No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनता रोडमा ओर्लिदा हल्लियो चिनियाँ सरकार

जनता रोडमा ओर्लिदा हल्लियो चिनियाँ सरकार

बेइजिङ — चीनले विरोध प्रदर्शनहरू देशव्यापी बन्दै गएपछि कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएका लकडाउन खुकुलो पारेको छ ।

सांघाई र गोङजाउ सहरका एक दर्जन जिल्लामा लकडाउन हटाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । लकडाउन हटाइएका जिल्लामा पछिल्ला केही दिनमा भने भाइरसको संक्रमण बढेको जनाइएको छ । त्यसैगरी चोङकिङ्गमा पनि लडाउन खुकुलो बनाइएको छ ।

चीनका उपप्रधानमन्त्रीले देशले ‘नयाँ परिस्थिति’ को सामना गरेको जनाएका छन् । उपप्रधानमन्त्री सन चुनलानले ‘भाइरसका कारण हुने मृत्युदर निकै कममा झरेको’ भन्दै कोभिड नीति खुकुलो पारिएको बताएका बीबीसीले उल्लेख गरेको छ । पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्ध जारी रहेका बेला गत साता एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएको थियो । भाइरससम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको भन्दै स्थानीयले चीनको शून्य कोभिड नीतिको विरोधमा प्रदर्शन सुरु गरेका थिए । पछि उक्त प्रदर्शन देशका अन्य सहरहरूमा पनि फैलिएको थियो ।

चिनियाँ अधिकारीहरूले भने भाइरससम्बन्धी प्रतिबन्धका कारण उरुम्चीमा दस जनाको ज्यान गएको अस्वीकार गर्दै आएका छन् । तर आवासीय क्षेत्रमा जारी कडा लकडाउन मृत्युको कारक भएको भन्दै इन्टरनेट प्रयोगकर्ताहरूले चिनियाँ अधिकारीको भनाइको प्रतिरोध गर्दै आएका छन् ।

सांघाई सहरमा सयौं स्थानीयले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका थिए । त्यस्तै, राजधानी बेइजिङ, नान्जिङ, गोङजाउ, चोङकिङ्गलगायतका स्थानमा प्रदर्शहरू चर्केका थिए । चीनमा भएका पछिल्ला प्रदर्शनहरू चिनियाँ कम्युनिस्ट पार्टी र नेतृत्वविरुद्ध भएका निकै दुर्लभमध्येका भएका जनाइएको छ । चिनियाँहरूले खुला रूपमै राष्ट्रपति सीको राजीनामा माग्दै प्रदर्शन गर्नुलाई उनीविरुद्ध बाहिर देखिएको हालसम्मकै कडा आलोचना हो । प्रदर्शनकारीले ‘सी चिनफिङ राजीनामा देऊ, पीसीआर परीक्षण चाहिँदैन, हामीलाई स्वतन्त्रता देऊ’ भन्दै नाराबाजीसमेत गरेका थिए । लकडाउनले दैनिक जनजीवन निकै कष्टकर बनेको प्रदर्शनकारीको भनाइ छ ।

चीनले कोरोना भाइरसविरुद्ध सुरु देखि नै ‘शून्य सहनशीलता’ नीति अख्तियार गर्दै आएको छ । विश्वका अधिकांश देशले कोभिडसँगै जीउने नीति लिइरहेका बेला पनि चीनका दर्जनौं सहरमा दसौं लाख मानिसहरू लकडाउनमा छन् । जसका कारण सरकारको ‘शून्य कोभिड’ नीति र यसका सूत्रधार राष्ट्रपति सीविरुद्ध आन्दोलन चर्केको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

Next Post
नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्छः गृहमन्त्री खाँण

नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्छः गृहमन्त्री खाँण

कांग्रेस सांसदहरुको एकैस्वर : देउवा नै संसदीय दलको नेता, उहाँकै नेतृत्वमा सरकार बन्छ

कांग्रेस सांसदहरुको एकैस्वर : देउवा नै संसदीय दलको नेता, उहाँकै नेतृत्वमा सरकार बन्छ

धनगढीमा निषेधाज्ञा तोड्दै प्रदर्शन

धनगढीमा निषेधाज्ञा तोड्दै प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .