No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कमजोर संरचनाले फुट्यो मेलम्ची पाइप


कमजोर संरचनाले फुट्यो मेलम्ची पाइप

मेलम्चीको पानी काठमाडौंमा वितरण थालेको तेस्रो दिन पाइप फुटेर सडकमा निस्कँदा लैनचौर क्षेत्रको यातायात अस्तव्यस्त भएको छ। मेलम्ची आयोजनाको मुहानमा मात्र होइन, उपभोक्ताका घरसम्म पानी पुर्‍याउँदा पनि आउन सक्ने विपत्तिको यो एउटा नमुना बन्न पुगेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले केही वर्षअघि नै पाइप विस्तार कार्य सम्पन्न गरेको थियो।

कमजोर संरचनाका कारण मेलम्ची पाइप फुटेपछि सोमबार लैनचौर क्षेत्रको सडक जलमग्न र हिलाम्मे बन्यो। लाजिम्पाटस्थित खानी तथा भूगर्भ विभागअगाडि पाइप फुटेर सो क्षेत्र मात्र अस्तव्यस्त नभई काठमाडौंका अन्य विभिन्न स्थानमा पनि थामिनसक्नु सवारी जाम भएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले खानी तथा भूगर्भ विभागअगाडि मेलम्चीको पाइप फुट्दा लैनचौर क्षेत्रमा सोमबार अपराह्न सवारी आवागमनमा समस्या परेको बताए। ‘एक्कासि सडकमा मेलम्चीको पाइप फुटेपछि निस्केको पानीका कारण लेदोसहित सडक जलमग्न भएको थियो,’ उनले भने, ‘कुनै मानवीय क्षति नभए पनि सवारी आवागमनमा निकै समस्या भएको थियो।’ प्रवक्ता भट्टले सोमबार साँझ अबेरबाट सो सडकखण्डमा सवारीसाधन चल्न थालेको बताए।

काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले केयुकेएल आयोजना निर्देशनालयले तयार पारेको मेलम्चीको नयाँ वितरण लाइन दिउँसो फुटेर दुर्घटना भएको बताए। ‘पानीपोखरीबाट आएको मेलम्चीको पानीको चापले खानी तथा भूगर्भ विभागअगाडि पाइप फुटेको देखिन्छ,’ उनले भने, ‘मेलम्चीको पाइपलाइन विस्तार र परीक्षणमा सावधानी नअपनाएकै कारण यस्तो समस्या देखिएको हो।’

वडाध्यक्ष तिवारीले मेलम्चीको पाइप विस्फोट भए पनि कुनै मानवीय क्षति भने नभएको बताए। ‘मेलम्चीको पानी एक्कासि आउँदा पाइपलाइन फुटेर लैनचौर क्षेत्र जलमग्न भएको छ,’ उनले भने, ‘मेलम्चीको पाइप परीक्षण नगरी हुँदैन। तर आवश्यक तयारी तथा पूर्वसावधानी अपनाएर मात्रै परीक्षणको काम अघि बढाउनुपर्ने हुन्थ्यो।’

केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले मेलम्चीको पाइप के कारणले फुटेको हो भन्ने विषयमा अझै कारण खुल्न नसकेको बताए। ‘मेलम्चीको पाइप के कारणले फुट्यो भनेर खनेरै हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘पाइपको जडानवरिपरि अन्य निकायले काम गर्दा क्षति पुर्‍याएर दुर्घटना भएको हो कि भन्ने प्रारम्भिक अनुमान गरेका छौं।’

आयोजना निर्देशक सापकोटाले अहिले फुटेको पाइपलाइन पहिलोपटक परीक्षणका क्रममा नफुटेको दाबी गरे। ‘यो पाइपलाइनबाट यसअघि दुईपटक पानी वितरण गरिसकेका थियौं,’ उनले भने, ‘सोमबार अचानक किन फुट्यो भनेर पत्ता लगाउन आवश्यक अध्ययन भइरहेको छ।’ सापकोटाले कुनै सरकारी निकायले अन्य पूर्वाधार निर्माण गर्दा पाइप खुकुलो भएर वा पाइपमा प्वाल परेर फुटेको हुन सक्ने दाबी गरे।

निर्देशनालयका अनुसार यो मेलम्चीको नयाँ पाइपलाइन विस्तारको काम भने कालिका÷रमण जेभीले गरेको थियो। यो पाइपलाइन ७०० एमएमको छ। यो पाइपलाइन डिस्ट्रिब्युसन नेटवर्क इम्प्रुभमेन्टअन्तर्गत निर्माण गरिएको थियो। ‘ठेकेदार कम्पनीको लापरबाही हो कि होइन भन्ने कुरा खनेर हेरेपछि मात्रै थाहा हुन्छ। त्यो नहेरीकन भन्न सकिँदैन,’ आयोजना निर्देशक सापकोटाले भने, ‘यो ठाउँमा धेरै लाइन मिनिस्ट्रीहरूको काम भइरहेको छ। यसअघि दुईपटक सोही पाइपलाइनबाट पानी वितरण भएकाले पनि ठेकेदारकै गल्तीले भएको भन्न गाह्रो हुन्छ।’ निर्देशनालयले काठमाडौं उपत्यकामा १ हजार ५० किलोमिटर पानी वितरण लाइन विस्तार गरेको छ भने ७७ किलोमिटर ट्रकलाइन विस्तार गरेको छ।

अहिलेसम्म मेलम्चीको विस्तार गरिएको आधा पाइपलाइन मात्रै टेस्टिङ गरिएको छ। निर्देशनालयले एसियाली विकास बैंकको साझेदारीमा करिब २१ अर्ब रूपैयाँभन्दा धेरै खर्च गरेर पाइपलाइन विस्तार तथा पानी प्रशोधन पोखरी तयार पारेको थियो। केयुकेएलका म्यानेजर तथा प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीबाट आएको पानी महाराजगन्जबाट पानीपोखरीमा आएपछि पाइप एक्कासि फुटेर सो दुर्घटना भएको बताए। पाइप फुटेर सडकमा पानी जलमग्न भएसँगै केयुकेएलले प्राविधिक खटाएर पानी बन्द गर्ने काम गरिसकेको छ,’ उनले भने।

परीक्षण गर्दा किन फुट्छ ?

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राई पानीको पाइप परीक्षणका क्रममा पाइप फुट्नुमा एउटा मात्रै कारण नभएर धेरै हुन सक्ने बताउँछन्। ‘पाइप जडानका क्रममा राम्रोसँग फिटिङ नभएर पाइप फुट्ने गर्छ। पाइपमा पानीको चाप बढी हुँदा पनि फुट्ने गर्छ,’ उनले भने, ‘जाडोयाममा पाइप खुम्चिने र गर्मीयाममा पाइप फुक्ने कारणले पनि पानीको पाइप फुट्ने गर्छ।’ प्रवक्ता राईले पूर्ण रूपमा पानीको टेस्ट गरेर मात्रै नियमित रूपमा पानी वितरण गरिने बताए।

यसबाट के पाठ सिक्ने ?

प्रवक्ता राईले मेलम्चीको पानी वितरणका क्रममा अब सावधानी अपनाउनुपर्ने बताए। ‘सामान्यतया जुनसुकै पाइप पनि निर्देशनअनुसार तोकिएको चापको पानी पठाएर परीक्षण गर्नुपर्ने हुन्छ। पानीको चाप धान्छ कि धान्दैन भनेर पनि पत्ता लगाउनुपर्ने हुन्छ,’ उनले भने, ‘चापअनुसार पठाएको पानीको बहावलाई थेग्छ कि थेग्दैन भनेर पत्ता लगाउन पनि आवश्यक हुन्छ।’

प्रवक्ता राईले परीक्षण गर्नुअगावै पानी बन्द गर्न पनि आवश्यक जनशक्ति खटाइने दाबी गरे। ‘पाइप फुटेपछि पानी बाहिर त आउने नै भयो। त्यसपछि आउने पानीलाई नियन्त्रण गर्न भने सकिन्छ,’ उनले भने। प्रवक्ता राईले पाइप फुटेसँगै ठेकेदार कम्पनीको लापरबाहीकै कारणले फुटेको भनेर भन्न नमिल्ने दाबी गरे। ‘आवश्यक अनुसन्धान नगरी ठेकेदार कम्पनीको लापारबाही भयो भन्न मिल्दैन।’ आयोजना निर्देशक सापकोटाले पनि आगामी दिनमा मेलम्चीको पानी परीक्षणका क्रममा आवश्यक सावधानी अपनाइने बताए। ‘नयाँ ठाउँमा पानी परीक्षणका क्रममा पूर्वसूचना दिएर आवश्यक तयारीसहित काम गर्दै आइरहेका छौं, गर्नेछौं,’ उनले भने। नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति अध्यादेश ल्याएको हो : सञ्चारमन्त्री कार्की

सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति अध्यादेश ल्याएको हो : सञ्चारमन्त्री कार्की

नेप्थ्य व्याण्डसहितको टोली नेपालगञ्जमा

नेप्थ्य व्याण्डसहितको टोली नेपालगञ्जमा

चिनियाँ सेनाको दादागिरीभारतीय भुमिमा आक्रमणमा दुबै तर्फका सेना घाईते

चिनियाँ सेनाको दादागिरीभारतीय भुमिमा आक्रमणमा दुबै तर्फका सेना घाईते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .