा मात्र उडान संचालन हुनेछ। क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण)को अन्तिम रिपोर्ट नआइसकेको र केही तयारी नपुगेकोले अहिले नै रात्रीकालिन उडान भने हुने छैनन्। बढिमा एकमहिनापछि मात्र रात्रीकालिन उडान सुरु हुने उनले बताए।

उनका अनुसार सुरुवाती चरणका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजुअल फ्लाइट रुल्स (भिएफआर) अनुसार नै उडान र अवतरण हुनेछ। इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर)का लागि भने एकमहिना जति लाग्ने उनले बताए। पोखराको हालको चालु विमानस्थलबाट पनि भिएफआर प्रविधिमा उडान र अवतरण हुन्छ। भिएफआरमा ५ किलोमिटर दुरीको ग्राउन्ड भिजिविलिटी हुनुपर्छ।

उनका अनुसार सुरुवाती चरणका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजुअल फ्लाइट रुल्स (भिएफआर) अनुसार नै उडान र अवतरण हुनेछ। इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर)का लागि भने एकमहिना जति लाग्ने उनले बताए। पोखराको हालको चालु विमानस्थलबाट पनि भिएफआर प्रविधिमा उडान र अवतरण हुन्छ। भिएफआरमा ५ किलोमिटर दुरीको ग्राउन्ड भिजिविलिटी हुनुपर्छ।

हवाई उडड्यन क्षेत्रका पदाधिकारीका अनुसार विमानस्थलमा सामान्यतया दुई नियम अनुसार उडान र अवतरण गराइन्छ। एउटा भिजुअल फ्लाइट रुल (भीएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) हुन्छ। सामान्य अवस्थामा भीएफआरबाट उडान–अवतरण गरिन्छ। यस नियम अनुसार भिजिबिलिटी ५ किलोमिटर आवश्यक पर्छ। यो नियमअनुसार जहाजको उडान–अवतरण छिटो हुन्छ। किनकि यसमा जहाजको ककपिटमा बसेका पाइलटले आफैले हेरेर कन्ट्रोल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन्।  तर, मौसम बिग्रदा भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआरबाट उडान गर्छन। आएएफआरबाट उडान र अवतरण गर्दा प्रविधिको उपयोग हुन्छ।

‘अन्तर्राष्ट्रिय विमानस्थल भएपनि अझै केही समय भिएफआरबाटै उडान र अवतरण गराइन्छ। एकमहिनापछि बल्ल आइएफआरबाट संचालन हुनेछन,’ भुलले भने, ‘क्यालिब्रेसन फ्लाईटको अन्तिम रिपोर्ट पनि नआएको, तर, विमानस्थल उद्घाटनको दिन तोकिएकोले पनि भिएफआरबाट उडान र अवरतणबाट सुरु गराइनेछ।’

भिएफआरबाट उडान र अवतरण गराउँदा दिउँसोको समयमा मात्र विमानस्थल संचालनमा आउनेछ। आइएफआरमा पनि भिजिविलिटी आवश्यक पर्ने तर, रातीको समयमा पनि प्रविधिको प्रयोगले उडान र अवतरण गराउन सकिने प्राविधिकहरु बताउँछन्। भुलले जनवरी १ देखि नै पोखराका आन्तरिक उडान सबै अन्तर्राष्ट्रिय विमानस्थलबाटै संचालन गरिने पनि जानकारी दिए।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले पनि पोखराबाट पहिलो उडान भारतको वनारस गर्न थालेको जानकारी दिए। उनका अनुसार जनवरी १ मा पोखरा–वनारस उडान गर्नका लागि बुद्ध एयरले सबै तयारी गरेको छ। रुट अनुमतिका लागि पनि प्रक्रिया अघि बढाइएको छ। ‘हामीले आवश्यक प्रक्रिया अघि बढाईसकेका छौ। सबै तयारी पनि गरेका छौ। पोखरा–वनारस हाम्रो पहिलो लक्ष्य हो,’ कर्णले भने, ‘सबैतिरबाट अनुमति पाइयो भने हामीले जनवरी १ मै पहिलो उडान पोखरा–वनारस गर्नेछौ। हामीले त्यसका लागि आवेदन पनि दिईसकेका छौं।’

पोखरेलीले पनि पहिलो उडान अन्तर्राष्ट्रिय रुटमा हुँदा त्यसको सन्देश पनि सकारात्मक पुग्ने बताएका छन। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको माग बमोजिम नै पहिलो उडान अन्तर्राष्ट्रिय रुटमा हुन थालेको बताए। ‘हामीले तेश्रो मुलुक खोजेका होईनौ, कम्तिमा भारतीय सहरसम्म पोखराले सिधा हवाई रुटमार्फत जोड्न सकेमा त्यसले पर्यटनमा सकारात्मक प्रभाव पार्छ,’ श्रेष्ठले भने, ‘पर्यटन व्यवसायीका लागि पोखरा–वनारसको पहिलो उडान प्रतिक्षाको विषय बनेको छ। पोखराले चाहे अनुसार पहिलो उडान नै अन्तर्राष्ट्रिय हुनु सुखद् हो’

विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। जनवरी १ तारिखमा विमानस्थल उद्घाटन गर्नका लागि प्रधानमन्त्री देउवा सहित राजनीतिक दलका शीर्ष नेता पोखरा आउने भएका छन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनवरी १ का दिन विमानस्थल उद्घाटन गर्नका लागि तयारी अघि बढिरहेको बताएको छ। नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि
  • २०७९ पुष ५, मंगलवार ११:५३
  • In "BannerNews"
  • भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा जहाज ल्याण्ड हुन सकेन, भारत र चीनमा डाइभर्ट
  • २०७९ पुष ५, मंगलवार ११:५३
  • In "BannerNews"
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने
  • २०७९ पुष ५, मंगलवार ११:५३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

Next Post

ताइवानमा न्यून जन्मदरका कारण सैन्य भर्तीमै समस्या

आवास क्षेत्रको मन्दीले चीनमा थपियो आर्थिक समस्या : रिपोर्ट

गणतन्त्रवादी सांसदलाई राजतन्त्रवादी नेताले खुवाउने भए सपथ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version