गत हप्ता गोवा इन्टरनेशनल फिल्म फेस्टिभलका चीफ ज्युरी नादव ल्यापिडले प्रतियोगितामा समावेश फिल्म कश्मीर फाइललाई ‘प्रोपोगान्डा’ र ‘अश्लील’ बताएका छन् ।
यस भनाइलाई लिएर भएको विवादका बीच निर्णायक मण्डलका तीन सदस्यले ल्यापिडको भनाइसँग आफू सहमत रहेको बताएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार यसअघि यस निर्णायक मण्डलमा समावेश एकमात्र भारतीय फिल्म निर्माता सुदिप्तो सेनले स्टेजमा नादव लापिडले भनेको कुरा निर्णायकको राय नभएको बताएका थिए ।
यद्यपि, अब निर्णायकका तीन सदस्यहरू – अमेरिकी निर्माता जिन्को गोटोह, फ्रान्सेली फिल्म सम्पादक पास्कल चाभान्स र फ्रान्सेली वृत्तचित्र निर्माता जेभियर एङ्गुलो बारट्रेनले ल्यापिडको भनाइलाई समर्थन गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।
यस हप्ताको सुरुमा ल्यापिडको यो बयानले धेरै हंगामा मच्चाएको थियो । यो विवाद यति ठुलो बनेको छ कि नादव ल्यापिडको तर्फबाट भारतका लागि इजरायलका राजदूत नूर गिलनले भारतसँग माफी मागेका छन् र भारतको आतिथ्य र मित्रताको बदलामा ल्यापिडले यस्तो अभिव्यक्ति दिनुलाई लज्जास्पद बताएका छन् ।