No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रघुवीर महासेठकी श्रीमती जुलीकुमारी यसकारण हार्दैछन् चुनाव

रघुवीर महासेठकी श्रीमती जुलीकुमारी यसकारण हार्दैछन् चुनाव

काठमाडौं- मधेस प्रदेशको राजधानी जनकपुरधामसमेत समावेश भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी नेकपा एमालेका नेता रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतोलाई यो चुनाव आफ्नै कारण हार्ने भएकी छन्।

उनीविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा मैदानमा छन्। उनलाई सत्ता गठबन्धनको साथ रहेको छ। धनुषा–३ बाट यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि चुनाव लड्दै आए पनि यसपटक समानुपातिकतर्फ बसेकाले गठबन्धनबाट लोसपाका झा उम्मेदवार बनेका हुन्।

झासँग प्रतिस्पर्धा गरिरहेकी जुली यसअघि पनि त्यो क्षेत्रबाट चुनाव लडिसकेकी छन्। उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता निधिबाट पराजित भएकी थिइन्।  २०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट चुनाव लडेका राजेन्द्र महतोलाई ‘अदृष्य’ सहयोग गरेर जुली आफू समानुपातिकतर्फ बसेकी हुन्।

केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी केही दिन मन्त्रीसमेत भएकी थिइन्। प्रतिनिधिसभा सदस्यका लागि धनुषा–३ बाट चुनाव लडिरहेकी जुली एमालेका सचिव एवं मधेस प्रदेस इञ्चार्ज रघुवीर महासेठकी श्रीमती हुन्। रघुवीर धनुषा–४ बाट चुनावी मैदानमा छन्।

धनुषाबाटै समानुपातिक पद्धतिमार्फत पाँच वर्षका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी जुली अहिले जनताले उठाएको प्रश्नको जवाफ दिनुपर्ने ठाउँमा छन्। केही महिनाअघि संसदमा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा एमाले त्यसको विरोधमा उभियो।

संघीय संसदको दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण नभएपछि सबै दलहरू विरोधमा उत्रिँदा एमाले भने राष्ट्रपतिको बचाउमा उभियो। केही दिनअघि धनुषा–४ बाट उम्मेदवारी दिएका उनका पति रघुवीरले ‘एक हातमा सिन्दुर, अर्को हातमा नागरिकता सम्भव नहुने’ सार्वजनिक रूपमै अभिव्यक्ति दिएका थिए।

जुलीले पनि त्यसको समर्थन गर्दै नागरिकता विधेयकको चर्को विरोध गरिन्। नागरिकता विधेयकको विरोध गरेकै कारण नागरिकताविहीन नागरिकहरु उनीसँग निकै असन्तुष्ट छन्। केहीले त उनका विरुद्ध अभियान नै थालेका छन्। अहिले गठबन्धनका उम्मेदवार र नेता–कार्यकर्ताहरू ‘सिन्दुरको अपमान’ गर्ने दल र त्यसका उम्मेदवारलाई मत नहाल्न प्रचारप्रसार गरिरहेका छन्।

यसरी आफ्नै अभिव्यक्ति र विगतमा नागरिकता विधेयकको विरोध गरेकी जुली यसपटक चुनाव हार्ने भएकी हुन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई आधार मान्ने हो भने त्यो क्षेत्रमा कांग्रेस सबैभन्दा अगाडि देखिन्छ। कांग्रेसले लोसपाका झालाई समर्थन गरेका कारण उनलाई जित सहज छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
नेपाल – चीन सीमा विवादबारे शीर्ष नेताहरु चुइँक्क बोल्दैनन्

नेपाल – चीन सीमा विवादबारे शीर्ष नेताहरु चुइँक्क बोल्दैनन्

तालिबानले कब्जा देखि अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो भोकमरी

तालिबानले कब्जा देखि अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो भोकमरी

राजनीतिक र खेलकुदको संघर्षबाट खारिएका सुरेन्द्र हमाल

राजनीतिक र खेलकुदको संघर्षबाट खारिएका सुरेन्द्र हमाल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .