• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संसदीय दलमा शेखर-गगनको टकराब


संसदीय दलमा शेखर-गगनको टकराब

दुई महिनाअघि नै दलको नेतामा उम्मेवारी दिने घोषणा गरेका थापालाई अन्तिम घडीमा आफ्नै नेता समूहका नेता शेखर कोइरालाले ‘ब्रेक’ लगाउन खोजेका छन्
सहमहामन्त्री बद्री पाण्डे र नेता चन्द्र भण्डारी अन्तिम आवस्थासम्म संस्थापनइतर पक्षबाट एउटै उम्मेदवार हुनेमा आशावादी छन् तर विश्वस्त छैनन्
काठमाडौँ — कांग्रेस संसदीय दलको नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प खोज्न महामन्त्री गगन थापाको कसरत जारी रहे पनि उनी आफ्नै समूहबाट सर्वसम्मत उम्मेदवार बन्न सकेका छैनन् ।

दुई महिनाअघि नै दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थापालाई अन्तिम घडीमा आफ्नै समूहका नेता शेखर कोइरालाले ‘ब्रेक’ लगाउन खोजेका छन् । दलको नेता चयनका लागि बुधबार बिहान मतदान हुँदै छ भने मंगलबार मनोनयनको कार्यक्रम छ । मनोनयन गर्नुअघिसम्म शेखर र गगनमध्ये एकलाई सर्वसम्मत उम्मेदवार बनाउने कसरत भइरहे पनि एक वर्षअघि सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा देखिएकै प्रवृत्ति दोहोरिने संकेत देखिन थालेको छ ।

महाधिवेशनको एक वर्षपछि बुधबार हुन लागेको संसदीय दलको चुनावमा उम्मेदवार बन्न आफ्नै समूहभित्र शेखर र गगनबीच खिचातानी बढिरहेको छ । यसले पुरानै नियति दोहोरिने चिन्ता यो समूहका नेताहरूमा छ । शेखरले महाधिवेशनका बेला आफू प्रधानमन्त्रीका लागि नभएर सभापतिको प्रतिस्पर्धामा मात्रै अघि सर्ने बताएका थिए । सभापतिमा पनि ‘एक पटक, यसै पटक’ उनको नारा थियो । १५ औं महाधिवेशनमा नेतृत्वमा युवालाई अघि बढाउने आकर्षक मुद्दा अघि सारेकाले १४ औं महाधिवेशनमा थापा शेखरकै प्यानलबाट महामन्त्री बनेका थिए । ‘दुई जना नमिल्दा हामी अझै कमजोर हुने हो,’ संस्थापनइतर पक्षका नेता सञ्जय गौतमले भने, ‘महाधिवेशनमै ठूलो शक्ति गुमाएका छौं । यस पटक फेरि मिल्न सकेनौं भने पार्टीको विपक्षी मोर्चा कमजोर बन्नेछ, त्यसैले हाम्रो जोड सर्वसम्मत उम्मेदवार बनाउनेमै छ ।’

१३ औं महाधिवेशनबाट सभापति चुनिएको सय दिन पनि नपुग्दै देउवाको कार्यशैली र भूमिकाको विरोध गरेर पाँच वर्षसम्म नेतृत्व परिवर्तनको चर्को मुद्दा उठाउने नेताहरू नै १४ औं महाधिवेशनमा आफैं बदलिन पुगेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेलले देउवाको विकल्प खोज्ने सवालमा सबैभन्दा अग्रमोर्चामा आफूलाई उभ्याएका थिए तर महाधिवेशनमा आफूलाई सहयोग नगरेपछि उनी तटस्थ बसिदिए । उनले महाधिवेशनमा भोटसमेत हालेनन्, जसको लाभ देउवालाई मिल्यो ।
नेतृत्व परिवर्तनका लागि चर्को मुद्दा उठाउने अर्का नेता हुन्– पूर्वमहामन्त्री प्रकाशमान सिंह । देउवासँगै महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा पनि गरे । सभापतिमा पाँच जनाबीचको प्रतिस्पर्धामा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि भएको दोस्रो चरणको निर्वाचनमा सिंहले देउवालाई साथ दिए । दोस्रो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।

