• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युरिया मलको अन्तिम खेप आउँदै, साढे १७ हजार टन आईसक्यो


युरिया मलको अन्तिम खेप आउँदै, साढे १७ हजार टन आईसक्यो

वीरगञ्ज : साल्ट ट्रेडिङ कर्पोरेशनको लकडाउनका कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर बसेको यस वर्षको कोटाको २१ हजार ५ सय टन युरिया मलको अन्तिम खेप आउँदै गरेको छ भने हालसम्म करिब साढे १७ हजार टन भदौ ९ गते यता वीरगञ्ज नाका भएर भित्रिसकेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अडकिएर बसेको रसायनिक मल यूरिया भदौ ९ गते देखि वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेसंगै हालसम्म सात ¥याक अर्थात करिब साढे १७ हजार टन आईसकेको छ ।
अन्तिम खेप मध्येको एक ¥याक ( २५्र०० टन ) अर्थात ५० हजार बोरा रसायनिक मल यूरिया सिमावर्ती सहर रक्सौल आईपुगेको साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले गोरखापत्रलाई बताउनु भयो ।
श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेको सात ¥याक अर्थात करिब साढे १७ हजार टन रसायनिक मल यूरिया मललाई साल्ट ट्रेडिङ कर्पोरेशन केन्द्रीय कार्यालयको निर्देशन अनुसार सिन्धुलीदेखि कञ्चनपुर महेन्द्रनगरसम्म गरी १९ जिल्लामा पठाइ सकिएको र अन्तिम खेपमा आएको रसायनिक मल यूरिया मल पनि आउने बित्तिकै पठाईने कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले जानकारी दिनुभयो ।
मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुर लगायतका जिल्लामा वितरणका लागि वीरगञ्जबाट रसायनिक मल युरिया पठाई सकिएको उहाँले बताउनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले भन्नुभयो , “ केही जिल्लामा थप पठाउनका लागि साल्ट ट्रेडिङ कर्पोरेशनको वीरगञ्ज स्थित गोदामहरुमा युरिया मलको केही परिमाण मौज्दातमा राखिएको छ , पर्साका किसानहरुका लागि साउन महिना यता २२ हजार बोरा बाँडिसकिएको छ । पर्सामा ३० , ५० , ७० र ७० गरी एक सहकारीलाई करिब २ सय २० बोरा दिईसकिएको र अझै सहकारीहरुलाई ७० बोराका दरले दिने लक्ष्य राखेका छौं । पर्सा जिल्लामा १६ सय टन युरिया मल बाँडने योजना बनाएका छौं ।”
साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको यो यूरिया रसायनिक मलमा नेपाल सरकारको एक हजार २४७ रुपैया २६ पैसा प्रति बोरा अनुदान रहेको छ । औसत मूल्य एक हजार ९४७ रुपैया २६ पैसामा आयात गरिएको यस युरिया मलको ५० किलोग्रामको तौल भएको एक बोरामा सरकारको अनुदान रकमका कारण किसानले औसत मुल्य ७ सयमा किन्न पाउनेछन् ।
सरकारले औसत मूल्य सात सय तोकिदिए पनि सहकारीहरुले मनपरीरुपमा अधिकतम ९५० रुपियाँ बोरासम्म किसानलाई बिक्री गर्ने गरेको गुनासो किसानहरुको रहेको छ ।
कृषि सामग्री कम्पनीले साउनको अन्तिममा आयात गरिसक्नु पर्ने ुूरिया मल आयात नगर्दा मलको हाहाकार भएको बताईन्छ । उता कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका सूचना अधिकारी गोरखनाथ केसीले साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको युरिया मल वितरण गरि सकिएपछि मात्र कृषि सामग्री कम्पनीको युरिया मल आउने जानकारी दिनुभयो ।
नेपालमा आयात गरिने जम्मा रसायनिक मलको ७० प्रतिशत कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने प्रावधान रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जमा गएको जेष्ठ १५ गतेदेखि नै युरिया मल छैन । gorkhaptra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ : अनुदानको मलमा कालोबजारी, चर्काे मुल्यमा खरिद गर्न किसान बाध्य
  • २०७७ आश्विन ६, मंगलवार १८:२७
  • In "मधेश प्रदेश"
  • भारत बाट जिटुजी माध्यमले पहिलो खेप मल आउँदै
  • २०७७ आश्विन ६, मंगलवार १८:२७
  • In "कृषि"
  • रासायनिक मलको चरम अभावको देशभरीका किसानहरु
  • २०७७ आश्विन ६, मंगलवार १८:२७
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

Next Post

१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

खुल्न थाले मुस्ताङका विद्यालय

मिथिला नगरपालिका बाहेक धनुषाका सबै पालिकाको नियमित सेवा सुचारु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version