No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रधानमन्त्रीमा देउवालाई गठबन्धनको समर्थन

प्रधानमन्त्रीमा देउवालाई गठबन्धनको समर्थन

काठमाडौँ – नयाँ प्रधानमन्त्री बन्नेमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा ढुक्क देखिएका छन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतको समर्थनमा कांग्रेस सभापति देउवा छैटौँपटक प्रधानमन्त्री बन्नेमा ढुक्क देखिएका हुन्।

समानुपातिक सिट संख्या आएपछि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी केन्द्र तथा केही साना पार्टीको समर्थन भएमा देउवा प्रधानमन्त्री बन्न समस्या छैन। तर कांग्रेसभित्रै पुस्तान्तरण गर्नुपर्ने भन्दै महामन्त्री गगन थापा जबरजस्त प्रधानमन्त्री बन्ने दाउमा छन्।

यद्यपि संसदीय दलको नेता बन्न पनि सिट संख्या नपुग्ने भएपछि गगन ‘कन्फ्युज’ छन्। शेखर कोइरालाले साथ दिएमा गगनको सम्भावना नकार्न सकिन्न। तर स्पष्ट रुपमा बहुमत नआएकाले गठबन्धनको नेतृत्व गर्दै देउवा फेरि नयाँ प्रधानमन्त्री बन्नुपर्ने स्पष्ट आवश्यकता छ। यो सबै कांग्रेसीले बुझेका छन्।

देउवा नै नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएपछि बालुवाटारमा नयाँ कांग्रेस सांसदको लाइन लागिरहेको उच्च स्रोतले जनाएको छ। कतिपयले मन्त्री माग्नका लागि र कतिपय प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्नका लागि पनि बालुवाटार धाइरहेका छन्।

खासगरि संसदीय दलको चुनावमा रोचक प्रतिस्पर्धा हुने भएपछि गगनभन्दा अहिले देउवातिर ठूलो समर्थन रहेको छ। सांसद जितेपछि कांग्रेस नेता, माओवादी नेता तथा समाजवादीकै नेताहरु पनि बालुवाटार धाइरहेका छन्।

नयाँ मतदान भएको ठाउँबाट आउने मतले पनि माधव नेपाललाई केही राहत हुने पक्का छ। यसको सिधा श्रेय पनि देउवालाई जान सक्नेछ।

प्रचण्डसँग कम्तीमा दुई वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि सत्ता हस्तान्तरण गर्ने सर्तमा देउवा नयाँ प्रधानमन्त्री बन्ने योजनामा छन्। यसका लागि बालुवाटारमा छलफल पनि भइरहेको छ। माधव नेपालसँग पनि उनले चाहेको पदअनुसार भागबन्डा गर्ने योजना भइरहेको छ।

देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेसका अधिकांश नेता कार्यकर्ता र सांसद तयार देखिन्छन्। गठबन्धनलाई मिलाएर लैजानुपर्ने बाध्यताका कारण पनि कांग्रेसलाई यतिबेला देउवाको भूमिका आवश्यक छ। सभापति तथा प्रधानमन्त्री भएका कारण चुनावमा गठबन्धनलाई बहुमत आएका कारण गगन भन्दा देउवा यतिबेला निर्णायक प्रधानमन्त्री हुन्।

गगनको दाबी अस्वाभाविक होइन, यद्यपि कांग्रेसले संसदीय दलको नेतामा अहिल्यै नै गगनलाई भोट हाल्नेमा शंका देखिन्छ। देउवासँग स्वतः संसदीय दलको नेता बन्ने भोट छ। त्यही भोट गगनलाई पाउन कठिन छ।

त्यसमाथि जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा आउने तयारीमा छन्। उनीहरु कम्तीमा एक एक जना मन्त्री पाएमा सहजै सरकारमा आउने भएकाले पनि देउवा त्यो हिसाब मिलाउने पक्षमा छन्।

समानुपातिक मतगणना सकिएमा माधव नेपालको पार्टी पनि राष्ट्रिय पार्टी बन्ने सम्भावना बलियो छ। नयाँ मतदान भएको ठाउँबाट आउने मतले पनि माधव नेपाललाई केही राहत हुने पक्का छ। यसको सिधा श्रेय पनि देउवालाई जान सक्नेछ।

यसर्थ कम्तीमा पुस पहिलो हप्तामा देउवा नयाँ प्रधानमन्त्री हुने र देशले नयाँ सरकार पाउने सम्भावना बलियो बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
दाईजोको नाममा मुस्लिम महिलाको हत्याको आरोप

दाईजोको नाममा मुस्लिम महिलाको हत्याको आरोप

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

जन्मदेखि बोल्न्न नसकने बालक चार बर्ष पछि बोल्न पाए

जन्मदेखि बोल्न्न नसकने बालक चार बर्ष पछि बोल्न पाए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .