महेश सिंह सिरहा लहान १६ मंसिर – अन्धोपन पन बाट बचौ सबैले संसार हेर्न पाउ मुल नाराको साथ लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले अँखा अस्पतालका अध्यक्ष रविन्द्र लाल चौधरीसंग सम्झौता गरेका छन्।
लहान नगरभित्र रहेका सम्पुर्ण वाडा र गाउँ गाउँमा अँखा शिबिर संचालन गर्न सम्झौता गरेका छन्। लहान नगरपालिका ले गरिब दलित अपाङ्ग असहाय र निमुखा शोषित पीडित समुदायका ब्यक्तीहरुका लागी लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता गरेका छन्। सिबिर संचालनको सम्बन्धमा दर्जनौं पत्रकारहरुको रोहवरमा सम्झौता गरेका हुन्।
लहानका १०००एक हजार जनालाई नि:शुल्क शल्यक्रिया गरिनेछ। गाउँ-गाउँमा शिविर सञ्चालन गरि विरामी पहिचान गरि नि :शुल्क रूपमा बिरामीको रूपमा सहयोग गरिने मेयर चौधरीले बताए।शिबिरमा अँखाका सम्पुर्ण बिरामीको जाँच गरिने अस्पतालका प्रबन्धक अभिषेक रोशनले जानकारी दिनु भयो।
एक कार्यक्रमको आयोजना गरि लहान नगरपालिकाका मेयर महेश चौधरी उप मेयर राम चलितर महतो,प्रमुख प्रशसकिय अधिकृत शत्रुधन चौधरी स्वास्थ शखा प्रमुख जगदीश मंण्डल
पुर्व मन्त्री पदम नारायण चौधरी,नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता यादव, वरिष्ठ पत्रकार तथा नागरिक दैनिकका मधेस प्रदेश प्रमुख मिथिलेश यादव लगायतका दर्जनौं पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।