No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रुसी आक्रमणमा आधा हिस्सा युक्रेनी ऊर्जा प्रणाली नष्ट

रुसी आक्रमणमा आधा हिस्सा युक्रेनी ऊर्जा प्रणाली नष्ट

रूसी मिसाइल आक्रमणले युक्रेनको लगभग आधा ऊर्जा प्रणालीलाई निस्प्रभावी बनाएको त्यहाँको सरकारले शुक्रबार जानकारी दिएको छ । अधिकारीहरूले नजिकिँदै गरेको जाडोमा राजधानी कीभमा पावर ग्रिड पूर्ण बन्द हुनसक्ने चेतावनी दिए ।
‘दुर्भाग्यवश रुसले युक्रेनको नागरिक र महत्वपूर्ण पूर्वाधारमा मिसाइल आक्रमणहरू जारी राखेको छ । हाम्रो ऊर्जा प्रणालीको झन्डै आधा हिस्सा नष्ट भएको छ,’ युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार पत्रकार सम्मेलनमा भने । शुक्रबारको पत्रकार सम्मेलनमा स्मिहलसँग युरोपेली आयोगका उपाध्यक्ष वाल्डिस डोम्ब्रोभस्किस पनि सहभागी थिए ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धपूर्व ४ करोड ४० लाख जनसंख्या रहेको उनको मुलुकमा करिब एक करोड मानिस विद्युतविहीन रहेको बताएका थिए । केही क्षेत्रमा अधिकारीहरूले जबर्जस्ती आपतकालीन लोडसेडिङ भइरहेको पनि उनले बताए ।
युक्रेनको राष्ट्रिय ग्रीड सञ्चालक युक्रेनर्गोका अनुसार रुसले अक्टोबर १० देखि नोभेम्बर १५ सम्म युक्रेनको ऊर्जा पूर्वाधारमा ६ ठूला स्तरको क्षेप्यास्त्र आक्रमण गरेको बताएको छ । अक्टोबरमा भएको एक विस्फोटमा क्राईमिया प्रायद्वीपलाई रुससँग जोड्ने एउटा महत्वपूर्ण पुल आंशिक रूपमा क्षतिग्रस्त भएपछि रुसले विद्युत पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ । मस्कोले पुलमा भएको आक्रमणका लागि किभलाई दोषी ठहराएको छ’ जुन युक्रेनले अस्वीकार गरेको छ ।

पछिल्ला दिन पनि रुसले युक्रेनी विद्युत पूर्वाधारमा मिसाइल हानिरहेको छ । तापक्रम शून्य डिग्रीसम्म झरेको र कीभमा हिउँ झर्न थालेकोले आगामी जाडो निक्कै कठिन हुने देखिन्छ । प्राविधिकहरू बमबारीले पुर्याएको क्षति मर्मत गरेर पुन विद्युत सुचारु गर्ने प्रयास गरिरहेका छन् ।
संयुक्त राष्ट्रसंघले यस हिउँदमा विद्युत र पानीको अभावका कारण युक्रेनमा मानवीय विपद् आउन सक्ने चेतावनी दिएको छ ।

‘हामी पूर्ण लोडसेडिङ गर्नुपर्ने देखि लिएर अन्य विभिन्न परिदृश्यहरूको लागि तयारी गर्दैछौं,’ किभ शहर प्रशासनका उपप्रमुख माइकोला पोभोरोज्निकले भने ।
रुसको रक्षा मन्त्रालयले बिहीबारको आक्रमणलाई युक्रेनी ‘मिसाइल निर्माण क्षेत्र’ सहित रक्षा र औद्योगिक सुविधाहरूमाथि केन्द्रीत गरेको बतायो । तिनमा लामो दूरीका हतियारहरू प्रयोग गरिएको पनि मन्त्रालयले बताएको छ । फेब्रुअरी २४ देखि रुसले युक्रेनमा सुरु गरेको आक्रमणले हजारौं नागरिकको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् । युक्रेनी सहरहरू भग्नावशेषमा परिणत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
सप्तरीको हाटी मतदान केन्द्रमा कुटाकुट, मतदान जारी

सप्तरीको हाटी मतदान केन्द्रमा कुटाकुट, मतदान जारी

तिब्बती मूलका नेपालीले मतदान गर्ने केन्द्रमा चीनको रेकी, सुरक्षामाथि ठाडै चुनौती

तिब्बती मूलका नेपालीले मतदान गर्ने केन्द्रमा चीनको रेकी, सुरक्षामाथि ठाडै चुनौती

पाकिस्तानका मिडियालाई बलात्कार मुद्दामा समाचार लेख्‍न प्रतिबन्ध

पाकिस्तानका मिडियालाई बलात्कार मुद्दामा समाचार लेख्‍न प्रतिबन्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .