No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बंगलादेशमा पत्रकारलाई नै चिडियाघरको जस्तो व्यवहार

बंगलादेशमा पत्रकारलाई नै चिडियाघरको जस्तो व्यवहार

‘मलाई चिडियाघरको जनावरको जस्तो व्यवहार गरियो । मेरो आँखामा पट्टी बाँधिएको थियो । पछाडिबाट मेरो हतकडी फुकाएको खाना खानका लागि मात्र हो’ काजोल नामले परिचित बङ्गलादेशका पत्रकार सफिकुल इस्लाम काजोलले आफूलाई ५३ दिनको कठोर यातना सहित गायब बनाइएको समय सम्झँदै भनेका छन् ।

‘मलाई सोधपुछ गर्नु भन्दा अगाडि मलाई बेस्सरी पिटियो । त्यो कति पीडादायी थियो भन्ने म वर्णन गर्न पनि सक्दिनँ’ उनले भने ‘ उनीहरूलाई मलाई मैले लेखेको कथाको बारे सोधे। मैले धेरै यातना सहे र पनि बोल्ने प्रयास गरी रहेँ ।’

काजोलकै अनुसार बङ्गलादेशमा मानव अधिकारको कुने सीमा छैन । आफ्नो कुरा राख्न पनि गोप्य स्थानको खोजी गर्नु पर्ने हुन्छ । बङ्गलादेशमा मानव अधिकार दिवसकै दिन शनिवार सरकार विरुद्ध प्रदर्शन गरी रहेका बङ्गलादेश नेसनल पार्टी (बीएनपी) का कार्यकर्तासँग सुरक्षा निकायको झडप भइरहेको थियो ।

बीएनपीले नै सडकमा सेख हसिना बाजेदले नेतृत्व गरेको सरकार र आवामी लिग पार्टीको विरुद्धमा प्रदर्शन जारी छ । निष्पक्ष निर्वाचनको साथै जन जीवनको बारे र जीवन यापनमा भोगेको कठिनाइका बारे आन्दोलनको मुद्दा उठी रहेको छ । प्रदर्शनमा विरोधीहरू माथि सिङ्गो आक्रमण भएको थियो । बङ्गलादेश सरकारले भने स्वतन्त्रताको हनन भएको कुरा अस्वीकार गरेको छ ।

बङ्गलादेशका विदेश मन्त्री अब्दुल मामेनले आफ्नो देश मानव अधिकारको सवालमा प्रतिबद्ध भएको बताएका छन् । उनकै विचारमा सन् १९७१ मा पाकिस्तानसँग युद्ध गरेर विभाजित भए पछि बङ्गलादेशले सधैँ मानव अधिकारको पक्षमा आफूमा दृढतापूर्वक उभ्याएको उनको जिकिर छ ।

सन् २०२० को मार्चमा काजोल हराए पछि संयुक्त राष्ट्र सङ्घ लगायत निकायले वक्तव्य जारी गरेका थिए । खोजमूलक पत्रकार सफिकुल इस्लाम काजोललाई निसाना बनाउनुले बङ्गलादेशमा प्रेस स्वतन्त्रता र मानव अधिकारको सवालमा प्रतिवद्धताका बारे प्रशस्त प्रश्न उठेका छन् ।

गिरफ्तार हुनु एक दिन अगाडि काजोलले यौन गतिविधि र धन्दा गराउनमा राजनीतिकर्मीकै भूमिका रहेको खोजमूलक र सनसनीपूर्ण समाचार प्रकाशमा ल्याएका थिए । त्यस पछि आवामी लिगका कार्यकर्ताले उनी सहित अन्य धेरै जना माथि मुद्दा दायर गरेका थिए ।

 अर्को दिन छोरालाई विद्यालय छाडेर मोटरसाइकलमा कार्यालय तर्फ गई रहेका उनी माथि ८ या १० जनाले धेरै जनाले पिछा गरी रहेको कुरा बताएका थिए । उनलाई मिनी भ्यानमा कोचेर कतै अन्डरग्राउन्ड सेलमा लगेर राखिएको थियो ।

त्यस पछि काजोल माथि ६ या सात घण्टा लगाएर सोधपुछ गरिएको थियो । त्यो स्क्यान्डललाई बाहिर ल्याएको विषयमा धेरै नै आक्रोश थियो । उनी अहिले पनि त्यस घटनालाई त्रासदीय स्मरण भन्न रुचाउँछन् ।

बङ्गलादेशका विदेश मन्त्रीको दाबी भने फरक छ । उनले केही महिलाको तस्बिर खिचेको र ह्यारेसमेन्ट गरेको आरोपमा काजोललाई गिरफ्तार गरिएको हो । ती महिलाले प्रशासनमा काजोलको विरुद्ध मुद्दा दर्ता गरेको विदेश मन्त्री बताउँछन् । त्यस पछि नै प्रशासनले उनलाई गिरफ्तार गरेर नियम पूर्वक छानबिन गरेको मन्त्रीको दाबी हो ।

काजोललाई यातना गृहमा ५० दिन राखिएको कुरालाई समेत मन्त्रीले अस्वीकार गरेका छन् । ह्युमनराइट वाचले भने बङ्गलादेशमा भिन्न र गोप्य रूपमा यातना गृह सञ्चालन भएको जनाएको छ । सरकारले छानबिनको घेरामा राखेको जो कोहीलाई पनि त्यहाँ लैजाने सम्भावना रहेको छ ।

‘हामीले बुझे अनुसार त्यहाँ धेरैलाई अन्डरग्राउन्ड गरिएको हुन्छ । त्यहाँ थोरै मात्र प्राकृतिक प्रकाश हुन्छ । कुनै व्यक्तिले त्यहाँ अन्य व्यक्तिको आवाज सुनिरहेको हुन्छ ‘ ह्युमन राइट वाचकी दक्षिण एसियाली निर्देशक मिनाक्षी गाङ्गुलीले भनेकी छिन् ।

 काजोलकै हकमा भन्ने हो भने उनलाई गिरफ्तार गरिएको अर्को महिना उनलाई अर्कै सेलमा लगिएको थियो । त्यो भने जमिन मुनी थिएन । त्यो भारतीय सीमा क्षेत्र नजिक थियो । उनको आँखाको पट्टी भने त्यहाँ खोलिएको थिएन । त्यहाँबाट उनलाई लगेर २ सय ३७ दिन जेलमा राखियो । १३ अपिल पछि उनलाई डिसेम्बर २०२०मा धरौटीमा छाडिएको थियो ।

बङ्गलादेशको विद्युतीय सुरक्षा ऐन अनुसार उनलाई मानहानिको मुद्दा चलाइएको हो । समीक्षकहरूका अनुसार यो कानुन अत्यन्त कठोर छ । फेसबुकमा फोटो सेयर गरेको लगायत विषयमा पनि कडा सजाय हुने त्यहाँको कानुनी प्रावधान नै छ । सन् २०१८ मा यो ऐन लागू भए पछि धेरै जना कारबाहीमा परेका थिए ।

ह्युमन राइट वाचकै अनुसार काजोल माथि सरकार विरोधी कदमलाई निरुत्साहित गर्न चलाखीपूर्ण ढङ्गले काजोल माथि मुद्दा चलाइएको हो । बङ्गलादेशको सुरक्षा निकायले सन् २००९ यता करिब ६ सय जनालाई त बेपत्ता नै बनाएको छ ।

संयुक्त राष्ट्र सङ्घको एउटा कार्यदलले अगस्ट २०२२ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार ७२ जनालाई बेपत्ता बनाइएको थियो । तीनको खबर अझै कसैलाई पनि छैन । विदेश मन्त्री मामेन सो तथ्याङ्कलाई समेत अस्वीकार गर्छन् । उनी यसलाई कुनै राजनीतिक दलले पूर्वाग्रही ढङ्गले विदेशीलाई प्रयोग गरेर यो रिपोर्ट तयार गरेको आरोप लगाउन चाहन्छन् । सरकारले जत्ति सुकै दाबी गरे पनि वर्षौँ देखि आफ्ना प्रिय आफन्तको पर्खाइमा बसेकाको आँसुले यो तथ्यलाई बारम्बार पुष्टि गरेको छ की सरकार झुट छ मानव अधिकारवादी सही छन् ।

विपक्षी बीएनपीका कार्यकर्ता सजदुल इस्लाम सुलम सन् २०१३ यता देखिएका छैनन् । सन् २०१४ को जनवरीमा आम निर्वाचन हुनु केही साता अगाडि मात्र आवामी लिगबाट आफ्नो परिवारलाई कुने असर नहोस् भन्नका खातिर उनी टाढा कतै बस्ने भनेर गएका थिए ।

एक पटक पारा मिलिटरी रेपिड एक्सन बटालियन (आरएबी) का व्यक्तिहरूले उनलाई कालो पट्टी बाँधेर लिएर कतै गएको देखेको कुरा परिवारसम्म आइ पुगेको छ । एक पटक कान्छी छोरी आर्भाको मुख हेर्न भनेर उनलाई अवसर दिइएको थियो । त्यसै समयमा बहिनी सन्जिदाले दाजुलाई देखेकी रहिछिन् ।
त्यसै समयमा सान्जिदाले जाडो महिनामा भनेर एउटा एउटा हुड दिएकी रहिछिने न। दाजुले त्यो हुड लगाउन पाए या पाएनन् भन्ने कुराको पनि उनलाई कुनै अत्तो पत्तो छैन ।

आर्भा अहिले १० वर्षकी भइन् । उनले समय समयमा बाबुको तस्बिर हेरेर मई खाएको दृश्यले जो कोहीलाई पनि भावुक बनाउँछ । सन्जिदाले अहिले एउटा नेटवर्क मायर डाक सञ्चालन गरेकी छिन् । यसमा आफ्नो दाजु, श्रीमान् या बाबु गुमाएका धेरै महिला समावेश छन् । धेरै जनाले परिवारको मुख्य आम्दानी गर्ने व्यक्ति गुमाएका छन् । यसै कारण उनीहरूलाई मानसिक पिडाका साथै जीवन यापनको समस्या पनि उत्तिकै छ ।

बङ्गलादेशका अहिले सन्जिदा लगायत महिला त्यसै नेटवर्कको माध्यमबाट एकत्रित हुँदै सरकार विरोधी प्रदर्शन गर्ने तयारीमा छन् ।
सन्जिदा लगायत धेरैले प्रहरीमा उजुरी गर्ने प्रयास नगरेका होइनन् । उनीहरूको निवेदन र अपिल समेत दर्ता भएन । उनकी आमा ७० वर्ष पार भइसकेकी छिन् । हरेक महिना उनी छोराका खोजी गरिदिन प्रहरी कहाँ पुग्ने गरेकी छिन् । त्यो प्रयास पुरा हुने त कुरै भएन । यसका बाबजुद त्यो परिवारले आशा गुमाएको छैन ।

तीन दिन अगाडि १९ डिसेम्बरका दिन ७५ औ मानव अधिकार दिवस संसार भर मनाइएको छ । यो वर्ष, डिग्नीटी, फ्रिडम एन्ड जस्टिस फर अलको मुख्य नारा सहित मनाइएको छ । नारा त्यसो भए पनि बङ्गलादेश लगायत तेस्रो वर्षको समस्या ज्युको त्युँ नै छ । सायद यसको समाधान अझ लामो समय हुने बाटोमा गएको छैन ।

(स्रोत : बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post
थारूलाई न्याय दिन खाेज्दा देउवाले आफ्नैकाे साथ पाएनन्, सत्तामा हुँदा रेशमलाई रिहा गर्न खाेजेकाे एमालेले पनि देखायाे दाेहाेराे चरित्र

थारूलाई न्याय दिन खाेज्दा देउवाले आफ्नैकाे साथ पाएनन्, सत्तामा हुँदा रेशमलाई रिहा गर्न खाेजेकाे एमालेले पनि देखायाे दाेहाेराे चरित्र

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

कांग्रेस र माओवादीमध्ये कसले पाउला राष्ट्रपति ? यी हुन् चर्चामा आएका नेता

कांग्रेस र माओवादीमध्ये कसले पाउला राष्ट्रपति ? यी हुन् चर्चामा आएका नेता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .