• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ताइवानमा न्यून जन्मदरका कारण सैन्य भर्तीमै समस्या

चीनको आक्रमणको त्रास बढ्दै गएको समयमा ताइवानले भर्तीयोग्य युवाको संख्यामा कमी साक्षात्कार गरेको छ  


ताइवानमा न्यून जन्मदरका कारण सैन्य भर्तीमै समस्या

ताइवान अहिले आफ्नो रक्षा योजनामा एउटा गम्भीर छिद्रको साक्षात्कार गरिरहेको छ र त्यो लगातार फराकिलो हुँदै छ । यो समस्या सैन्य बजेटमा वृद्धि वा थप हतियार खरिदबाट समाधान गर्न सकिने समस्या होइन । दुई करोड ३५ लाख जनसंख्या भएको ताइवानले आफ्नो सैन्य लक्ष्य पूरा गर्न पर्याप्त सैनिक भर्तीका लागि युवाहरूको बढ्दो अभावको सामना गर्न थालेको छ । ताइवानको गृह मन्त्रालयका अनुसार यो समस्याको मूल कारण नै यहाँको न्यून जन्मदर हो ।

ताइवानको गृह मन्त्रालयले पहिलोपटक सन् २०२० मा जनसंख्या घट्न थालेको चेतावनी दिएको थियो । जनसंख्यामा आएको कमीलाई मध्यनजर गर्दै उसले सन् २०२२ को सैन्य भर्ती दशककै न्यून हुन सक्ने र युवाको संख्यामा निरन्तर गिरावटले भविष्यमा गम्भीर चुनौती खडा गर्न सक्ने पनि चेतावनी दिएको थियो ।

चीनको कुनै पनि सम्भावित आक्रमणलाई रोक्न आफ्नो सेनालाई बलियो बनाउने प्रयास गरिरहेको ताइवानका लागि यो राम्रो खबर होइन । चिनियाँ सत्तारूढ कम्युनिस्ट पार्टीले ताइवानलाई आवश्यक परे बल प्रयोग गरेरै भए पनि मुख्य भूमिसँग एकीकरण गराइछाड्ने दृढता व्यक्त गरिरहेको सन्दर्भमा न्यून जन्मदर ताइवानका लागि थप समस्या बनेको छ ।

ताइवानको राष्ट्रिय विकास परिषद्को नयाँ प्रतिवेदनले सन् २०३५ मा भर्तीयोग्य जनसंख्या सन् २०२१ को भन्दा २० हजार कम हुने प्रक्षेपण गरेको छ । ताइवानको सबैभन्दा कम जन्मदर दर्ज भएको सन् २०२१ मा एक लाख ५३ हजार आठ सय २० बच्चा जन्मिएका थिए । सन् २०३५ सम्ममा ताइवानले विश्वकै कम जन्मदरको दक्षिण कोरियाको कीर्तिमानीलाई उछिन्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

न्यून जन्मदरको प्रक्षेपणले नागरिकले दिनुपर्ने अनिवार्य सैन्य सेवाको अवधि बढाउने बहसलाई बढाएको छ । ताइवानमा सम्पूर्ण योग्य पुरुषले जगेडा सैनिकका रूपमा चार महिनाको सैन्य तालिम पूरा गर्छन् । अहिले ताइवानसँग व्यावसायिक सेनाको संख्या एक लाख ६२ हजार छ । प्रतिवेदनअनुसार यो रक्षा मन्त्रालयले अपेक्षा गरेभन्दा सात हजार कम हो ।

न्यून जन्मदरको प्रक्षेपणले नागरिकले दिनुपर्ने अनिवार्य सैन्य सेवाको अवधि बढाउने बहसलाई बढाएको छ । ताइवानमा सम्पूर्ण योग्य पुरुषले जगेडा सैनिकका रूपमा चार महिनाको सैन्य तालिम पूरा गर्छन् । अहिले ताइवानसँग व्यावसायिक सेनाको संख्या एक लाख ६२ हजार छ । प्रतिवेदनअनुसार यो रक्षा मन्त्रालयले अपेक्षा गरेभन्दा सात हजार कम हो ।

सन् २०१८ यता ताइवान अनिवार्य सैन्य सेवा अवधि र भर्ती संख्या दुवै कटौतीको प्रयासमा थियो । यसर्थ, अनिवार्य सैन्य सेवाको अवधिमा परिवर्तन ताइवानको ठूलो युटर्न हुनेछ । बुधबार रक्षामन्त्री चियु कुओ–चेङले यसबारेका योजना केही दिनमै सार्वजनिक गरिने बताएका छन् । ताइवानिज पब्लिक ओपिनियन फाउन्डेसनले गत मार्चमा गरेको एउटा सर्वेक्षणमा अधिकांश ताइवानीले सेवा अवधि बढाउने प्रस्तावमा सहमति जनाएका थिए । सहभागीमध्ये ७६ प्रतिशतले अनिवार्य सैन्य सेवाको अवधि एक वर्ष बढाउनु उचित हुने बताएका थिए भने १७ प्रतिशतले वृद्धिको विरोध गरेका थिए ।

ताइवानको इन्स्टिच्युट फर नेसनल डिफेन्स एन्ड सेक्युरिटी रिसर्चका निर्देशक सु जु–युन सन् २०१६ अघिसम्म सेनामा (व्यावसायिक वा जगेडाका रूपमा) भर्तीयोग्य युवाहरूको संख्या करिब एक लाख १० हजार हुने गथ्र्याे । त्यसयता यो संख्या हरेक वर्ष घट्दै गएको छ । सन् २०२५ सम्ममा यो संख्या घटेर ७४ हजारभन्दा कम हुने उनको भनाइ छ ।

उनका अनुसार अर्काे दशकसम्ममा ताइवानी सैन्य भर्तीका लागि उपलब्ध युवाहरूको संख्या एकतिहाइले घट्न सक्छ । ‘यो हाम्रा लागि राष्ट्रिय सुरक्षाकै विषय हो’, उनी भन्छन्, ‘भर्नायोग्य युवाको संख्या घट्दो छ । हामी चीनबाट बढ्दो रूपमा खतराको सामना गरिरहेका छौँ । त्यसैले, अहिले हामीलाई थप हातहतियार र सैन्यबल चाहिएको छ ।’

समस्या भर्तीमा मात्र होइन
घट्दो जन्मदरले सैन्य भर्तीमा मात्रै अभाव सिर्जना गरेको छैन । युवा जनसंख्यामा गिरावटले यो टापुको रक्षाको मुख्य स्तम्भका रूपमा रहेको ताइवानको अर्थव्यवस्थाको दीर्घकालीन प्रदर्शनलाई समेत खतरामा पार्न सक्छ । लन्डन आधारित सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्चका अनुसार ताइवान विश्वको २१औँ ठूलो अर्थतन्त्र हो । ताइवानको जिडिपी गत वर्ष ६ खर्ब ६८ अर्ब ५१ करोड डलर थियो । ताइवानको अर्थतन्त्रमा सेमिकन्डक्टर आपूर्तिको भूमिका मुख्य छ । ताइवानी सेमिकन्डक्टर ज्वायन्ट टिएसएमसी विश्व अर्थतन्त्रका साथै चीनसमेतका लागि उत्तिकै मूल्यवान् मानिन्छ । टिएसएमसीलाई बेइजिङको सम्भावित आक्रमणविरुद्ध सिलिकन सिल्ड (रक्षाकवच)का रूपमा लिने गरिन्छ ।

यसका कारण ताइवानलाई पश्चिमको निकै ठूलो साथ र भरोसा मिलेको छ । ली जनसंख्याको स्तर कुल गार्हस्थ्य उत्पादनसँग घनिष्ठ रूपले गाँसिएको हुन्छ भन्छन् । जनसंख्या दुई लाखले घट्दा जिडिपीमा ०.४ प्रतिशले गिरावट आउन सक्ने उनको बुझाइ छ । ताइवान सरकारले नागरिकहरूलाई धेरै बच्चा जन्माउन प्रेरित गर्न थुप्रै उपाय लगाइरहेको छ, तर सफलता अपेक्षित छैन । उसले अविभावकलाई पहिलो बच्चाका निम्ति मासिक १६१ डलर भत्ता दिन्छ भने प्रत्येक थप बच्चाका लागि भत्ता बढाउँदै लग्ने विधि अपनाएको छ । गत वर्षदेखि गर्भवती महिलाले प्रसूति जाँचका लागि थप सात दिन बिदा पाउन थालेका छन् । सैन्यबाहेकका क्षेत्रमा श्रम आपूर्तिका निम्ति आप्रवासी कामदारलाई प्रोत्साहन गरिरहेको छ । गत वर्ष ताइवानमा आप्रवासी कामदारको संख्या ६ लाख ७० हजार थियो ।

के यो ताइवानकै मात्र समस्या हो ? 
ताइवानको न्यून जन्मदर जनसंख्यालाई स्थिर राख्न चाहिने २.१ को दरभन्दा निकै कम अर्थात् ०.९८ छ । यद्यपि, यो दक्षिण कोरियाको जति न्यून पनि होइन । आफ्नै पूर्ववर्ती कीर्तिमानी तोड्दै दक्षिण कोरियाको औसत प्रजननदर नोभेम्बरबाट ०.७९ मा झरेको छ । जापानको ताइवानको भन्दा केही बढी १.३ र चीनको १.१५ रहेको छ ।

तर, ताइवानको आकार र चुनौतीका हिसाबले यो दर उसका लागि निकै गम्भीर सैन्य समस्याका रूपमा देखा पर्न थालेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले अगस्टमा ताइवान भ्रमण गरेपछि चीन थप आक्रामक भएको छ । उनको भ्रमण लगत्तै चीनले यो टापुलाई घेर्दै अभूतपूर्व सैन्य अभ्यास नै गरेको थियो । अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनमा राष्ट्रपति सी जिनपिङले एकीकरण अनिवार्य भएको र यसका लागि सबै विकल्प खुला राखेको बताए । त्यसयता चिनियाँ सैन्य विमानहरूले ताइवानको हवाई क्षेत्र अतिक्रमण गर्ने क्रम निकै बढेको छ । ताइवानी वायुसेनाका पूर्वउपकमान्डर चाङ यान–तिङ अभूतपूर्व खतराको सामना गरिरहेको समयमा झर्दाे जन्मदरले परिस्थितिलाई थप गम्भीर बनाएकोे बताउँछन् ।

– सिएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एक महिनामा ताइवानमा ४४६ हवाई सैन्य विमानको घुसपैठ
  • २०७९ पुष ५, मंगलवार ११:५६
  • In "अन्तराष्ट्रिय"
  • चीन र ताइवानबीच पुन: सीमा विवाद
  • २०७९ पुष ५, मंगलवार ११:५६
  • In "BannerNews"
  • न्यून जन्मदरलाई उल्टाउने चीनको प्रयास चुनौतीहरूको सामना गर्दै
  • २०७९ पुष ५, मंगलवार ११:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

आवास क्षेत्रको मन्दीले चीनमा थपियो आर्थिक समस्या : रिपोर्ट

गणतन्त्रवादी सांसदलाई राजतन्त्रवादी नेताले खुवाउने भए सपथ

चीनमा कोभिडबाट अझै १० लाखको मृत्यु हुने अध्ययनको निष्कर्ष

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version