• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनमा चर्कियो विरोध प्रदर्शन, दमन नगर्न अन्तर्राष्ट्रिय समुदायको चेतावनी


बिरोध प्रदर्शनको रिपोर्टिङ गर्दा चीनबाट बीबीसी पत्रकार पक्राउ

चीनमा सरकारविरुद्ध प्रदर्शन चर्किएको छ । राष्ट्रपति सी चिनफिङको सत्ताले शून्य कोभिड नीतिका नाममा जनतालाई घरमा कैद गरेर राख्ने र आफू मनलाग्दी गर्दै गएपछि जनताहरुको धेर्यताको बाँध टुटेको हो । उनीहरु सरकारी नीतिलाई चुनौती दिँदै सडक प्रदर्शनमा होमिएका छन् ।
सी जिनपिङको शून्य कोभिड नीति कहिलेसम्म सहने भनेर धेरै सहरहरूमा हजारौं मानिसहरू कोभिड प्रतिबन्धविरूद्ध सडकमा उत्रिएका हुन् । यो विरोध राष्ट्रपति सी जिनपिङको लागि भने ठूलो राजनीतिक परीक्षा बनेको छ ।

पश्चिमी सहर उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी भएको थियो । त्यसमा १० व्यक्तिको ज्यान गयो । भित्र आगोलागिमा फसेका मानिस बाहिर कडा लकडाउन भएकोले निस्कन पाएनन् । त्यस घटनाले अग्लो अपार्टमेन्टमा बस्ने करोडौं चिनियाँ नागरिकहरूलाई आतंकित बनायो । प्रशासनले उक्त कुराको खण्डन गरे पनि, यसले जनतामा आक्रोश र असन्तुष्टिलाई रोक्न सकेन । विशेष गरी फ्ल्याटमा बस्नेलाई छिट्टै बाहिर निस्कन आग्रह गर्ने भिडियोहरू सोशल मिडियामा भाइरल भएका छन् ।

यो कोभिड प्रतिबन्धसँग सम्बन्धित डरलाग्दो श्रृंखलामा सबैभन्दा पछिल्लो घटना हो । यसअघि शहरव्यापी लकडाउनका क्रममा समयमै उपचार नपाउँदा गर्भवती महिला तथा बालबालिका र वृद्धवृद्धाले ज्यान गुमाउने गरेको समाचारहरु आएका थिए ।

साथै हरेक लकडाउनमा खाना र औषधिको अभाव भयो । स्थानीय प्रशासनलाई अत्यावश्यक वस्तु उपलब्ध गराउन निकै कठिनाइ भएको थियो । लकडाउनकै कारण थप डरलाग्दा घटना बाहिर आए । जनताले राहतको घोषणा हुने अपेक्षा गरेका थिए । राष्ट्रपति सीले सत्तामा आफ्नो पकडलाई अझ बलियो बनाए तर उनले शून्य कोभिड नीतिमा कुनै पनि परिवर्तन नगर्ने घोषणा गरे । यसले जनतामा निराशा बढायो ।

यो नीतिले धेरैको ज्यान जोगाएको भए पनि लकडाउनले निम्त्याएको समस्याले समाजका हरेक वर्गलाई आक्रोशित बनायो । विश्वविद्यालयका विद्यार्थी, कारखानाका कामदार, मध्यमवर्गीय परिवार वा धनी वर्ग सबै आक्रोशित भए । केहीअघि बेइजिङ ब्रिजमा एक व्यक्तिले प्रदर्शन गरेका थिए । राष्ट्रपति सी चिनफिङविरुद्ध खुला आलोचनाले राष्ट्रलाई स्तब्ध बनायो । यसले चीनमा विरोध प्रदर्शनको लागि धेरैलाई प्रेरित गर्यो । सयौं कारखानाका कामदारहरूले आफ्नो अधिकारको माग गर्न देशको केन्द्रीय सहर झेङ्झाउमा प्रदर्शन गरे । उनीहरुको प्रहरीसँग झडप भयो किनभने उनीहरूले सिसी क्यामेरा र झ्यालहरू तोडफोड गरे । दक्षिणपश्चिमी सहर शोङकिङमा मास्क नलगाएका एक मानिसको भिडियो सार्वजनिक भयो । उक्त भिडियोमा उनले भने, ‘मलाई स्वतन्त्रता दिनुहोस् वा मृत्यु’ । यो यस्तो लाइन थियो जसलाई प्रदर्शनकारीहरूले चाँडै अपनाए । उरुम्चीमा भएको आगजनी देशव्यापी प्रदर्शन कारण बन्यो । पहिला उक्त सहरमा सयौं मानिस सडकमा उत्रिए । यसपछि सांघाई, बेइजिङ, वुहान, नान्जिङ र चेङ्दुमा पनि त्यस्तै भयो । प्रदर्शनकारीहरूले सी चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई सत्ता छोड्न माग गरे । पार्टी र यसका नेताहरूको आलोचना गर्नेलाई कडा सजाय र सेन्सर गरिएको देशमा यस्ता घटनाहरू यसअघि कल्पना गर्न गाह्रो थियो । यो प्रदर्शन कोभिडप्रतिको असन्तुष्टिको सानो झलक मात्र हो र यसले सरकारका लागि पहिले नै गाह्रो भइसकेको अवस्थालाई थप जटिल बनाएको विज्ञहरू बताउँछन् । जोन्स हप्किन्स युनिभर्सिटीका समाजशास्त्री हो(फङ हङका अनुसार यसले ‘अत्यन्त खतरनाक अवस्था’को प्रतिनिधित्व गर्छ र सी जिनपिङ शासनका लागि गम्भीर चुनौती खडा गर्छ । उनी भन्छन्, ‘सी चिनफिङले गत दुई वर्षमा शून्य कोभिड नीति अपनाएर आफैंलाई समस्यामा पारेका छन् । यो अवस्थासँग जुध्न उनका लागि उत्तम उपाय भनेको विरोध निरन्तर बढ्दै गएमा स्थानीय प्रशासनलाई अन्त्य गर्न आग्रह गर्नु हो । तर उनी भने यो घटनाबाट पर बस्नुपर्छ ।’

शून्य कोभिड नीतिप्रति आम मानिसको असन्तुष्टिलाई सरकारले कम आँकेको देखिन्छ । सी चिनफिङले हालसालै उक्त नीतिबाट पछि नहट्ने बताएका थिए । किनकि सरकारले सामूहिक परीक्षण गर्न, लकडाउन र आइसोलेसन सुविधाहरू निर्माणमा ठूलो आर्थिक स्रोतहरू खर्चिएको छ ।

साङ्घाईमा जारी विरोध प्रदर्शनबारे रिपोर्टिङका क्रममा एक जना बीबीसी पत्रकारलाई चिनियाँ अधिकारीहरूले पक्राउ गरी हिरासतमा लिएका थिए । एड लरेन्सलाई पक्राउ गर्ने क्रममा कुटपिट गरिएको बताइएको छ । त्यस लगत्तै उनलाई हतकडी लगाइयो र केही घण्टा थुनियो ।बीबीसीका एक प्रवक्ताले मान्यता प्राप्त पत्रकारको हैसियतमा आफ्नो कर्तव्य निर्वाह गरिरहँदा लरेन्समाथि भएको आक्रमण निकै चिन्ताजनक रहेको बताए । उनका अनुसार चिनियाँ अधिकारीहरूले उनलाई हिरासतमा लिनुबारे कुनै स्पष्टीकरण दिएनन् र माफी मागेनन् ।

घुँडा टेक्यो सी सरकारले

यसैबीच विरोध प्रदर्शनहरू देशव्यापी बन्दै गएपछि कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएका लकडाउन खुकुलो पारेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सांघाई र गोङजाउ सहरका एक दर्जन जिल्लामा लकडाउन हटाइएको छ । चोङकिङ्गमा पनि लडाउन खुकुलो बनाइएको छ । चीनका उपप्रधानमन्त्री सन चुनलानले भाइरसका कारण हुने मृत्युदर निकै कममा झरेको भन्दै कोभिड नीति खुकुलो पारिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायको चेतावनी

मानव अधिकार वाच ९एचआरडब्ल्यू०ले शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकारको सम्मान गर्न चीन सरकारसमक्ष अनुरोध गरेको छ । चिनियाँ सरकारको कठोर ‘शून्य कोभिड’ नीति तथा प्रतिबन्धात्मक आदेशको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा जनसाधारण पक्राउ परेकामा चिन्ता व्यक्त गर्दै एचआरडब्ल्यूले जनाधिकारको सम्मान गर्न आग्रह गरेको हो । शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने स्वतन्त्रता, मानव अधिकारको रक्षा तथा जनताको मौलिक अधिकारको सम्मान गर्न चीन सरकारलाई अनुरोध गर्दै उक्त संस्थाले हिरासतमा राखिएका सबै प्रदर्शनकारीलाई तत्काल रिहा गर्न र विरोध प्रदर्शनसँग सम्बन्धित सूचना एवं समाचार सम्प्रेषण गर्ने अनलाइन पोर्टलको सेन्सरसिप बन्द गर्न पनि आह्वान गरेको छ ।

यस्तै, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पनि चिनियाँ जनताको शान्तिपूर्ण विरोध प्रदर्शनको अधिकार कुण्ठित हुन नदिन राष्ट्रपति सी चिनफिङ नेतृत्वको सरकारसँग अनुरोध गरेका छन् । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सी चिनफिङको राजीनामा माग्दै चीनमा उर्लियो जनसागर
  • २०७९ मंसिर १७, शनिबार ०१:०८
  • In "BannerNews"
  • चिनमा व्यापक जनप्रदर्शन रास्ट्रपति सिको राजीनामा माङ
  • २०७९ मंसिर १७, शनिबार ०१:०८
  • In "BannerNews"
  • चीनमा सरकारविरोधी प्रदर्शन तीव्र, राष्ट्रपति सी जिन पिङ तनावमा
  • २०७९ मंसिर १७, शनिबार ०१:०८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

Next Post

भीम रावललाई बालेनले दिए कडा दनक, सामाजिक संजालमा खैलाबैला

धर्म सांस्कृतिक नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

यादव अस्ताए सिके राउत उदाउँदो मधेशका हिरो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version