• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युरिया मलको अन्तिम खेप आउँदै, साढे १७ हजार टन आईसक्यो


युरिया मलको अन्तिम खेप आउँदै, साढे १७ हजार टन आईसक्यो

वीरगञ्ज : साल्ट ट्रेडिङ कर्पोरेशनको लकडाउनका कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर बसेको यस वर्षको कोटाको २१ हजार ५ सय टन युरिया मलको अन्तिम खेप आउँदै गरेको छ भने हालसम्म करिब साढे १७ हजार टन भदौ ९ गते यता वीरगञ्ज नाका भएर भित्रिसकेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अडकिएर बसेको रसायनिक मल यूरिया भदौ ९ गते देखि वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेसंगै हालसम्म सात ¥याक अर्थात करिब साढे १७ हजार टन आईसकेको छ ।
अन्तिम खेप मध्येको एक ¥याक ( २५्र०० टन ) अर्थात ५० हजार बोरा रसायनिक मल यूरिया सिमावर्ती सहर रक्सौल आईपुगेको साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले गोरखापत्रलाई बताउनु भयो ।
श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेको सात ¥याक अर्थात करिब साढे १७ हजार टन रसायनिक मल यूरिया मललाई साल्ट ट्रेडिङ कर्पोरेशन केन्द्रीय कार्यालयको निर्देशन अनुसार सिन्धुलीदेखि कञ्चनपुर महेन्द्रनगरसम्म गरी १९ जिल्लामा पठाइ सकिएको र अन्तिम खेपमा आएको रसायनिक मल यूरिया मल पनि आउने बित्तिकै पठाईने कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले जानकारी दिनुभयो ।
मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुर लगायतका जिल्लामा वितरणका लागि वीरगञ्जबाट रसायनिक मल युरिया पठाई सकिएको उहाँले बताउनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले भन्नुभयो , “ केही जिल्लामा थप पठाउनका लागि साल्ट ट्रेडिङ कर्पोरेशनको वीरगञ्ज स्थित गोदामहरुमा युरिया मलको केही परिमाण मौज्दातमा राखिएको छ , पर्साका किसानहरुका लागि साउन महिना यता २२ हजार बोरा बाँडिसकिएको छ । पर्सामा ३० , ५० , ७० र ७० गरी एक सहकारीलाई करिब २ सय २० बोरा दिईसकिएको र अझै सहकारीहरुलाई ७० बोराका दरले दिने लक्ष्य राखेका छौं । पर्सा जिल्लामा १६ सय टन युरिया मल बाँडने योजना बनाएका छौं ।”
साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको यो यूरिया रसायनिक मलमा नेपाल सरकारको एक हजार २४७ रुपैया २६ पैसा प्रति बोरा अनुदान रहेको छ । औसत मूल्य एक हजार ९४७ रुपैया २६ पैसामा आयात गरिएको यस युरिया मलको ५० किलोग्रामको तौल भएको एक बोरामा सरकारको अनुदान रकमका कारण किसानले औसत मुल्य ७ सयमा किन्न पाउनेछन् ।
सरकारले औसत मूल्य सात सय तोकिदिए पनि सहकारीहरुले मनपरीरुपमा अधिकतम ९५० रुपियाँ बोरासम्म किसानलाई बिक्री गर्ने गरेको गुनासो किसानहरुको रहेको छ ।
कृषि सामग्री कम्पनीले साउनको अन्तिममा आयात गरिसक्नु पर्ने ुूरिया मल आयात नगर्दा मलको हाहाकार भएको बताईन्छ । उता कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका सूचना अधिकारी गोरखनाथ केसीले साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको युरिया मल वितरण गरि सकिएपछि मात्र कृषि सामग्री कम्पनीको युरिया मल आउने जानकारी दिनुभयो ।
नेपालमा आयात गरिने जम्मा रसायनिक मलको ७० प्रतिशत कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने प्रावधान रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जमा गएको जेष्ठ १५ गतेदेखि नै युरिया मल छैन । gorkhaptra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Netramani Singh

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

Next Post

१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

खुल्न थाले मुस्ताङका विद्यालय

मिथिला नगरपालिका बाहेक धनुषाका सबै पालिकाको नियमित सेवा सुचारु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version