काठमाडौंका सुकुम्बासीले मधेशीलाई धोती भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरधामका युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
मधेशी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न विरोध प्रदर्शनमार्फत जनकपुरधामका युवाहरूले सचेतसमेत गराएका छन । मधेशी समुदायलाई लक्षित गरी विभिन्न अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सदभावमा खलल पार्ने काम भइरहेकोले त्यस्ता काम गर्ने जोकोहीलाई नेपालको प्रचलित कानुन बमोजिम कारवाही गर्न युवाहरुले माग गरेका छन् ।