देउवाकै टिमबाट विद्रोह गरेर नेतृत्व परिवर्तन गर्न पूर्वउपसभापति विमलेन्द्र निधि पनि अघि सरे । चुनावमा प्रतिस्पर्धा गरे । सिंहले जस्तै उनले पनि दोस्रो चरणमा देउवालाई साथ दिए । आफ्नै दाइ शेखरको पक्षमा शशांकसमेत उभिएनन् । युवा नेता प्रदीप पौडेल देउवा प्यानलबाटै महामन्त्रीका प्रतिस्पर्धी बने । चुनावमा नेतृत्व परिवर्तनको चर्को मुद्दा उठाएका पौडेल पनि देउवाकै पक्षमा उभिने संकेत गरेका छन् ।

संसदीय दलको अंकगणित देउवाको पक्षमै देखिन्छ । शेखर र गगन मिल्दा संस्थापनइतर पक्षमा ३२ सांसद छन् । केहीलाई प्रभावमा पार्न सक्ने पौडेल, सिंह, कोइराला, निधि सबै देउवाकै पक्षमा लाग्ने सम्भावना छ । निधिबाहेकका नेता पहिला संस्थापनइतर खेमाकै हुन् । महाधिवेशनदेखि नै उनीहरूको भूमिका बदलिएको हो । निधिले सार्वजनिक रूपमा देउवालाई दलको नेता बनाउन जोड दिँदै आएका छन् । पौडेलले आफूले कुनै निर्णय लिइनसकेको र पार्टीका शुभचिन्तक तथा नेताहरूसँग छलफलमै रहेको बताएका छन् ।

‘शेरबहादुरजी आफ्नै तयारीमा हुनुहुन्छ तर परिस्थिति अप्ठ्यारो छ, के गर्दा ठीक हुन्छ, कसो गर्नुपर्छ भन्नेमा म छलफलमै छु, कुनै निर्णय भइसकेको छैन,’ पौडेलले भने । पौडेल र अर्का नेता प्रकाशमान सिंहले शेखर वा गगनलाई सघाउने सम्भावना कम भएकाले उनीहरूको सहयोग देउवालाई हुने बुझाइ कांग्रेसभित्र छ । आफ्नो रोजाइ देउवातिर भए पनि शेखर ९दाजु० उम्मेदवार भएमा आफूलाई अप्ठ्यारो पर्ने प्रतिक्रिया शशांकले दिएका छन् तर महाधिवेशनदेखि नै शेखर–गगनसँग उनको सम्बन्ध राम्रो छैन ।

शेखर र गगन मिल्दा पनि संस्थापनइतर पक्षमा ३२ भन्दा बढी सांसद नभएकाले देउवालाई तत्काल दलको नेताबाट हटाउन सक्ने सम्भावना कम छ । संस्थापनइतरमा दुई जनै उम्मेदवार बन्दाको स्थितिमा त देउवालाई अझै लाभ पुग्ने देखिन्छ । हार्ने चुनाव लड्न पाऊँ भन्दै अनुनय गरिरहे पनि शेखरले साथ दिने संकेत नपाएपछि थापा असन्तुष्ट छन् । सोमबार रातिसम्म आफ्नो पक्षमा जति सांसद उभिए पनि प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।

‘संसदीय दलको चुनाव लड्ने विषय आमजनताका बीचमा मुद्दा बनाइसकेको, यस्तै मुद्दाबाट आफू माथि उठेकाले पछि फर्कन ठाउँ छैन भन्ने गगनजीको कुरा छ, गगन उठ्दा संस्थापनइतर पक्षकै सबैको मत जाँदैन, शेरबहादुरजीलाई नै फाइदा हुन्छ भनेर शेखर दाइ आफैं हुन खोजिरहनुभएको छ,’ दुवै नेतालाई मिलाउने भूमिकामा रहेका एक नेताले भने, ‘आज सहमति भएन, भोलि ९मंगलबार० बिहान उम्मेदवार मनोनयनअघि फेरि सहमतिको प्रयास गर्छौं, त्यसमा पनि सहमति हुन सकेन भने शेखर र गगनको बाटो अलग–अलग हुने अवस्था छ । यो भनेको संस्थानइतर पक्ष अझै कमजोर हुने मात्रै होइन, आगामी चार वर्ष पार्टी र राज्यसत्ताको शक्तिमा देउवाको प्रभाव अझै बढ्छ ।’

कांग्रेस नेता दीपकुमार उपाध्यायले देउवा आफैंले घोषणाबाट बाहिरिएमा बाहेक अहिले निर्वाचित भएर आएका सांसदहरूबाट नेतृत्व पुस्तान्तरण होला भन्ने अपेक्षा राख्न नसकिने बताए । ‘यस्तो गुटबन्दी र भागबन्डाबाट मुक्त नभएसम्म पुस्तान्तरणको आशा गर्नु बेकार छ, संसदीय दलको नेताको चुनाव गोप्य हुन्छ, त्यो मतदानमा सार्वभौम संसद्मा पुगिसकेका सांसदले गुटबन्दी र भागबन्डाभन्दा आफूलाई माथि सम्झने हो भने बल्ल पुस्तान्तरणको सुरुवात हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘जसरी कांग्रेस सभापतिको निर्वाचनमा धेरै प्रतिस्पर्धा गर्दा अर्थ रहेन, अन्ततः प्रतिस्पर्धी नै देउवातिर गएर मिले । यस पटक पनि त्यस्तै नियति हुने अवस्था देखिँदै छ । यो नियतिको परिणाम भनेको निराशाबाहेक केही हुनेछैन ।’

सहमहामन्त्री बद्री पाण्डे र नेता चन्द्र भण्डारी अन्तिम अवस्थासम्म संस्थापनइतर पक्षबाट एउटै उम्मेदवार हुनेमा आशावादी छन् तर विश्वस्त छैनन् । ‘आज बसेको बैठकमा प्रगति हुन सकेन, भोलि बिहान ८ बजे उम्मेदवारका साथमा संस्थापनइतर पक्षका सांसद र केन्द्रीय सदस्यसमेत राखेर सहमतिको प्रयास गर्छौं । अहिलेसम्म दुवै जनाले एक–अर्कालाई कन्भिन्स गर्न खोज्दै हुनुहुन्छ तर प्रगति भएको छैन,’ उनीहरूको भनाइ छ ।

उम्मेदवार चयनमै संस्थापनइतर पक्षमा देखिएको खटपटले देउवा भने उत्साही छन् । देउवाका विश्वासपात्रसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय, प्रदेश र संघ तीनै तहमा पार्टीलाई पहिलो नम्बरमा ल्याउन सफल भएकाले पार्टी सभापतिलाई नै संसदीय दलको नेता बनाउनुपर्ने सबैको कर्तव्य हुने बताए । ‘यसले पार्टीभित्र नयाँ सन्देश जान्छ, मतदातालाई उत्साही बनाउँछ र परम्परा पनि राम्रो बसाल्छ,’ उनले भने, ‘हुन सकेन र निर्वाचन भयो भने शेरबहादुरजीकै पक्षमा परिणाम आउनेमा निश्चित छ । त्यसमा कुनै खालको द्विविधा छैन ।’

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, प्रदीप पौडेलको साथ हुँदा देउवाको पक्षमा ५७ सांसद हुने देखिन्छ । पाँच वर्षभित्र मन्त्री बन्ने सपना बोकेर आएका सांसदहरू त्यही लोभमा देउवालाई साथ दिने सुरमा छन् । देउवापक्षीय अर्का एक नेताको दाबीमा ६० भन्दा बढी सांसद संस्थापन पक्षमा उभिने संकेत मिलेको छ । ‘सबै शक्ति र सत्ताका भोका छन्, कसैले राष्ट्रपति, कसैले सभामुख र धेरैले मन्त्री बनाउन खोजेका छन्,’ उनी भन्छन्, ‘पाएसम्म सत्ताभन्दा बाहिर जाने पक्षमा कोही देखिँदैनन् । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कांग्रेस संसदीय दल नेताको निर्वाचन बुधबार
  • २०७९ पुष ५, मंगलवार ११:४७
  • In "राजनीति"
  • कांग्रेस सांसदहरुको एकैस्वर : देउवा नै संसदीय दलको नेता, उहाँकै नेतृत्वमा सरकार बन्छ
  • २०७९ पुष ५, मंगलवार ११:४७
  • In "BannerNews"
  • संसदीय दलको नेता छन्ने तयारी
  • २०७९ पुष ५, मंगलवार ११:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चीनमा कोरोना महामारीको नयाँ लहर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान पोखरा–वनारस रुटमा

ताइवानमा न्यून जन्मदरका कारण सैन्य भर्तीमै समस्या

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version