No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

३ वर्षको प्रेमपछि करोड खर्चेर विवाह, घरनिकाला गरेर सम्बन्धविच्छेद मुद्दा

पटक पटक यातना र काठमाडौंमा घर मागेको नेहाको भनाइ

३ वर्षको प्रेमपछि करोड खर्चेर विवाह, घरनिकाला गरेर सम्बन्धविच्छेद मुद्दा

काठमाडौं/जनकपुरधाम । माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी थिइन् महोत्तरी औरहीकी नेहा चौधरीले ।

काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा उनको महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीसँग प्रेम सम्बन्ध भयो । पंकज एमबीबीएस डाक्टर थिए ।

प्रेम जीवन्त बनाउन उनीहरुले बिहेका लागि आफ्ना घरपरिवारसँग कुरा गरे । दुवैले एक अर्कालाई मन पराएको हुनाले घरपरिवारले सम्बन्ध सहजै स्वीकार गर्‍यो । मन पराएको मान्छेलाई श्रीमानको रुपमा पाउँदा नेहाको खुसीको सीमा थिएन ।

नेहाका ससुरा रामप्रवेश चौधरीले विवाहका लागि नेहाको परिवार समक्ष पंकजलाई डाक्टरी पढाउन लागेको सबै खर्च व्यहोर्नुपर्ने शर्त राखे । नेहाका अनुसार बुवा सुरेश चौधरीले पंकजको परिवारलाई ५१ लाख रुपैयाँ दिए ।

पंकजको परिवारले इंगेजमेन्टका लागि लगन निकाल्यो । पंकजको परिवारले बर्दिबासको गुञ्जा होटलमा इंगेजमेन्ट गर्ने भन्यो ।

२०७७ फागुन ६ गते उनीहरुको इंगेजमेन्ट भयो । इंगेजमेन्ट भएको एक वर्षपछि २०७८ फागुन २५ गते नेपाली धार्मिक परम्परा अनुसार उनीहरुले जनकपुरको राजदरबार होटलमा धुमधामसँग विवाह गरे ।

नेहाका अनुसार विवाहमा २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान दिँदा करिब १ करोड २५ लाख रुपैयाँ खर्च भएको थियो ।

श्रृङ्गारका सामानको पसल चलाउने सुरेशको आर्थिक अवस्था छोरीको विवाहमा करोडौं खर्च गर्ने थिएन । तर छोरीले मन पराउने, माया गर्ने बताएपछि उनले एक ठाउँको घर र दुई ठाउँको जग्गा बेचेर विवाह खर्च जुटाएका थिए । विवाहका लागि दिइएको नगद र सरसमान पंकजको परिवारको इच्छा अनुसारकै थियो ।

विवाहमा करोड बढी खर्च लागे पनि नेहा–पंकज निकै खुसी थिए । उनीहरुको तीन वर्षदेखिको सपना पूरा भएको थियो ।

…

श्रीमान एमबीबीएस डाक्टर । काठमाडौंको नामी अस्पताल ग्राण्डी र नर्भिकमा काम गर्ने । हुनेखाने खानदान, जेठाजु–जेठानी अमेरिका । नेहालाई कुनै चिन्ता थिएन ।

विवाहको दुई महिनासम्म घर परिवार तथा पंकजले राम्रै व्यवहार गरेका थिए । तर दुई महिनापछि पंकजको परिवारका सदस्यले नेहालाई मानसिक तनाव दिन थाले । ‘तेरो विहेका कारण अमेरिकामा रहेका मेरा छोरा बुहारी आउन पाएनन् । बिहे सोचेको जस्तो भएन । तैले गर्दा मेरो परिवार एक हुन सकेन’, सासु गोदावरी देवी चौधरीले भन्थिन् ।

विवाह भएको दुई महिनापछि सासु–ससुरा अमेरिका गए । श्रीमान कामका लागि काठमाडौं फर्किए । बिहेअघि नेहाले आफू पनि श्रीमानसँगै काठमाडौंमा बस्ने र पढाइलाई निरन्तरता दिने बताउँदा पंकजले स्वीकार गरेका थिए ।

तर पंकज काठमाडौं फर्किँदा नेहालाई महोत्तरीमै छाडेर फर्किए । सम्झाइ बुझाइ गर्नुको साटो ‘मैले तलाई काठमाडौंमा राख्न बिहे गरेको होइन, घरमा बाआमाको स्याहार गर्नलाई हो’, भनेर धम्क्याएको नेहाले बताइन् ।

नेहा पंकजकी बहिनी रेखासँग महोत्तरीमै बस्न थालिन् । रेखाले हरेक दिन आफ्नो बारेमा सासुससुरा र पंकजलाई अनर्गल कुरा लगाउने गरेको नेहा बताउँछिन् ।

पंकज घर फर्किँदा नेहाले आफूलाई पनि काठमाडौं लैजान आग्रह गर्थिन् । तर पंकजले आग्रह सुन्नुको साटो नेहालाई गाली गलौज गरेर हातपात गर्थे ।

‘बुबाआमालाई भनेर काठमाडौंमै घर किन, अनि सँगै राखौंला भन्नुहुन्थ्यो’, नेहाले अनलाइनखबरसँग भनिन्, ‘एक दुईपटक त मेरो भाइ र आमालाई पनि पंकजले यो कुरा मेरै समक्षमा भन्नुभएको छ ।’

घरमै बस्दा पनि नन्द र सासुले आफूमाथि शंका गरेर तनाव दिएको नेहा बताउँछिन् । घरमा नन्द र सासु ससुराले तनाव दिन थालेपछि उनले श्रीमानलाई काठमाडौं लैजान फेरि आग्र्रह गरिन्, कलेज भर्ना गरिदिन भनिन् । तर पंकजले किन पढ्नुपर्‍यो भन्दै गाली गरेको नेहा सुनाउँछिन् ।

‘कलेज पढ्छु भन्दा किन पढ्नुपर्‍यो, काठमाडौं लैजानुस् भन्दा तेरो बाउले घर किनेर राखेको छ र भनेर उल्टै गाली गर्नुहुन्थ्यो’, नेहा भन्छिन् ।

घरमा सासुले उनलाई मोवाइल चलाउनसमेत रोक लगाएकी थिइन् । पंकज बिदामा घर आउँदा नेहासँग राम्रोसँग बोल्दैनथे । कुटपिट र यातना उस्तै थियो । पंकजको कुटाइबाट नेहाको पिसाबबाट रगत बग्न थाल्यो । तर रगत बगेको कुरा सुनाउँदा सासुले हाँसेर उडाएको र पंकजले पनि वास्ता नगरेको नेहाले बताइन् ।

पीडा सहन नसकेपछि माइती पुर्‍याइदिन आग्रह गर्दा पंकज र उनकी आमाले नेहाको बाआमालाई फोन गरेर ‘तपाईंकी छोरी पागल भइसकी घर लैजानुस्’ भनेको उनले बताइन् ।

त्यसपछि आमा र भाइ आएर नेहालाई माइती लिएर गए । त्यहीँबाट मेडिकल गइन् । मेडिकलले उपचार गर्न नसक्ने बताएपछि उनी जनकपुरको अस्पताल गइन् । चिकित्सकले एक साता अस्पताल बसेर उपचार गर्न सुझाव दिए पनि परिवारको डरले भर्ना हुन नसकेको नेहा बताउँछिन् ।

‘दुई हप्तासम्म दिनको दुईवटा सुई र औषधी लिएर बाँचेकी हुँ, मलाई पंकज र उसको घरपरिवारले पागल करार गरेर मार्न खोज्यो । मन मुटु दिई जिन्दगी सुम्पिएको मान्छेले धोका दियो । मेरो संसार अँध्यारो बनायो’, नेहाले भावुक हुँदै सुनाइन् ।

नेहा माइतीमै बसिरहेकी थिइन् । पंकजले फोन गरेर घर जान भने । नेहाले काठमाडौंबाट फर्किँदा आफ्नो माइतीमा पस्न भनिन्, त्यसपछि सँगै जाने बताइन् । पंकजले मानेनन्, उल्टै नेहाका बाआमालाई फोन गरेर ‘तिम्री छोरीलाई घरभित्र पस्न दिन्न’ भने ।

सासु र ससुराले नेहाको माइतीबाट उनको रिपोर्ट र औषधीसमेत मगाए । केको औषधी खान्छेस् भनेर सासु र पंकजले झम्टिए ।

पंकजको कुट्दा एक दिन नेहाले मलाई कुटाइ खाएर मर्नु छैन प्रहरीलाई खबर गर्छु भनिन् ।

त्यसपछि झन् अर्धचेत हुने गरी कुटिइन् । हात बाँधेर ताल्चा लगाएर कोठाभित्र थुनिदिएको नेहा बताउँछिन् । पंकज र उनकी आमाले नेहाकी आमालाई फोन गरेर तपाईंकी छोरी लैजानुस् भने ।

आमा र भाइ आएर नेहालाई लिएर गए । माइती पुगेपछि उनले प्रहरीसमक्ष गई पंकजविरुद्ध ४ कात्तिकमा घरेलु हिंसाको निवेदन दिइन् । चार दिनपछि प्रहरीले छलफलका लागि पंकज र नेहालाई बोलायो । पंकजले प्रहरीसमक्ष नै नेहालाई राख्न सक्दिन, सम्बन्ध विच्छेद गर्छु भने ।

नेहाले सम्बन्धबिच्छेद चाहेकी थिइनन् । उनले पंकजको खुट्टा ढोगेर बिन्ती बिसाइन् । पंकजले प्रहरीकै सामु नेहालाई कुटपिट गरे, कुनै हालतमा घर नलैजाने बताए ।

प्रहरीले पंकजलाई दुई दिन थुनामा राख्यो । उनले २० मंसिरपछि नेहालाई घर लैजान्छु भनेपछि प्रहरीले पंकजलाई छाडेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले नेहाले पंकज विरुद्ध घरेलु हिंसा विरुद्धको जाहेरी दिएको बताए । ‘घरेलु हिंसाको मुद्दा दर्ता भएपछि हामीले पंकजलाई दुई दिन थुनामा राखेका हौं । नेहालाई घर लैजान्छु भनेपछि छाडेका हौं’, उनले भने, ‘केटीपक्ष मिलापत्र गर्न तयार छ, तर पंकज र उसको परिवारले मानेको छैन ।’

थुनामुक्त भएलगत्तै पंकजले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे । ‘मैले दुःख पीडा सहे पनि मिल्न खोजेकी थिएँ । २० गते पछाडि घर लैजान्छु भनेर पंकजले जिन्दगीबाट निकाल्न खोजेका रहेछन्’ नेहाले भनिन् ।

नेहाले पनि पंकजविरुद्ध अंशमुद्दा दिइन् । तर, नेहाले मुद्दा दर्ता गर्नु भन्दा अघि नै पंकजका बाबुले सबै सम्पत्ति छोरीहरुको नाममा बकसपत्र गरिदिएको नेहा बताउँछिन् ।

‘सम्पत्तिको लालचले मैले मुद्दा दर्ता गरेकी होइन । कुनै विकल्प नभएपछि यहाँसम्म पुगेकी हुँ’, नेहा भन्छिन् ।

पढेर बैंकमा काम गर्ने सपना थियो नेहाको । तर अहिले न उनको पढ्ने रहर पूरा भएको छ । न त माया गरेको मान्छेसँग सुन्दर संसार बसाउने नै ।

उनले आफूमाथि अन्याय भएको भन्दै शुक्रबार दिउँसो साढे ११ बजे फेसबुकमा लामो स्टाटस लेखेकी छन्, जसले सामाजिक सञ्जालमा धेरै चर्चा पाएको छ ।

पंकजले भने नेहाले आरोप लगाए अनुसारको घटना नभएको दावी गरेका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘नेहाले बाहिर भनेको, फेसबुकमा लेखे अनुसार घटना भएको छैन, अदालतमा र प्रहरीमा मुद्दा चलिरहेको छ, म यस विषयमा थप केही बोल्दिन ।’  onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
जनतालाई जनमत चाहिएको छ : नेता बिनोद चौधरी

जनतालाई जनमत चाहिएको छ : नेता बिनोद चौधरी

मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘बिदेशी जेहादी’ बाट चन्दा लिएको आरोप

मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘बिदेशी जेहादी’ बाट चन्दा लिएको आरोप

स्वतन्त्र उम्मेदवार रामध्यानप्रति मतदाताको आकर्षण बढ्दै

स्वतन्त्र उम्मेदवार रामध्यानप्रति मतदाताको आकर्षण बढ्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...