No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘बिदेशी जेहादी’ बाट चन्दा लिएको आरोप


मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘बिदेशी जेहादी’ बाट चन्दा लिएको आरोप

राजबिराज,कार्तिक २८ । सप्तरीमा राष्ट्रिय एकता अभियानले जनता सतेचना अभियान चलाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा उक्त अभियानले मधेसमा बढको जिहादविरुद्ध प्रदर्शन गर्दै जनता सचेतना अभियान सुरु गरेको छ ।
शनिबार सप्तरीको राजबिराजमा अभियानका अध्यक्ष विनय यादवको अध्यक्षता गरिएको प्रदर्शनमा अध्यक्ष उपेन्द्रयादवले चीन र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा जिहादी गतिविधिलाई बढाव दिएको भन्दै चर्को नाराबाजी गर्नुका साथै बुकलेट समेत बाडेको थियो । यसैगरी आइतबार राजविराज नगरपालिकाको वडा नम्बर ६मुसहरी गाउमा घरदैलो कार्यक्रम गर्र्दै जनतालाई सचेत गराउने कार्य गरिएको अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहले बताइन । चुनाव अवधीसम्म आफुहरुले घरदैलो गर्दै बुकलेट बाटने अभियान जारी राख्ने साहको भनाइ थियो ।गत चुनावमा तत्कालीन उपेन्द्र यादवको पार्टीको महिला नेत्री रहेको साह मधेस आन्दोलनको मर्म बिपरित उपेन्द्र यादव सत्तालिप्सामा लागेकोले आफुहरु उनको बिरोधमा उत्रेको बताउदै भनीन,उहालाई जसरी र जुनरुपमा पनि सत्ता चाहिएको छ ,त्यसैले जनमतलाई सचेत गराइ रहेका छै ।’
अभियानले बाडिरहेको बुुकलेटमा ‘नेपालमा जिहाद भन्ने कुरा नौलो र कम चर्चामा आएको एउटा यस्तो विषय हो, जसले यहाँको धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत रुपमा सुक्ष्म सुरक्षा चुनौती सिर्जना गरेको छ,’ ‘भुसको आगो जस्तो सल्किरहेको जिहाद अदृश्य गतिविधि पछिल्लो समयमा अब सतहमा पनि मुखर हुन थालेको छ।’उल्लेख गरिउको छ ।अभियानद्धारा बितरीत बुकलेटमा विदेशी जेहादी संगठनहरुबाट मुख्यमन्त्री राउतले करोडौ रुपैया चन्दा लिएको आरोप लगाइएको छ ।

अभियानका अध्यक्ष विनय यादवले तराई मधेश जिहादको निशानामा रहेको दाबी गरे । उनले भने, ’उपेन्द्र यादव नेतृत्वको पार्टी जसपाको संरक्षणमा र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमा बिदेशी जिहाद गतिविधि बढिरहेको छ।’त्यसबाट सचेत गराउन हामी यो अभियान सुरु गरेका हौ ।’जिहादको नाममा नेपाली चेलीहरुको अपहरण भईरहेको बताउँदै गौ हत्या, गौ तस्करी, मठमन्दिर अतिक्रमण भइरहेको अध्यक्ष यादवले बताए ।उनले जिहादविरुद्ध एउटा जागरणको टड्कारो महशुस गर्दै राष्ट्रहीत र जनहीतमा जागरण अभियान सञ्चालन गरिएको बताए ।

धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुमा उनले जोड दिदै संघिय हिन्दु गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्नु पर्ने आफुहरुको धारणा रहेको यादवको भनाइ थियो ।
राष्ट्रिय अभियानको प्रर्दशन पछि उपेन्द्र यादवका स्थानिय नेता तथा कार्यकर्ताहरुले समाजिक संजालनद्धारा मधेसमा सम्प्रदायीकता फैलाउने खोजिएको आरोप लगाएका छन् ।चुनावको समयमा तपाइहरु धार्मिक सम्प्रदायीकता फैलाउदै हुनु हुन्छ भन्ने आरो लागी रहेका छ नि ?प्रश्नको जवाफमा अध्यक्ष विनय यादवले आफुहरु सम्प्रदायीता होइना सौहर्दता कायम गर्न खोजेको हो बताउदै भने,हिन्दु भन्दा पनि यहाका मुस्लीहरुलाई सजग हुन जरुरी छ,सदियो देखि हामी सबै एक भएर बस्दै आएका छौ ,तर विगतका पाच बर्षमा मुख्यमन्त्री लालबाबुले विदेशी जेहादीहरुलाई भित्र्याएर सम्प्रदायीकता फैलाएका छन।जसको ज्वलन्त उदाहरण हो ,रौतहटको साधु हत्याकान्ड,कारोना अगाडि राजविराजमा भएको अन्र्राष्ट्रिय जलसा,महोत्तरीको हिन्दुमस्ली सम्प्रदायीक दगां ,यति मात्र होइन राज्यकोषबाट मधेस भरी पांच बर्ष मदर्सा र मस्जिद बनाउने अभियान चलाइएको छ ,इदगाह ,कबर गाहको नाउमा एैलानी गौचरहरु अतिक्रमण गर्ने काम भएको छ र यो सबै देखाएर अर्बियन मुलुक लगायत पाकिस्तान तथा विभिन्न जेहादी अर्बौ रुपैया मुख्यमन्त्रीले चन्दा लिएका छन् ।’
विगतमा मधेस आन्दोलनको नाउमा मलेठ,गौर घटना घटाउने उपेन्द्र यादवले अहिले सत्तको लागी मुस्लीम यादवको जातिय समिकरणबाट बच्न सबैलाई आफुहरु यो अभियान चलाएको अध्यक्ष बिनय यादवको भनाइ थियो ।उनले भने,हिन्दु मात्र होइन हामि मुस्लीमहरुलाई पनि सचेत गराइ रहेका छौ सत्ताको लागी जे पनि गर्ने बहुरुपीयाहरुबाट तपाईहरु बच्नुस ।’
मुख्यमन्त्री राउतको लागी भ्रष्ट्राचार चुनौती,चुनाव जितेपनि निलम्बनमा पर्ने चर्चा
चुनाव नजिकैदै जादा मुख्यमन्त्री प्रतिको जनमत खस्कीदै गएको छ । मंसिर ४ गते हुने निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख)बाट उमेदवारी दिएका छन । बिपक्षी उम्मेदवारहरुले उनले गरको भ्रष्ट्रचार,अनिमितता र साइकल खरिदमा अख्तियारले दर्ताको मुदालाई मुख्य मुदा बनाएका छन । अघिल्लो पटक मधेस केन्द्रित दलहरुको गठबन्धनबाट निर्वाचन जितेका राउतलाई यसपटकको चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ । बिपक्षीले उठाएका प्रश्न आफ्नै क्षेत्रमा भएको भ्रष्ट्राचार र अनियमितता तथा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत अलपत्रमा परेका विभिन्न महत्वकाक्षी योजना बारे जनताले उठाएका प्रश्नको जवाफ दिन मुख्यमन्त्रीलाई हम्मे हम्मे परेको छ ।
सबै उम्मेदवारहरु चुनावमा संचार माध्यमहरुसंग नजिकि रहेको बेलामा मुख्यमन्त्री राउत पत्राकारसंग कुरा कुरा नगर्ने रणनिति बनाएका छन् । मधेस आन्दोलनको रापतापमा अघिल्लो पटक चुनाव जितेका मुख्यमन्त्री राउतले मधेसी जनतालाई दिएको आश्वासन पुरा गर्न नसकेको भन्दै राउतका निर्वाचन क्षेत्रका जनता उनी प्रति रुष्ट छन् । एमालेसंग जनता समाजबादी पार्टीले गरेको गठबन्धन र मुख्यमन्त्री राउतले पांच बर्षमा गरेको भ्रष्ट्राचार तथा निर्वाचन क्षेत्रमा भएको बजेट दुरुपयोगका कारण चुनावी महौल मख्यमन्त्रीको बिपरित बन्दै गएको छ ।
विगतमा मधेसीदलको लागी भोटबैकको रुपमा रहेको नगवाका राकेश चौरसियाले भने,‘मुख्यमन्त्रीका अधिकांश ठूला योजनाहरु अलपत्र परेका, आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई ठेक्का दिएर कमिशन खाएकालेको पनि बनेका सडकहरु पनि कतिपय ठाउमा एक बर्ष नवित्दै भत्किदै छ ।’
वीरगञ्जलाई मधेसको राजधानी बनाउछुँ भनेर वीरगञ्जका जनतामाथि घात गरेको आरोप समेत मुख्यमन्त्री माथी लाग्ने गरेको छ ।चनावी प्रचार प्रसारमा गाउहरुमा जांदा ‘नाकाबन्दी वीरगन्जमा भयो,राजधानी कहा बनाउनु भयो ?भने प्रश्न आम युवाले उठाइ रहेका छन ।

एमालेसंग गठबन्धन भएपनि जसपाकै नेताहरुले एमालेको भागबन्डामा परेको क्षेत्रमा उठाएको वागी उम्मेदवारले पनि गठबन्धनलाई ठगबन्धन भन्न थालिएको छ । । एमालेको कुरा छोडनुस पार्टीकै नेताहरु मुख्मन्त्री नजितुन भने चाहनामा रहको जसपाका एक नेताले दाबी गरे । केन्द्रिय अध्यक्ष उपेन्द्र यावदका खास मान्छेको रुपमा चिनिने एक केन्द्रिय सदस्यले मुख्यमन्त्री राउत जिते पनि निलम्बनमा पर्ने ठोकुवा गरे । उनले भने,‘केन्द्रिय अध्यक्षको धेरै भनसुनमा मात्रै साइकल खरिदको एउटा मुदाबाट मुख्यमन्त्री जोगीनु भएको हो ,तर अहिले धेरै मुदाहरुको छानविन भइरहेको छ ,उहा चुनाव जितेपनि निलम्बनमा पर्ने निश्चित छ ।’उहाको इज्जत जोगाउन मात्र टिकट दिइएको बताउदै उनले भने,‘ मुख्यमन्त्री कार्यालयबाट योजना तथा साइकल खरिदको अर्को लटको फाइल लगायत छारी बिमामा बैकहरुसंग भएको मिलीभगत सबैको छानबिन भइरहेको छ ।निलब्नबाट जोगीने कुरै छन् ।’
पाँच बर्षे कार्यकालमा भएको भ्रष्ट्राचार र आफूले गरेका प्रतिवद्धता पुरा गर्न नसकेकोले चुनाव जित्न कठिन देखिन्छ । पर्साका जिल्लाको पोखरी सौन्दर्यको नाउँमा आएको करोडौको बजेट दुरुपयोग,आफ्नै दलका प्रदेश सभासदस्यका निर्माण कम्पनिले अधिकांस ठेक्का पाउनु संयोग नभएको भन्दै मुख्यमन्त्री बिपक्ष तथा स्थानिय संचार माध्यमले उठाएको प्रश्नमा, मुख्यमन्त्रीका मौनल बस्नुले बिपक्ष चुनावमा झन आक्रामक बन्दै गएको छ ।
आफ्नै कार्यकर्ताद्धारा लक्षुमनवा निर्माण गरेको तरकारी वजार अलपत्र छ, पर्यटन पूर्वाधारका लागि मुख्य मन्त्री राउतले मुख्यमन्त्री राउतले हाल सम्म ७ अर्ब रुपैया खर्च गरेका छन् । उनले खर्च गरेको अधिकांस रकम मन्दिर मस्जिद कबरगाह बाहेक मधेस प्रदेशको कुनै एक ठाउँलाई सुन्दर पर्यटकीय स्थल निर्माण गरिएको देखिदैन ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

Next Post
स्वतन्त्र उम्मेदवार रामध्यानप्रति मतदाताको आकर्षण बढ्दै

स्वतन्त्र उम्मेदवार रामध्यानप्रति मतदाताको आकर्षण बढ्दै

स्वतन्त्र उमेदवार सरिता गिरी जितको संघारमा पुग्दै

स्वतन्त्र उमेदवार सरिता गिरी जितको संघारमा पुग्दै

केपी ओलीलेजस्तो जनमतको अपमान नगर्ने प्रधानमन्त्री देउवाको अठोट, संसद विघटन गर्नेलाई नछोड्ने

केपी ओलीलेजस्तो जनमतको अपमान नगर्ने प्रधानमन्त्री देउवाको अठोट, संसद विघटन गर्नेलाई नछोड्ने

Leave a Reply Cancel reply

ताजा समाचार

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: