No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता


ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता

युवा र स्वतन्त्र उम्मेद्वारको उदयले शीर्ष नेतालाई चस्का !

काठमाडौँ- संसद् विघटन गरेको, वाम गठबन्धन भत्काएको, स्थिरता दिन नसकेको आरोपसहित झण्डै एक वर्षअघि सत्ता गठबन्धन बन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रतिशोध थियो । खासगरी एमालेसँग सहकार्य गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली व्यवहारका कारण धोका खाएर कांग्रेसको कित्तामा आएका थिए ।

आफू प्रधानमन्त्री बन्न नपाएको झोकमा उनले एमालेसँगको गठबन्धन तोड्ने तयारी गर्दा ओलीले त्यसैबेला संसद् विघटन गरेका थिए । संसद् विघटन गरेपछि संविधानको रक्षा गर्ने भन्दै कांग्रेस, माओवादी, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी, जसपा लगायतका दलहरू एक ठाउँमा आएका थिए ।

त्यतिबेला गठबन्धन गरेर ओलीको संसद् विघटनलाई बदर गराउन सर्वोच्च अदालत पुगेका दलहरू चुनावमा जाँदा पनि सफल भएका छन् । र, उनीहरूले सबै दल मिलेर सरकार बनाउन सक्ने हैसियत बनाएका छन् ।

कांग्रेसकै नेतृत्वमा सरकार बन्दा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्त पार्टी मिलेमा सहजै सत्ता गठबन्धनकै सरकार बन्ने देखिन्छ । एमालेसँग चुनावी सहकार्य गरेको जसपाले धोका भएको भन्दै सत्ता गठबन्धनसँगै सरकारमा जाने संकेत दिएको छ ।

सत्ता स्वार्थ मिलेको खण्डमा राप्रपा पनि सरकारमा आउने सम्भावना छ । त्यो सम्भावनाले एमालेविरुद्धको गठबन्धनलाई अर्को बल मिल्ने देखिन्छ । कांग्रेस, माओवादी, समाजवादी मिलेर चुनावमा जाँदा पनि एमालेले लोकप्रिय मत ल्याउँदा अब पाँच वर्ष नै ओलीविरुद्धको गठबन्धन जाने देखिन्छ ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले चुनावमा सफलता हात लागेको भन्दै विज्ञप्ति जारी गरेका छन् । संसद् विघटनविरुद्ध एक भएका दलहरूले चुनावसम्मै कम्तीमा पाँच वर्ष सरकार चलाउने गरि औसत बहुमत पाउनुलाई संविधानको रक्षाका रुपमा उनीहरुले बुझेका छन् ।

यसलाई दिगो रुपमा लैजाने उनीहरूको योजना छ । तर सत्ता गठबन्धनका नेताहरुले सफलता उत्सव मनाउँदा चुनौति र चस्का धेरै छन् । यसपटक गगन थापाको चर्को स्वरजसरी रवि लामिछाने पार्टीको उदय भएको छ ।

रवि लामिछाने तिनै व्यक्ति हुन्, जसले चर्को स्वर गरेर नेताहरूलाई गाली गर्दै जनताको माग सम्बोधन गर्न विभिन्न निकायसँग लबी गर्थे । दलका नेताहरुबाट आजित भएका जनताको मन जित्दै रविले यसपटकको चुनावमा आफ्नो पार्टीका लागि प्रत्यक्षमा ७ सिट जितेका छन् ।

समानुपातिकमा माओवादीकै हैसियतमा रहेको रवि पार्टीले यसपटक प्रतिनिधिसभामा कम्तीमा २० सिटजति पाउने सम्भावना छ । यो उसका लागि निकै ठूलो शक्ति हो । पार्टी गठन गरेको ६ महिनामै चुनाव जितेर संसद्को चौथो ठूलो दल बन्नु आफैँमा ठूलो सफलता हो ।

त्यसतर्फ ध्यान नदिएका नेताहरूलाई भोलिका दिनमा जनताको माग सम्बोधन गर्न नसकेमा झन् ठूलो चुनौति आइलाग्ने निश्चित जस्तै छ । त्यसतर्फ समयमै ध्यान दिएर ठूला पार्टीका ठूला नेताहरूले साना साना कुरा नसुधार्ने हो भने गठबन्धन सफल हुने नभई आउँदो चुनावमा युवाहरूकै वर्चश्व संसद्मा हुने निश्चित जस्तै छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

Next Post
चीनमा फैलिएको कोरोना महामारी र कोभिड-१९ खोपको प्रभावकारितामाथि उठ्यो प्रश्न

चीनमा फैलिएको कोरोना महामारी र कोभिड-१९ खोपको प्रभावकारितामाथि उठ्यो प्रश्न

अफगानिस्तानमा सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा सात जनाको मृत्यु

अफगानिस्तानमा सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा सात जनाको मृत्यु

बैंक अफ काठमाण्डौबाट ग्राहककाे खातामा भएको पैसा हरायो

बैंक अफ काठमाण्डौबाट ग्राहककाे खातामा भएको पैसा हरायो

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: