No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कीर्तिमानी जित’सहित गुजरातमा ७औं पटक सरकार बनाउँदै भाजपा

कीर्तिमानी जित’सहित गुजरातमा ७औं पटक सरकार बनाउँदै भाजपा

हिमाचलमा भाजपा-कंग्रेसबीच कडा प्रतिस्पर्धा

काठमाडौँ — भारतीय राज्य गुजरातमा सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) फेरि एकपल्ट सत्तामा आउने भएको छ । यही डिसेम्बर १ र ५ गरी दुई चरणमा भएको गुजरात विधानसभा चुनावको नतिजा बिहीबार आउने क्रम जारी छ ।

मतगणनाको सुरुवाति परिणामअनुसार भाजपा प्रचण्ड बहुमतसहित पुन: सत्तामा आउने देखिएको छ । गुजरातमा २७ वर्षदेखि भाजपाले सरकार चलाउँदै आएको छ । सन् १९९५ देखि गुजरातमा भाजपाले चुनाव हारेको छैन । गुजरातमा सन् २००२ देखि २०१४ सम्म वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यमन्त्री बनेका थिए ।

पछिल्लो समय दिल्ली र पञ्जाबमा प्रभाव देखाएको आम आदमी पार्टी(आप) ले गुजरातमा पनि भाजपालाई टक्कर दिने अनुमान गरिए पनि नतिजामा भने परिणाम देखिएन । आपले पूर्वपत्रकारसमेत रहेका इसुदान गढवीलाई मुख्यमन्त्रीका चेहराका रूपमा उतार्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । भारतीय चुनाव आयोगका अनुसार अहिलेसम्म गुजरातमा १४९ सिटमा सत्तारुढ भाजपाले अग्रता बनाएको छ । त्यस्तै कांग्रेस १८ सिटमा अगाडि रहँदा आप भने ६ सिटमा मात्र अगाडि रहेको छ ।

यही ‘ट्रेन्ड’ अन्तिम नतिजामा रूपान्तरण भए भाजपाले कीर्तिमानी जित हात पार्ने देखिन्छ । गुजरातमा सन् १९८५ को चुनावमा भारतीय कंग्रेसले १४९ सिटमा जित हात पारेको थियो । त्यसयता कुनै पनि दलले १३० सिट कटाउन सकेका थिएनन् । भाजपाले सबैभन्दा बढी सन् २००२ मा १२७ सिट जितेको थियो ।

१८२ सदस्यीय गुजरात विधानसभामा सरकार बनाउन ९२ सिट चाहिन्छ । पछिल्लो पटक सन् २०१७ को चुनावमा भाजपाले ९९ सिट जितेर सरकार बनाएको थियो । कंग्रेस भने ७७ सिट जित्दै सशक्त प्रतिपक्षका रूपमा उभिएको थियो । पछिल्लो चुनावको नतिजा हेर्दा गुजरातमा कंग्रेसले ठूलो क्षति बेहोर्ने देखिन्छ ।

गुजरातमा भाजपाले पश्चिम बंगालमा भारतीय कम्युनिस्ट पार्टी(मार्क्सवादी) को रेकर्डसँग बराबरी गर्ने भएको छ । सीपीआईएमले सन् १९७७ देखि २०११ सम्म लगातार ७ पटकसम्म विधानसभा चुनाव जितेर रेकर्ड कायम गरेको थियो ।

विपक्षमा कंग्रेस र आपबीच भोट बाँडिएकाले त्यसको लाभ सत्तारूढ भाजपालाई पुगेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । अर्कोतिर प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृह प्रदेशमा भाजपाले आफ्नो सत्ता कायम राख्न पूरा शक्ति लगाएको थियो । प्रधानमन्त्री मोदीकै ‘फेस भ्यालु’ का आधारमा मतदाताले पुनः भाजपालाई रोजेको पनि भारतीय सञ्चारमाध्यमको दाबी छ ।

हिमाचलमा कडा प्रतिस्पर्धा

त्यस्तै अर्को राज्य हिमाचलको पनि चुनावी नतिजा आइरहेको छ । हिमाचलमा सत्तारुढ भाजपा र कंग्रेसबीच कडा प्रतिस्पर्धा देखिन्छ । अहिलेसम्मको गणनामा भाजपा र कंग्रेस समान ३२/३२ सिटमा अगाडि देखिन्छन् । त्यस्तै हिमाचलका ४ सिटमा स्वतन्त्र उम्मेदवार अगाडि देखिन्छन् । हिमाचलमा ६८ सिटको विधानसभामा सरकार बनाउन ३५ सिट चाहिन्छ । यही ट्रेन्ड कायम रहे हिमाचलमा ‘सत्ताको चाबी’ स्वतन्त्र उम्मेदवारको हातमा पुग्ने देखिन्छ ।

सन् २०१७ को चुनावमा हिमाचलमा भाजपाले ४४ सिटमा जित हात पारेको थियो । कंग्रेसले २१ स्थानमा जित हात पार्दा अन्य उम्मेदवार ३ सिटमा विजयी भएका थिए । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

इरान–इजरायल तनाव चर्किँदैः ड्रोन अवरोध, मिसाइल आक्रमण र विस्फोटका घटना

इरान–इजरायल तनाव चर्किँदैः ड्रोन अवरोध, मिसाइल आक्रमण र विस्फोटका घटना

इरानको राजधानी तेहरानमा नयाँ आक्रमण सुरु

इरानको राजधानी तेहरानमा नयाँ आक्रमण सुरु

Next Post
मधेश प्रदेशमा एमालेको मतप्रतिशतमा ओरालो लागे

मधेश प्रदेशमा एमालेको मतप्रतिशतमा ओरालो लागे

पाकिस्तानमा बैदेशिक लगानी ५२ प्रतिशत घट्यो

पाकिस्तानमा बैदेशिक लगानी ५२ प्रतिशत घट्यो

‘सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राख्छ’

‘सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राख्छ’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .