दाईजो प्रथाको आडमा अहिले नेपालगन्ज सहित बाके जिल्ला भरी महिलाहरु हत्याहिंसाबढदै गएको छ । दाईजो प्रथा विरुद्ध सचेतना अभियानको आवश्यकता रहेकोे छ । हिंसा बारेमा सचेतना फैलाउने आवश्यकता महसुस हुन थालेको छ । नेपालगन्ज निवासी एक ब्यापारीकि छोरीको दाईजोको बहानामा निर्घात कुटपिट भएको हुँदा निजको ज्यान गएको छ । यस्तो अपराधीलाई कडा भन्दा कडा सजाय दिन महिलाहरु सक्रिय भएका छ्न । उद्योग ब्यापार संघ कि पदाधिकारीले समाजिक संजाल मार्फत यस्तो अपिल गरेकी हुन ।
उनले उक्त घटना बारेमा २०७९/७/१६ दाइजाेकाे निहुमा बाकेमा दुखद: घटना छ ।
एभरेष्ट प्रीटिङ्गका प्रो माेहम्म्द वहाव खां काे छाेरीकाे हत्या भएकाे छ।बाके नेपालगन्ज ७ मा माइत र राप्तिसाेनारि ७ मा घर भएकी छाेरी अफसरुला खां घरमा मृत अवस्थामा भेटिएकी थिईन। घटनाकाे सत्य तथ्य छानबिन गरि दाेषिमाथि कडा कार्वाहीकाे माग गर्दै छोरी अफसरुलाको न्यायको लागि आवाज उठाउन हामी लागि सकेका छौ र सम्पुर्ण महिला तथा लैङ्गिक हिंसा निगरानि सन्जालका अभियन्ताहरुलाई अनुरोध पनि गर्दछु। रचना श्रेष्ठले पोस्ट गरेकी हुन ।
यसरी मानव समाजलाई नै कलकित पार्ने पुरुषलाई कडा भन्दा कडा सजाय हुनु अन्य संघसस्थाले माङ गरेका छ्न । मधेसी समुदाय र खास गरि मुस्लिम समुदायमा दाईजो प्रथाको अन्त हुन आवश्यक छ । यसको लागि नेपाल सरकारले निगरानी गर्न आवश्यक टिम बनाउन आवश्यक छ । केही बर्ष पहिले सक्रुन निसाको घटना अझै ताजा छ जसलाई तेल हालेर जीउँदै मार्ने प्रयास गरिएको थियो । पटक पटक यस्ता घटनाले मुस्लिम आयोगमा नेपाल सरकारको कानुन अनुसार कडा सजाय हुन आवश्यक छ ।