• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सी चिनफिङको राजीनामा माग्दै चीनमा उर्लियो जनसागर


सी चिनफिङको राजीनामा माग्दै चीनमा उर्लियो जनसागर

एजेन्सी –  चिनियाँ राष्ट्रपति सी चिनफिङले तेस्रो कार्यकाल सुरु गरेको महिना दिनमात्रै वितेको छ। महिना दिनमै चीनको विभिन्न सहरमा उनीविरुद्ध प्रदर्शन सुरु भएका छन्। चिनियाँ सर्वसाधारणहरू राष्ट्रपति सीको राजीनामा माग गर्दै सडकमा उत्रिएका छन्।

कात्तिक पहिलो हप्ता सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा महासचिवसमेत रहेका सीले ‘शून्य कोभिड नीति’लाई अनुमोदन गरेका थिए। तीन वर्षअघि वुहानबाट कोरोना संक्रमण सुरु हुँदा राष्ट्रपति सीले शून्य कोभिड नीति अवलम्बन गरेका थिए।

पछिल्लो समय चीनमा कोरोना संक्रमित दर बढिरहेको छ। संक्रमण बढेपछि त्यहाँको राज्य संयन्त्रले शून्य कोभिड नीतिअन्तर्गतका मापदण्डलाई कडाइ गरेको छ। जसका कारण चीनका सर्वसाधारणहरू आजित भएका छन्। त्यसकै विरोधमा चीनका प्रमुख सहरहरू बेइजिङ, संघाइ, सिनच्याङका जनताहरू सडकमा उत्रिएका छन्। खाली कागजका ब्यानरसहित उनीहरूले राज्य संयन्त्रविरुद्ध प्रदर्शन गरेका छन्। त्यतिमात्र नभएर उनीहरूले भर्खरै तेस्रो कार्यकाल सुरु गरेका सीको राजीनामा माग गरिरहेका छन्।

राज्यको खुलेर विरोध गर्न नसकेका चिनियाँ जनताहरू आफ्नो असन्तुष्टि व्यक्त गर्न खाली कागजका ब्यानर बोकेका हुन्।

ब्लुमवर्गमा लिन्दा लिउले चीनको शून्य कोभिड नीतिलाई संसारकै सबैभन्दा कडा नीतिको रूपमा ब्याख्या गरेका छन्। चीनमा अहिले पनि लाखौं जनताहरू कुनै न कुनैरूपमा लकडाउनको मारमा रहेका छन्। चीनको शून्य कोभिड नीतिलाई सीको गरिमासँग जोडिएको विषयवस्तु भएको र त्यही भएर पनि सीपीसीको महाधिवेशनमा सीले उक्त नीतिलाई अनुमोदन गराएको लेउले आखेलमा उल्लेख गरेका छन्।

चीनमा कुनै व्यक्तिलाई कोरोना संक्रमण देखिए उक्त व्यक्तिका बसोबास गर्ने स्थानदेखि कन्ट्रयाक्ट ट्रेसिङमा रहेका ठाउँहरुमा पनि लकडाउन गर्नेदेखि क्वारेन्टाइन बस्नेसम्म मापदण्डहरू लागू गरिएका छन्। कोरोनाविरुद्धको खोप लगाएर पनि सरकारले यस खालको नीति अवलम्बन गरेको भन्दै चिनियाँ जनताहरू आक्रोशित रहेको एजेन्सीहरुले उल्लेख गरेका छन्।

यसरी सुरु भयो प्रदर्शन

केही दिनअघि चीनको उरुम्चीस्थित एक अपार्टमेन्टमा आगलागी भएको थियो। आगलागीमा दस जनाले ज्यान गुमाएका थिए। सीको शून्य कोभिड नीतिकै कारण उनीहरूको ज्यान गएको स्थानीयको भनाइ छ। लकडाउन भएका समयमै उद्धार हुन नसकेको त्यहाँ स्थानीहरूको आरोप छ। त्यह घटनाले चीनमा यतिबेला उग्र रूप लिएको हो। पर्यवेक्षकसमेत रहेका फ्रान्क साईले बीबीसीसँग संघाइको विरोध प्रदर्शन अहिलेसम्मै ठूलो रहेको बताएका छन्। उनले आफ्नो डेढ दसक बसाइमा यस्तो प्रदर्शन नदेखेको बीबीसीलाई बताएका छन्।

चीनको सानो ठाउँ उरुम्चीबाट सुरु भएको शून्य कोभिड नीतिविरुद्धको प्रदर्शनले सरकारलाई चुनौती थपेको विश्लेषकहरुले बताएका छन्। कम्युनिस्ट सरकारको ‘सेन्सरसिप’को मारमा रहेका जनताहरू आक्रोशित भएरै खाली कागजको ब्यानार लिएर विरोध उत्रिएको विश्लेषकहरुको भनाइ छ।

‘खुलेरै कम्युनिस्ट सरकार राष्ट्रपति सी चीनफिको राजीनामा माग गर्नु चानचुके कुरा होइन। यस्ताखाले अभिव्यक्तिले उनीहरूलाई हदैसम्मको कारबाही हुनसक्छ। तर जनताहरू निस्फिक्रीरूपमा सीको राजीनामा माग गरिरहेका छन्,’ एजेन्सीहरूले विश्लेषको भनाइ उद्धृत गरेका छन्। सरकारी अधिकारीहरूले भने मिडियामा आइरहेका समाचारहरू झुठा भएको बताइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनता रोडमा ओर्लिदा हल्लियो चिनियाँ सरकार
  • २०७९ मंसिर १४, बुधबार ०८:२५
  • In "BannerNews"
  • पुनः फर्किएको कोरोना संक्रमितले भरिँदै चिनियाँ अस्पताल
  • २०७९ मंसिर १४, बुधबार ०८:२५
  • In "BannerNews"
  • चीनमा चर्कियो विरोध प्रदर्शन, दमन नगर्न अन्तर्राष्ट्रिय समुदायको चेतावनी
  • २०७९ मंसिर १४, बुधबार ०८:२५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

Next Post

अध्यक्ष उपेन्द्र यादव सधैं सत्ताको नजिक रहन सफल

काठमाडौंमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट हुने

पद लिएर पदलाई न्याय गर्न सक्नु पर्छ – कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version